add

स्थानीय तह निर्वाचन : ८ वटा उपमहानगरको सार्वजनिक, कसले कहाँ जित्यो ?






ActPro Nepal

|

८ जेठ, २०७९

|
747

काठमाडौं । ११ उपमहानगरपालिका मध्ये ८ उपमहानगरको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

तीमध्ये नेपाली कांग्रेसले ३ र एमालेले २ उपमहानगरमा जित हात पारेका छन् । त्यस्तै, माओवादी केन्द्र र एकिकृत समाजवादीले १–१ उपमहानगरपालिकामा प्रमुख पद जितेका छन् । स्वतन्त्र एक ठाउँमा विजयी भएको छ ।

कांग्रेसले कांग्रेसबाट इटहरी उपमहानगरमा कांग्रेसका हेमकर्ण पौडेल विजय भएसँगै कांग्रेसले तीन उपमहानगरमा बाजी मारेको हो । यसअघि नेपालगञ्जमा प्रशान्त विष्ट र बुटवलमा खेलराज पाण्डे विजयी भएका थिए।

दाङको घोराही र बाराको कलैयामा एमाले, बाराको जितपुरमा माओवादी केन्द्र र मकवानपुरको हेटौडामा एकिकृत समाजवादी पार्टीले प्रमुख पद जितेका हुन् ।

त्यसैगरी धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । नतिजा आउँन बाँकी तीन उपमहानगरमध्ये धरान र जनकपुरधाममा पनि स्वतन्त्र उम्मेदवारकै अग्रता छ भने तुल्सीपुरमा एमालेको अग्रता देखिएको छ।

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राईले गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार किशोर राईलाई पछि पार्दा जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुडी एमालेका शिवशंकर शाहभन्दा अगाडि छन् ।

तुलसीपुरमा एमालेका उम्मेदवार टिकाराम खड्कालाई गठबन्धनका गेहेन्द्र गिरीले पछ्याइरहेका छन् ।

बुटवल उपमहानगरपालिकाको सार्वजनिक मतपरिणाम अनुसार नेपाली कांग्रेसका खेलराज पाण्डेयले ३० हजार १ सय ३० मत प्राप्त गरि विजयी भएका छन् ।

पाण्डेले निकटतम प्रतिद्वन्द्वी एमालेका बाबुराम भट्टराईलाई ७ हजार ५ सय ३३ मत अन्तरले पराजित भए । भट्टराईले २२ हजार ५ सय ९७ मत प्राप्त गरे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.