add

नुवाकोटको कांग्रेस गढमा माओवादी वर्चश्व, वडा जोगाए, गाँउपालिका जोगाउन सकेनन्






ActPro Nepal

|

४ जेठ, २०७९

|
1788

काठमाडौं । कांग्रेसका प्रभावशाली नेताहरु अर्जुननरसिंह केसी, डा रामशरण महत, प्रकाशशरण महत देखि बहादुर सिंह तामाङसम्मको गाँउपालिकामा माओवादी वर्चश्व देखिएको छ । 

केसी र महत परिवारको गाँउपालिकामा माओवादी एक्लैले कांग्रेसलाई पराजित गरिदिएको छ । 

अर्का नेता बहादुर सिंह तामाङको गाँउपालिकामा भने एमाले र माओवादी मिलेरै कांग्रेसलाई हराएका छन् ।

एमाले र माओवादी पनि कांग्रेसका यी प्रभावशाली नेताहरुका गाँउपालिकामा (बहादुर सिंहको पालिका किस्पाङ बाहेक) अन्यत्र एक्लै प्रतिस्पर्धामा थियो । केसीको गाँउपालिका दुप्चेश्वर, महत परिवारको गाँउपालिका पञ्चकन्या र बहादुर सिंहको गाँउपालिका किस्पाङ हो ।

यी सवैंमा माओवादी केन्द्रले जर्वजस्त आफनो प्रभुत्व जमाएको छ । महत परिवारको गाँउपालिका पन्चकन्यामा त यस अगाडी पनि माओवादीले जितेको थियो । यसपटक पनि त्यो जितलाई निरन्तरता दिँदैं गाँउपालिकाको अध्यक्ष, उपाध्यक्ष दुवैं माओवादी केन्द्रले नै जितेको छ ।

डा प्रकाशशरण महत, रामशरण महत, कांग्रेस जिल्ला सभापति रमेश महतले यसपटक गत चुनावमा एमालेलाई बुझाएको आफनो वडा भने कांग्रेसमै फर्काउन सफल भएका छन् । तर गाँउपालिका भने माओवादीबाट खोस्न फेरि पनि असफल भएका छन् ।

पन्चकन्यामा माओवादीका तेजबहादुर तामाङ (रमेश) अध्यक्ष र विमला केसी उपाध्यक्षमा निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवार माधव प्रसाद खनाललाई २५८ मतले पछि पाँदैं माओवादीका तामाङले गाँउपालिका अध्यक्ष जितेका हुन् ।

डा महतहरुको वडा पन्चकन्या २ मा भने कांग्रेसका रामशरण श्रेष्ठ वडा अध्यक्षमा विजयी भएका छन् । उनले अन्य एमाले, माओवादीका उम्मेदवारलाई फराकिलो मतान्तरमा पराजित गदै विजयी भएका हुन् । कांग्रेसका श्रेष्ठले १४०२ मत ल्याईरहँदा एमालेका धुव्रप्रसाद मिश्रले ५९७ र माओवादीका ठाकुर बोहोराले ४५७ मत ल्याएका थिए ।

निर्वाचनका बेला महत परिवारले आफ्नै वडामा बसेर निक्कै मेहनत गरेका कारण यसपटक भने उक्त वडा कांग्रेसले एमालेबाट खोसेको हो ।

उता कांग्रेसका अर्का नेता अर्जुननरसिहं केसी, केदारनरसिंह केसी लगायतका नेताको गाँउपालिकामा पनि यसपटक माओवादी केन्द्रले जित निकालेको छ । अघिल्लो स्थानीय तह चुनावमा यो पालिका कांग्रेसले जितेको थियो । तर यसपटक अध्यक्ष, उपाध्यक्ष दुवै पद माओवादीले उछिछटाएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.