add

बजेटमा सर्वसाधारणको सुझाव, कहाँ बाट के कस्ता आए ? (सुझावसहित)






ActPro Nepal

|

३ जेठ, २०७९

|
1907

काठमाडौं। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणमा सघाउ पुग्ने उद्देश्यले संचालन गरेको टोल फ्रि नम्बर ११३८ बाट उत्साहजनक ढङ्गले सुझावहरु संकलन भएका छन् ।

देशभरका अधिकांश जिल्लाबाट सुझावहरु आएका छन् । अर्थ मन्त्रालय अहिले यी सुझावहरुको अध्ययन गरेर आगामी आबको बजेटमा समावेश गर्न खोजिरहेको छ ।

अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरले सबै क्षेत्रका जनताको सुझाव संकलन गर्ने उद्देश्यले टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको र त्यसमा आएको सुझावले आगामी आबको बजेट निर्माणमा महत्वपूर्ण योगदान गरिरहेको बताए । अर्थमन्त्री शर्माको नेतृत्वमा अर्थ मन्त्रालय अहिले बजेट निर्माणमा केन्द्रित छ ।

पोखरा म न पा -२१ कास्की

सुझाव

• जडिबुटी खेती/उत्पादन,संकलन, बिक्री र बितरण गर्ने अधिकार सामुदायिक बनलाई दिनुपर्यो

• सामुदायिक बनमा पाइने पातबाट टपरी बनाउन मेसिनको ब्यवस्था, ढुवानी मेसिन, औजारमा अनुदान सहयोग गरी बजार पहुँचकोलागि ब्यवस्था हुनुपर्यो

• अदुवा ,बेसार जस्ता स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्यो

• यस्तो उत्पादन, प्रशोधन, बिक्री वितरण गर्न टोलटोलमा बजारको र प्रशोधन केन्द्रको ब्यवस्था हुनुपर्यो

• हालको कृषि अनुदान प्रणाली झन्झटिलो भएकोले सुधार गरी कम लागतमा सम्बन्धित वडा/टोलमा पुगेर स्थानीय प्रतिनिधीको रोहबरमा अनुदान दिने ब्यवस्था हुनुपर्यो

घोराही- १५, दाङ

सुझाव

• आ.ब. संसोधन/परिवर्तन गरी असाढ मसान्तबाट जेष्ठ मसान्तमा आ.ब. समाप्त हुने व्यवस्था हुनुपर्यो

बलरा नपा, सर्लाही

सुझाव

• यस आ.ब.को बजेट चुनाव पछि खर्च गर्नुपर्यो

बेनी-१, म्याग्दी

सुझाव

• बाटो र स्कूलमा कम बजेट बिनियोजन गर्ने

• पानी प्रशोधन गरी बिदेशमा बिक्री गर्ने योजना ल्याउनुपर्ने

• हाइड्रोमा लगानी बढाउने

• बजेट बिनियोजन गर्दा सिचाईमा पनि ध्यान दिने

• जवरजस्ती बजेट खर्च नगरेर बचत फर्ता गराउने

जिल्ला अदालत कनचनपुर, महेन्द्रनगर

सुझाव

• ०.३८% बजेट न्यायपालिकाको लागि कम भयो

• कुल बजेटको १.५% सम्म बिनियोजन गर्नुपर्यो

• जिल्ला अदालतले कम्प्यूटर, फोटोकपी मेसिनसम्म किन्न नसकेको अवस्था छ

• अदालतमा भत्ताको ब्यवस्था हुनुपर्यो

भरतपुर-१०, चितवन

सुझाव

• इन्धन बिस्थापित गर्न १०लाख भन्दा कम मूल्यका बिद्युतीय गाडी, बिद्युतीय चुलोमा भन्सार छुट गर्नुपर्यो

• खाडी मुलुक जाने कामदारको हित हुने गरी १$ डलरमा बैक खाता खोल्ने ब्यवस्था हुनुपर्यो

• स्टक मार्केटमा बैंकलाई ब्रोकर लाइसेन्स दिएर सुधार गर्नुपर्यो

• आइपिओ भर्दा बैकले शूल्क लिने ब्यवस्था हटाउनु पर्यो

• देशमा उत्पादित तरकारी बिदेशमा बिक्री गर्न सकिने ब्यवस्ता हुनुपर्यो

• अर्थ मन्त्रीले नेतृत्व लिएर बिद्युत आयोजनामा शेयर लगानी गर्न सर्वसाधारणलाई आवहान गरेमा लगानीको लागि जतिपनि रकम संकलन हुनेछ

