add

आँप खाँदै हुनुहुन्छ ? यसरी चिन्नुहोस् स्वादिष्ट र विषादीयुक्त आँप






ActPro Nepal

|

९ जेठ, २०७९

|
993

काठमाडौं । बजारमा विभिन्न प्रजातिका आँप खरिद-बिक्री भइरहेका छन् । 

योबेला बजारमा पाइने फलफूलमध्येमा आँप धेरैको रोजाईमा पर्ने विक्रेताहरु बताँउछन् ।

अन्य आँपको तुलनामा बजारमा अहिले मालदह, दशहरी, बम्बई र कृष्णभोग आँपको धेरै बिक्री भइरहेको फलफूल बिक्री व्यापारी प्रल्लाद ढुंगानाले बताए ।

काठमाडौंमा खासगरी मालदह, कलकत्ते, दसरी, बम्बई, मल्लिका, आम्रपाली तथा कृष्ण भोग खजरीलगायत प्रजातिका आँप पनि बजारमा छन् ।

दशहरी र मालदह जातको आँप प्रतिकिलो एक सय रुपैयाँ बिक्री भैरहेको छ । आँपको प्रजातिअनुसार मूल्य फरक-फरक छ । बिक्रीको लागि बजारमा राखिएका आँपको बारेमा हामी कति विज्ञ छौ ।

आँपको जात के हो? अहिले पाक्न पर्ने हो ? कसरी पकाइएको हो ? अनि यसले फाइदा हुन्छ वा बेफाइदा ? यी कुराको ख्यालै नगरी हामी आँप देख्नसाथ किन्ने गर्दछौं।

आँपको बारेमा जानिराखौ अनि यसको स्वाद मज्जाले लिने गरौं। खाँदाखेरी मीठो मानिने हुँदा आँपको फललाई राजा पनि भनिन्छ। आँपलाई अमृत पनि भन्ने गरिन्छ।

आँप कसरी छान्ने ?

अहिले बजारमा पाइने आँपमध्ये कुन विषादीयुक्त छ र स्वाभाविक तरीकाले पाकेको हो भनेर जान्न निकै आवश्यक छ ।

कालो-कालो दाग लागेको आँप नकिनेको खण्डमा मात्र पनि विषादीयुक्त आँपबाट बच्न सकिन्छ । विज्ञको अनुसार प्राकृतिक रुपमै पाकेको आँप सबैतिर एकनासको हुन्छ ।

रसायनरहित आँप भेट्नोबाट पाक्दै अर्थात् पहेलो हुँदै जान्छ । यस्ता आप थिच्नासाथ लचिलो हुन्छ र एकनासले दबिन्छ ।

जबकी रसायन तथा विषाक्तयुक्त आँपमा जताततै कालो-कालो थोप्ला देखिन्छ । यस्ता आँप कतै पुरै पाकेको तथा कतै काँचै रहन्छ ।

हरियो भए पनि सबैतिर हरियो रहँदैन । पहेँलो भएको ठाउँ थिच्नासाथ पिचिक्कै जान्छ । कुनै-कुनै आँप त एकातिर हरियो हुन्छ भने अर्को छेउ कुहिनै लागिसकेको हुन्छ ।

काठमाडौंमा जेठको सुरुबाटै बम्बई, जर्दा र कलकत्ते जातको आँप आउँछ। त्यस्तै जेठको मध्यबाट असारको अन्तिमसम्म मालदहको सिजन हो।

दशहरी

बजारमा आउने आँप मध्ये एक प्रख्यात आँपको जात हो । यो आँपको रुख मध्यम आकारको हुन्छ । यो आँप सिधा, फल मध्यम, फलमा नाक नभएको लाम्चो, गुदी पहेंलो, रेशाविहीन ठोस गुदी, स्वाद अति मीठो, चिल्लो बोक्रा भएको सुगन्धयुक्त हुन्छ । भण्डार क्षमता राम्रो भएको मध्यको मौसमी जातको आँप हो ।

