add

सप्तरी छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा २५ वर्षीय चौधरी निर्वाचित






ActPro Nepal

|

८ जेठ, २०७९

|
518

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय युवा अध्यक्ष पदमा निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका पूर्वअध्यक्षलगायत १२ उम्मेदवारलाई पछि पार्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का विद्यानन्द चौधरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृत सूर्यराज घिमिरेका अनुसार उनले दुई हजार ८९५ मत ल्याएका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का सत्यनारायण यादवले एक हजार ७६६ मत ल्याए ।

सो गाउँपालिकाका निवर्तमान अध्यक्ष सूर्यनारायण मण्डलले ८०० र जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख प्रभाकर यादवको ८९८ मत मात्र ल्याए ।

लोसपाका चौधरी लोकप्रिय मतका साथ अध्यक्षमा निर्वाचित भए पनि उपाध्यक्षसहित वडाध्यक्ष लोसपाले जित्न सकेन । उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का राजुदेवी यादवले दुई हजार ४७२ मत प्राप्त गरेर निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमिलादेवी साहले एक हजार ५९५ मत ल्याए ।

एमालेकी ललितादेवी मेहताले एक हजार ५१३ मत ल्याउँदा लोसपाका उषाकुमारी मण्डल र जसपाका आशा साहले समान एक हजार ३८४ मत ल्याइन् । मण्डल गत स्थानीय तह २०७४ को स्थानीय तहको निर्वाचनमा एक हजार ७१० मत ल्याउँदै उपाध्यक्षमा निर्वाचित भएका थिए ।

कूल १७ हजार ७५७ मत रहेको छिन्नमस्तामा १३ हजार ७४४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सात वडा रहेको गाउँपालिकामा एमाले र माओवादीले दुई-दुई, जसपा, नेकपा (एकीकृत समाजवादी) र जनमतले एक-एक वडाध्यक्षमा जित हासिल गरेको छ ।

वडा नं १ बाट ६८३ मत ल्याएर माओवादी केन्द्रका ललनप्रसाद यादव, २ बाट ३४० मत ल्याएर जनमतका सिकेन्द्रकुमार साह, ३ बाट ८९२ मत ल्याएर जसपाका विजयकुमार यादव, ४ बाट ३९९ मत ल्याएर एकीकृत समाजवादीका सूर्यनारायण यादव, ५ बाट ७२८ मत ल्याएर एमालेका जयप्रकाश ठाकुर, ६ बाट २९४ मत ल्याएर माओवादीका कपिलेश्वर साह, ७ बाट ७१४ मत ल्याएर एमालेका अच्छेलाल यादव निर्वाचित भएका छन् ।

जिल्लामा हालसम्म घोषित १६ स्थानीय तहको परिणामअनुसार कांग्रेसले सर्वाधिक पाँच नगरप्रमुखमा जित हासिल गरेको छ । यसैगरी जसपाले तीन, एमाले, लोसपा र जनमत पार्टीले दुई-दुई, एकीकृत समाजवादी र माओवादी केन्द्रले एक-एक स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ ।

बाँकी जारी रहेको मतगणनामा रुपनी गाउँपालिकामा लोसपा र डाक्नेश्वरी नगरपालिकामा एमालेले अग्रता कायम राखेको छ । रुपनीमा जसपा र डाक्नेश्वरीमा कांग्रेसका उम्मेदवारले पछ्याइरहेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.