• नाराणी नदिको पश्चिममा पूलको ब्यवस्था हुनुपर्यो

सुझाव

• मायादेवी रंगसालाको बजेट प्रदेश सामाजिक विकास मन्त्रालयले बाणगंगा नपाको नाममा र नगर पालिकाले वडा कार्यालयको नाममा अख्तियारी पठाएकोले संसोधन गरी जिल्ला खेलकुद

विकास समितिको नाममा पठाउनु पर्यो (गुनासो समाधानका लागि ११११ मा फोन गर्न अनुरोध गरिएको)

राप्ती नगरपालिका -१२, चितवन

सुझाव

• राप्ती नगरपालिका -१२, चितवनमा खानेपानी, बाटोको ब्यवस्था हुनुपर्यो

सुनवल-७ नवलपरासी

सुझाव

• पर्यटन क्षेत्रको विकास गर्ने गरी बजेट बिनियोजन हुनुपर्यो

• बिदेशी पर्याटकहरु सिधै ग्रामिण स्थानमा पुग्ने अवस्था ल्याउन होमस्टेलाई समेट्ने गरी बजेट बिनियोजन हुनुपर्यो

पञ्चपुरी-५ सुर्खेत

• बजेट जनमुखी ल्याउनु पर्यो

• ब्याक्तिगत आयकरछुटको दायरा ६ लाख र ८ लाख बनाउनु पर्यो

• बैकले लगानी गर्ने किस्ता बन्दी ऋण पहुँचको आधारमा लगानी गर्ने अनि सर्व साधारणले ऋण लिन नसक्ने अवस्थामा सुधार गर्नुपर्यो

नेपाल बायु सेवा निगम

सुझाव

• ने वा नि को ब्यबस्थापनमा विज्ञ डाइरेक्टरको नियुक्ती गरी सुधार गर्नुपर्यो

• राजनैतिक कार्यकर्ता भर्ना गर्नुभएन

• कर्मचारी घटाउनु पर्यो

• लामो, मध्यम र छोटो दुरीका जहाज खरिद गर्नुपर्यो

• सुधार गर्न नसकिने देखिएमा छिटो भन्दा छिटो निजिकरण गर्नुपर्यो

भिमफेदी-५ मकावानपुर

सुझाव

• पिछडिएका किसानसम्म पुग्ने गरी वा गाउँका किसानलाई सम्बोधन हुने गरी बजेट बिनियोजन होस

टिकापुर-१ कैलाली

सुझाव

• कैलालीको यो टिकापुर निर्वाचन क्षेत्र संघीय संसद बिहिन भएकोले बजेट बिनियोजनमा ध्यान पुर्याइदिनु पर्यो

• बेरोजगारी हल गर्ने किसिमले बजेट आउनु पर्यो

• सहकारी र समुहलाई कमियून मोडलमा रुपान्तरण गर्ने गरी बजेट बिनियोजन हुनुपर्यो

• सहकारी र समुहलाई उत्पादन मुलक तालिमको ब्यवस्था गर्नुपर्यो

• रानीजमरा सींचाई आयोजनाको काममा ढिलाई हुँदा कुलोले यस क्षेत्रमा डुवान समस्य गरेको

• टिकापुर नपामा रहेको ढलको समस्य समाधान हुनुपर्यो

• सन्कट्टी घाटमा पुलको सम्यस्य छ बजेट बिनियोजन हुनु पर्यो

• मुक्त कमैयाहरुको ६,७ वटा सिबिरमा स्कूल, खानेपानी ,सडकमा बजेट छुटाईदिनु पर्यो

त्रिपुरासुन्दरी-२ धादिङ

सुझाव

• मनमोहन अधिकारीलाई धन्यवाद

• सामाजिक सुरक्षा भत्ता पुजामा प्रसाद बाँडे जस्तै भयो

• न्यून स्तर, सर्वहारा, सुकुम्बासीलाई बढी र बैंकमा राख्ने धनीमानी हुनेखानेलाई कम सामाजिक सुरक्षा भत्ताको ब्यवस्था गरियोस

बेनिघाट-३ धादिङ

सुझाव

• सबैलाई स्वास्थ्य नि:शूल्क हुने गरी कार्यक्रम ल्याउनु पर्यो

• स्वास्थ्य बीमालाई सरल र प्रभावकारी बनाउनु पर्यो

एसबिआइ बैंक उदयपुर

सुझाव

• एकल र परिवारलाई लाग्ने कर छुटको रकम क्रमश: ६ र ८ लाख पुर्याउनु पर्यो

• करको दायरा बढाउनु पर्यो ?