माल्दह

रुख मध्यम, फल मध्यम, बोक्रा पातलो र नरम, गुदी पहेंलो, सुगन्धित रसिलो र मिठो स्वाद हुन्छ । यो भण्डार क्षमता कम हुने मध्य मौसमी जातको आँप हो। अर्थात यो आँपलाई धेरै दिनसम्म भण्डारण गर्न सकिँदैन।

कृष्णभोग

यो आँपको फल गोलाकार हुन्छ। अन्य जातकोभन्दा यसको बोक्रा बाक्लो हुन्छ। साथै गुदी हल्का पहेँलो, रेसादारयुक्त हन्छ। यो भण्डार क्षमता उच्चतम भएको आँप हो। सिजन सकिँदा पनि यो आँप बजारमा पाइन्छ।

बम्वई ग्रिन

यो मध्यम अण्डा आकारको फल हो। फल पाकिसक्दा पनि बोक्रा हरियो नै देखिन्छ। गुदी सुन्तला रङको र कम रेसादारयुक्त हुन्छ।

चौसा

यो आँपको रुख अग्लो र हाँगा फिजिएको हुन्छ । यसको फल केही ठूलो लगभग ३ सय ५० ग्राम, करिब करिब लाम्चो आकारको, गुलियो, फल रसदार, कम रेसा भएको, पहेँलो रङ गाढा हुन्छ । यो साउन महिनाा तिर पाक्ने पछौटे जातको र भण्डार क्षमता राम्रो भएको आँपका रुपमा चिनिन्छ ।

तोतापरी

यो आँप सुख्खा क्षेत्रको लागि सुहाउँदो र पुड्को मध्यम खालको आँप हो । यो आँप सिधा, फल मध्यमदेखि ठूलो आकारको, बाङ्गोटिङ्गो आकारको सतह नरम, बोक्रा मध्यम बाक्लो, गुदी सुनौलो पहेँलो र रसदार मिठो स्वाद, रेशा नभएको बढी फल्ने आँप हो । कम भण्डार क्षमताको भएको पछौटे जात आँप हो ।

आँपका फाइदा

टेक्सास एग्रिलाइफ रिसर्च सेन्टरका खाद्य वैज्ञानिकहरुले आँपलाई अन्य फलहरुको दाँजोमा स्तन क्यान्सरबाट बचाउ गर्नमा बढी फाइदाकारी मानेका छन् । यस्तै आँपलाई छालाको चाउरीपन रोक्न समेत प्रभावकारी मानिन्छ ।

Mango exhibition(17)आँपमा हानिकारक स्याचुरेटेड फ्याट, कोलेस्टेरोल तथा सोडियमको मात्रा निकै कम हुन्छ । साथै यसमा फाइबर, भिटामिन बी, भिटामिन ए तथा भिटामिन सी प्रसस्तै पाइन्छ ।

दुब्लोहरुका लागि वजन बढाउन समेत यसले सहयोग गर्छ । आँपमा पोटासियम, म्याग्नेसियम तथा कपर जस्ता खनिजका लवण पाइन्छ । साथै क्वारसिटिन, बिटाक्यारोटिन र एस्ट्राग्यालिन जस्ता शरीरलाई आवश्यक पर्ने पोषकतत्वहरु पनि पाइन्छन् । यो एन्टीअक्सिडेन्टको पनि मुख्य श्रोत हो, जसले शरीरमा कोषको क्षयीकरण रोक्छ र शारीरिक तन्दुरुस्ती बढाउँछ ।

आँपको नियमित उपभोगले हृदय सम्बन्धी रोग, छिटै बुढ्यौली देखिने समस्या, क्यान्सरजस्ता स्वास्थ्य समस्या कम गर्न सहयोग पुग्छ । आँपमा घुलनशील फाइबर पाइन्छ जसले रगतमा कोलेस्ट्रोलका मात्रा कम गर्ने र ग्रन्थीमा हुने क्यान्सरबाट समेत बचाउँछ ।

अपच तथा अम्लीयपना जस्ता समस्या हटाउन पनि आँपको सेवन लाभदायक हुन्छ । गर्भवती र रक्तअल्पता भएका विरामीहरुले आँप खानु फाइदाजनक हुन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.