add

स्थापित र सिर्जनालाई उछिन्दै बालेन निरन्तर मतान्तर फराकिलो बनाउँदै,अन्यको कति ?






ActPro Nepal

|

४ जेठ, २०७९

|
1223

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना देशभर जारी छ।

काठमाडौं महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारले नै अग्रता कायमै राखेका छन् ।

सार्वजनिक प्रारम्भिक मत परिणाममा ४० हजार ३८३ मत गन्दा पछिल्लो परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले १५ हजार ३५६ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका छन् ।

त्यसैगरी प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले)का केशव स्थापितले ८ हजार १०८ र नेपाली कांग्रेसका सिर्जना सिंहले ७ हजार १८९ मत प्राप्त गरेकी छिन् ।

उपमेयरतर्फ एमालेकी उम्मेदवार सुनिता डङ्गोलले १५ हजार २१७ मतसहित अग्रस्थान कायमै राखेकी छिन् । हाल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा कामपाको मतगणना कार्य भइरहेको छ । 

अहिले वडा नम्बर ३, ४, ६, २९, ३० ३१ र ३२ को मतगणना कार्य जारी छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.