चन्द्रागिरी-१४, काठमाण्डौ

सुझाव

• बजट खर्च गर्ने हालको प्रकृयामा सुधार गर्नुपर्यो

• बजेट निकासा देखि अन्तिम खर्चसम्म सजिलै कार्यन्वयन गर्न सकिने हुनुपर्यो

मैपी, काठमाण्डौ

सुझाव

• बिदेशबाट खाद्यान्न खरिद गर्नु पर्ने अवस्थाको अन्त्य गर्ने र स्थानीय उत्पादन बढाउने किसिमले बजेट आउनु पर्यो

• बिदेशबाट ल्याइने फेन्सी/रेडिमेटको भन्सार बढि र देशमै तयार गर्न बिदेशबाट ल्याइने कच्चा पदार्थको भन्सार, एलसी कम गर्नुपर्यो

• सस्तो ब्याज दरमा कर्जाको ब्यवस्था हुनुपर्यो

बेलवारी- २ मोरङ्ग

सुझाव

• कर्मचारीको दर्जा/तह अनुसार तलब मानको फरक कम गर्नुपर्यो

• तहगत फरक र तलव रकममा एउटै दरमा हुनुपर्यो ( जस्तै बहिदार र मुखियाको तलबमा र रु.२००० फरक भए सचिव र मुख्य सचिवको तलवमा पनि त्यति रकम नै फरक हुनु पर्यो)

• खरीदार र नायब शुब्वाकोको तलबमानमा फरक कम भएकोले ना शु लाई अन्न्याय भयो

सामाखुसी , काठमाण्डौ

सुझाव

• बजेट संधै राम्रो नै हुन्छ

• कार्यान्वयन पक्ष कमजोर भएकोले ध्यान दिनु पर्यो

• साधारण जनताको घरसम्म पुग्ने गरी/सादारण जनताको जीवन स्तरमा सुधार हुने गरी बजेट बिनियोजन हुनुपर्यो

पुतलीबजार-१४,स्याङ्जा

सुझाव

• ”ग” बर्गका अपाङ्गहरुलाई पनि सामाजिक सुरक्षा भत्ताको ब्यवस्था हुनुपर्यो

• गाँउ र सहरको समान बिकास हुनेगरी बजेट बिनियोजन हुनुपर्यो

• कृषिलाई बढि प्राथमिकता दिनु पर्यो

• रोजगार मुलक बजेट हुनु पर्यो

बेलवारी-६,बाहुनी मोरङ्ग

सुझाव

• खेती नगर्नेले कृषि अनुदान र कृषि ऋण लिन नपाउने ब्यवस्था गर्ने

• हालसम्मको बजेट खर्चमा भएको कृषि अनुदान र ऋणमा हुने दुरुपयोग रोक्न स्थानीय तहको वडा प्रतिनीधिको रोहबरमा रकम भुक्तानी गर्न ब्यवस्था हुनुपर्ने

• कृषि सामग्रीको अनुदान र ऋण प्रत्यक्ष किसानलाई दिनुपर्ने

• गाउँको उत्पादन बिचोलियाको हातमा नपर्ने ब्यवस्था गर्नुपर्ने

• कृषि खेतीमा बिचौलियाको अन्त्य गर्न वडा वडामा सहकारी मार्फत बजारमा बिक्री गर्न सकिने ब्यवस्था गर्नुपर्ने

बानेश्वर काठमाण्डौ

सुझाव

• हाल धेरै जस्तो ब्यपारी र बैंकर एउटै ब्याक्ती वा परिवार रहेको अवस्था छ ।आर्थिक संकट रोक्न बैंकर र ब्यपारी अलग हुनुपर्यो

• अनउत्पादक पूँजि एवं भ्रष्टाचार रोक्न एक पटक घर जग्गा खरिद गरिसके पछि अर्को किन्न नपाइने ब्यवस्था हुनुपर्यो

• शहरी क्षेत्रका सहकारीले गर्ने बित्तीय कारोबार रोक्नु पर्यो

• सहकारीले घर जग्गामा लगानी गर्ने कार्य रोक्नु पर्यो

• खेतियोग्य जग्गा प्लटिङ्ग गर्ने कार्यलाई संधैकालागि रोकेर संलग्नलाइ कारवाही गर्नुपर्यो

• एक परिवारको एक घर मात्र हुने ब्यवस्था गर्नुपर्यो

देवदह-५ रुपन्देही

सुजाव

• प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको बजेट कटौती गरी बुटवल धागो कारखाना ,सुनवल चिनी मिल र भृकुटी कागज कारखाना संचालन गर्न बिनियोजन गर्नु पर्ने

• नाला, बनाएर झाडु लगाएर बजेट खर्च गर्दा उत्पादनमा बृदि र स्थायी रोजगारी सृजना हुँदैन

• भ्यू-टावर बनाउँदा उत्पादन बृदि र जनताको जीवन स्तरमा सुदार हुदैन

एग्रो मिडिया काठमाण्डौ

सुजाव

• सामाजिक सुरक्षा कार्यक्रमलाई उत्पादन मुलक सिपसंग जोड्नु पर्यो

• अपाङ्ग उत्थान सम्बन्धि कार्यक्रम ल्याउनु पर्यो

• एकल महिला बृद्धहरुका लागि नयाँ रोजगार मुलक कार्यक्रमको ब्यवस्था हुनुपर्यो

• सहज रुपमा कृषि ऋण पाउने ब्यवस्था हुनुपर्यो

• बजेट समाबेशी हुनुपर्यो

बिराटनगर-११, मोरङ्ग

सुझाव

• पेट्रोलियमको आयात कम गर्न ईलोक्ट्रोनिक भेकलमा अनुदान र कर छुट दिनु पर्यो

भक्तपुर-११ बालकोट

सुझाव

• साना ब्यावसायको लागि ऋणको व्यवस्था हुनुपर्यो

त्रिभुन बहुमुखी क्याम्पस,पाल्पा

सुझाव

• उच्च शिक्षामा अनुदान बढाउनु पर्यो

• त्रि.बि.का आंसिक प्राध्यापकहरुको लागि मासिक ज्यालाको ब्यवस्था हुनुपर्यो

मन्थली-३ रामेछाप

सुझाव

• रामेछापको सदरमुकाम मन्थली बजारलाई रनजोर खोलाको बाढीले खहरे बनाएकोले रोकथामका लागि बजेटको ब्यवस्था हुनु पर्यो

नवलपरासी हाल बानेश्र्वर

सुझाव

• हामिकहाँ आ.ब. को अन्तिममा छिटो काम हुने गरेको देखिन्छ यसरी छिटो छिटो काम सम्पन्न गर्न सम्भव भएमा ३,३ महिनामा नत्र ६ महिनामा खर्च नभएको रकम फ्रिज हुनुपर्यो

राप्ती-४भण्डारा,चितवन

सुझाव

• जेष्ठ नागरिकको औषधी उपचारको ब्यवस्था कटौती नगरियोस

• निजी अस्पतालमा उपचार छिटो हुने गर्छ त्यसैले निजी अस्पतालबाट पनि बीमा सुविधाबाट उपचार गर्ने ब्यवस्था गरियोस


बुटवल-८ रुपन्देही

सुझावा

• सार्वजनिक जग्गा र स्थानीय देखि केन्द्रीय स्तरका सडकको दायाबायाँका किनारमा हावापानी अनुसारका स्थानीय फलफूलका बिरुवा लगाउने

• ठेक्का सम्झौताको समयमा लिखित रुपमा नै यस्तो सर्त राख्ने

• घरको नक्सा पास गर्दा एउटा फल र एउटा फूलको बिरुवा रोपेको नदेखाए (गमलामा भएपनि) नक्सा पास नगर्ने नीति कार्यान्वयन गर्नुपर्ने

• प्रत्येक पालिकाले सहुलियतमा एक परिवार एक ईन्डेक्सन चुलो ५०% अनुदानमा बितरण गर्ने

• शिक्षामा बढि राजनितिकरण भएकोले स्थानीय तहमा संघीय सरकारबाट हस्तक्षेप गरी सुधर गर्नु पर्ने

• स्थानीय स्तरमा उत्पादन हुने रक्सीलाई ब्राण्डिङ्ग गरी बिदेशमा निर्यात गर्नु पर्ने

• दुईपाङ्ग्रे बिद्युतीय सवारी साधनमा भन्सार छुट दिनु पर्ने

• सबै किसिमका बिद्युतीय सवारी साधनको लागि सहुलियत कर्जाको ब्यवस्था गरी भन्सार कम लगाउनु पर्ने

• कवाडको (फलाम,कागज,बेट्री जस्ता)को संकलन गरी प्रशोधन एवं पून:उत्पादन गर्ने स्वदेशी उद्योगलाई संरक्षण गर्नुपर्यो

• एकाधिकार भएका उद्योग माथि नियन्त्रण गर्ने

• सरकारी निगरानीमा गाँजा खेती गर्नुपर्ने

• प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको रकमबाट बाटोमा झारु लगाएर, भ्यूटावर बनाएर अर्थतन्त्रमा सुधार हुँदैन उत्पादन मुलक काममा लगाउनु पर्यो

बेलकोटगढी -१२ नुवाकोट

सुझाव

• किसानलाई मलको ब्यवस्था हुनुपर्यो

• महंगी नियन्त्रण गर्नुपर्यो (आफू वडा सदस्य भएपनि जनताको काम गर्न नसकिएकोले आगामी निर्वाचनमा उम्मेदवारी नदिने)

बिरन्द्रनगर-७ सुर्खेत

सुझाव

• पूँजिगत लाभकर १०% देखि १५% बनाउनु पर्यो

• उत्पादन मुलक उद्योगमा कर घटाउनु पर्यो

• आइपिओ निस्कासन/जरी गर्ने कम्पनीलाइ सामन्य सहुलियत दिदा अरु कम्पनी पनि पब्लिक कम्पनिमा जान उत्साही हुने

• ऋण लिएका ब्याक्तिलाई आयकरमा छुट दिनु पर्यो

• नियमित रुपमा घर बहाल कर तिर्ने र नतिर्ने बिच फरक देखाउन स्वास्थ्य वा बिद्युत महशुलमा सहुलित दिनुपर्यो

लेटाङ्ग,मोरङ्ग

सुझाव

• कृषि बिकास बैकले गाउँको जग्गामा ऋण नदिएकोले ऋण दिने ब्यवस्था हुनुपर्यो

• लेटाङ्गमा अलैचि ,अदुवा, अम्लिसो, कागती र सुन्तलाको उत्पादन हुन्छ। यसको लागि कृषि ऋण दिने ब्यवस्था हुनुपर्यो

रत्न नगर-१ चितवन

सुझाव

• भ्यू-टावर जस्ता अनुत्पादक क्षेत्रको खर्च बन्द गरी उत्पादन मुलक क्षेत्रमा लगानी हुनु पर्यो

• भारतीय उत्पादनलाई बिस्थापन गरी स्वदेशी उत्पादनले बजार पाउने ब्यवस्था गर्नुपर्यो

बिरगंज-१४, पर्सा

सुझाव

• महंगी बढेको/ गाडिभाडा/ईनधनको मूल्य बढे अनुसार राष्ट सेवक कर्मचारीको तलव बढाउनु पर्यो

• १० बर्ष पहिले मा. वि. शिक्षक र सुनको मूल्य बराबर थियो हाल पनि बराबार हुनु पर्यो

आलिताल-४ ,डडेल्धुरा

सुझाव

• आलितालको यस वडाको लागि सिंचाई पोखरीको लागि बजेट बिनियोजन गर्नुपर्यो

देवचुली-१२, नवलपुर

सुझाव

• कोरना बीमा भक्तानीको नभएकोले दुई पाङ्रग्रे सवारी साधनको बिमा अनिबार्य गर्नु भएन

किर्तिपुर-१० काठमाण्डौ

सुझाव

• आंसिक प्राध्यापकलाई मासिक ज्यालादारीमा लिने ब्यवस्था हुनुपर्यो

बालकुमारी काठमाण्डौं

सुझाव

• पुरानो एक हजार र पाँच सय रुपैयाँको नेपाली नोट बन्देज गरेर नयाँ छाप्नु पर्यो

• पदमा भएका जनप्रतिनीधिहरुले सरकारी अस्पतालमा मात्र उपचार गर्नुपर्ने ब्यवस्था हुनु पर्यो

मध्यबिन्दु चोरमारा नवलपुर

सुझाव

• आधारभूत आवस्यकता पुरा गर्ने किसिमको बजेट हुनुपर्यो

• खेलकुदलाई प्राथमिकता दिनुपर्यो

• गास, बास, कपासको समस्य समाधान गर्ने गरी बजेट बिनियोजन हुनु पर्यो

• बजेट कार्यान्वयन प्रभावकारी बनाउन केन्द्रबाट बढि अनुगमन गर्नुपर्यो

• शेयर बजारलाई नियमित गर्नुपर्यो

निलकण्ठेश्वर, धार्दिङ्ग

सुझाव

• संघीय बजेटबाट दृघकालिन योजना संचालन गर्ने

• बिद्युत उत्पादनमा ध्यान दिने

• साना साना विकासका कार्यक्रममा कम खर्च गर्ने

भरतपुर-२३ चितवन

सुझाव

• टुक्रे रकम बिनियोजन नगर्ने

• सामाजिक सुरक्षा भत्ता नगदमा नदिएर कार्डको ब्यवस्था गरी सबै किसिमका आधारभुत सेवा नि:शूल्क दिने र नगदलाई उत्पादन मुलक काममा लगाउनु पर्यो

• एउटै आ.ब. मा पुराहुने गरी रणनितिक योजना छनोट गर्नु पर्यो

खानिखोला -४ काभ्रे

सुझाव

• यस वडामा खानेपानीको अभाव भएकोले डिपिआर भएको खानेपानी योजना (२५० घरधुरीलाई खानेपानीको लागि) बजेट बिनियोजन गरिदिनुपर्यो

भरतपुर-१,चितवन

सुझाव

• मोटरसाइकको सिसिको आधारमा कर नलिएर ह्रासकट्टीको आधारमा लिनुपर्यो

• राईसमिलको नबिकरण गर्दा १००% जरिवाना लगाउने ब्यवस्था हटाउनु पर्यो

• मेरो सुझाव माथि छलफल भए नभएको कसरी जानकारी पाउने

कलैया-२० बारा

सुझाव

• आयकर छुटको दाएरा बढाउनु पर्यो/६लाख सम्म छुट दिनुपर्यो

• वीमामा २५ बाट बढाएर ५० हजारसम्म घटाउन पाउने ब्यवस्था गर्नुपर्यो

• सनिवार र आइतवार बिदाको ब्यावस्था गर्नुपर्यो

दुराडाँडा लमजुङ्ग

सुझाव

• शिक्षकको तलव,भत्ता र ग्रेड निजामती सह्र हुनुपर्यो

• प्र. अ. भत्ता बढाउनु पर्यो

अमरगढी-५ डडेलधुरा

सुझाव

• सर्वसाधारणलाई सम्बोधन गर्ने गरी बजेट ल्याउनु पर्यो

• तलव बृदि नगर्ने

• तलव बृदि गर्ने प्रतिशत बरावर दैनिक उपभोग्य बस्तु खरिदमा सर्वसाधारणलाई अनुदान दिने ब्यवस्था गर्नुपर्यो

• हालसम्मका आंसिक प्राध्यापकको ब्यवस्थापन गर्नुपर्यो

कुलेश्वर काठमाण्डौ

सुझाव

• फेशबुक, टिकटक,युटुभ जस्ता माध्यमबाट आय आर्जन वा आर्थिक कारोवार गर्दा १% कर लाग्ने भनी गत आ.ब.को बजेटमा उल्लेख भएपनि आ.रा. बिभाग र नेपाल राष्ट्र बैंकबाट हालसम्म यो बिषय कार्यन्यन नभएको

• नेपालमा बसेर बिदेशी कम्पनिमा अनलाईन जब गर्ने कर्मचारीले पाउने पारिश्रमिकलाई रेमिटेन्समा राखियो ।त्यसबाट कर उठाउने कामको सुरुवात नै गरिएन

• यो क्षेत्रलाई करको दायरामा ल्याउनु पर्यो

मष्टा गाउँपालिका बझाङ्ग

सुझाव

• अतिरिक्त हुलाक कर्मचारीको तलव बृदि हुनुपर्यो

शारदा – ५ सल्यान

सुझाव

• नेपालमा उत्पादन हुने इटा बातावरण मैत्री हुनु पर्यो

• ग्रिन ट्रनेल प्रबिधिको प्रयोग गरी उत्पादन हुने इटा वातावरण मैत्री हुने भएकोले सहुलियत दरमा ऋण उपलब्ध हुनुपर्यो

• बातावरण मैत्री र कम लागतमा उत्पादन हुने भएकोले सरकारी कार्यालयमा यस्तो ईटाको प्रयोग गर्ने ब्यवस्था हुनु पर्यो

• बोयल बाख्रा लगायतका पशुवस्तुको बीमा रकमको (क्षतीको भुक्तानी गर्दा) खरिद मूल्य बराबार हुने ब्यवस्था गर्नुपर्यो (हाल बोयल बाख्राको बीमाबाट २५ हजार मात्र भुक्तानी हुने गरेको)

गोकर्णस्वर काठमाण्डौ

सुझाव

• कृषि अनुदानको रकम प्रत्यक्ष रुपमा किसानको हातमा पुग्ने गरी किसानको बैंक खातामा पठाउने ब्यवस्था हुनुपर्यो

• ऋण अनुदान पाउने किसानको छनोट निस्पक्ष रुपमा हुने ब्यवस्था गर्नुपर्यो

पोखरा -१५ कास्की

सुझाव

• दृष्टी बिहिनले पनि अरु सामाजिक सुरक्षा भत्ता पाउने बराबर पाउनु पर्यो

• दृष्टी बिहिनले पनि अनलाईन कारोबार गर्ने ब्यवस्था हुनुपर्यो

• आ.ब को अन्त्य चैत महिना र सुरुवात बैसाख महिनाबाट गर्नुपर्यो

• स्थानीय तहलाई अनुदान दिएकको रकमबाट भएको विकास निर्माण कार्यको अनुगमन सघबाटै हुनुपर्यो

• अनुगमनबाट गलत भएको पाइएमा तुरन्त कारवाही गर्नुपर्यो

चुरे गा पा खरेला खानिडाँडा,कैलाली

सुझाव

• चुरे गाउँसम्म पुग्न बाटो/रोडको लागि बजेट विनियोजन हुनुपर्यो

गौशाला-८ ,महोत्तरी

सुझाव

• उखुमा अनुदान बढाएर प्रति क्वाइन्टल रु.१००।-बनाउनु पर्यो

• किसानलाइ मलखाद लगायतका सुबिधा दिन किसान कार्डको ब्यवस्था हुनुपर्यो

• बाल बिकास शिक्षिकालाई महंगी भत्ता र प्रा. वि. को शिक्षक सरहको तलव दिनुपर्यो

चागुनारायण-१ भक्तपुर

सुझाव

• करछली रोक्न ट्याक्स कार्ड बनाउनु पर्यो

• सरकारको मातहतमा रहने गरी जिल्ला स्तरमा रोजगार केन्द्र स्थापना गर्नुपर्ने

• जिल्ला भित्रका बेरोजगारहरुको लगत यसैमा राख्ने

• निजी क्षेत्रका होटल, बैंक ,बित्तीय संस्था, सहकारी लगायत जिल्ला स्थरमा कार्यरत संध संस्थाले पनि यसै केन्द्रमा दर्ता हुनुपर्ने

• नयाँ कार्यालय स्थापना भएमा अस्थायी ज्यालादारी करार कर्मचारीको पदपूर्ती यही रोजगार केन्द्रबाट गर्नुपर्ने

• निजी क्षेत्रका होटल, बैंक ,बित्तीय संस्था, सहकारी लगायत जिल्ला स्थरमा कार्यरत संध संस्थाले पनि यसै केन्द्रबाट आवस्यक कर्मचारीको माग गर्नु पर्ने ब्यवस्था हुनुपर्यो

बुटवल रुपन्देही

सुझाव

• नेपालमा उत्पादित सोलार ब्याट्रीको संरक्षण गर्न कर छुट दिनुपर्यो

दमक-५ झापा

सुझाव

• कृषि क्षेत्रलाई दिने अनुदान कम गरेर मल कारखाना,किटनासक औषधि कारखाना स्थापना गर्नुपर्यो

बुटवल-४ रुपन्देही

सुजाव

• कृषि/फलफुल ब्यावसाय गर्नेलाई सजिलो तरिकाले ऋण/अनुदानको ब्यवस्था हुनु पर्यो

• कृषि/फलफुल ब्यावसाय गर्नलाई ऋण/अनुदान लिएर ठगी गर्नेलाई कारवाही हुनु पर्यो

• बजेटमा साना किसानलाई समेट्नु पर्यो

जनकपुर

सुझाव

• सिक्टा सिंचाई आयोजना छिटो पुरा हुनुपर्यो

• उत्पादित बिद्युत बचतको लागि योजना ल्याउनु पर्यो

• प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको रकम सिंचाई आयोजनामा लगानी गर्नुपर्यो

• बेरोजगारलाई संचाई आयोजनाको काममा लगाउनु पर्यो

• शोलार प्यानलमा (पिपिपि मोडलमा) लगानी गर्नुपर्यो

• बिद्युतीय सामानमा कर छुटको ब्यवस्था गर्नुपर्यो

कृण नगर, कपिलवस्तु

सुझाव

• सोलार ब्याट्रि उत्पादनमा कर छुटको ब्वस्था हुनु पर्यो

न्यूरोड असन काठमाण्डौ

सुझाव

• भ्रष्टाचार रोकी सुशासन कायम गर्नु पर्यो

• कृषिमा अनुदान हटाएर कृषकलाई सहुलियत कर्जा दिनुपर्यो

• कृषि बिकास बैंकको अनुदानमा कमिसन हटाउनु पर्यो

• घरेलु तथा साना उद्योगको लागि दिइने अनुदान रोक्नु पर्यो (कमिसन लिने/खाने गर्छन

पूर्वी नवलपरासी

सुझाव

• मध्यबिनन्दुमा तटबन्धको लागि बजेट बिनियोजन गर्नुपर्यो

खैरेनी- १ चितवन

सुझाव

• मुख्य कुरो देश भित्र दत्पादन बढाई बिदेशबाट कम सामान खरिद गरी ल्याउने ब्यवस्था हुनुपर्यो

• देश भित्रका प्राकृतिक साधनहरु जल, जमिन, जडिबुटी एवं जनशक्तिको पूर्ण सदउपयोग गर्ने गरी बजेट निर्मान गर्नु पर्यो

• भौगोलिक क्षेत्र अनुसार उत्पादन हुने बस्तुहरुलाई पकेट क्षेत्र घोषणा गरी बजेट बिनियोजन गर्नुपर्यो

• खाद्य बस्तुको बिबिधिकरण गरेर प्राथमिकता निर्धारण गर्नु पर्यो वा

• भौगोलिक स्थान अनुसार उत्पादन हुने फलफुल, खाद्य पदार्थ ,नगदेबाली र तेलहनलाई सोहि स्थानका स्थानीय तहले प्राथमिकता निर्धारण गरी उत्पादन बृदि गर्नुपर्यो

• सडक बिस्तारमा भन्दा सडकको स्तर उन्नतीमा बढि ध्यान दिनुपर्यो

• प्रत्यक स्थानीय तहमा प्राथमिक/आधारभुत तह देखि प्राविधिक शिक्षाको सुरुवात गर्नुपर्यो

• जलविद्युतको उत्पादन बढाएर सर्वसाधारण र उद्योगमा प्रयोग गर्ने बिद्युतको महसुल घटाउनु पर्यो

मिर्चैया, सिरहा

सुझाव

• करछली घटाउनलाई भ्याट बिल काट्ने र समानको स्टकको अवस्था अनलाइनबाट नै देखाउने ब्यवस्था हुनुपर्यो

• बिदेशबाट आउने सामानमा अण्डर बिलिङ्ग गर्छन

• बेलका (उदयपुर) १ र २ जोड्ने पुल ठेकेदारले हाल सम्म नबनाएको

• सानो सानो कारोबारमा अनलाइन बैंकिङ्ग शूल्क दर घटाउनु पर्यो

लिखु, नुवाकोट

सुझाव

• दृष्टिबिहिनहरुले आय आर्जन गर्ने कार्यक्रमको ब्यवस्था गर्नुपर्यो

मैतिदेवी काठमाण्डौं

सुझाव

• डलर संचयको संकट समाधान गर्न बिदेशबाट एक बर्ष पछिसम्म भुक्तानी गर्ने गरी सामान उधारोमा समान ल्याउन पाउने ब्यवस्था हुनु पर्यो ( जर्मनबाट प्रस्ताव आएको रे)

• यसको लागि ओपन इन्भोइसको लागि कानुनी नीतिगत ब्यवस्था हुनुपर्यो

सिद्धार्थनगर,रुपन्देही

सुझाव

• विद्यालय कर्मचारीको दरबन्दी सृजना गरी तलव बढाउनु पर्यो

खोटेहाङ्ग-३ खोटाङ्ग

सुझाव

• शिक्षक र निजामतीमा रहेको ग्रेडको असमानता हटाउनु पर्यो

• भूकम्पबाट क्षेतीभएका बिद्यालयको पून:निर्माणमा बजेट बिनियोजन हुनुपर्यो

विराटनगर-८ मोरङ्ग

सूझाव

• भारत लगायतका देशबाट सामान ल्याउने ब्यपारी र सर्वसाधारण सबैलाई समानरूपमा सबै किसिमका सामानमा भन्सार लगाउनु पर्यो

• घरायसी प्रयोगका नाममा लाखौ रकमका सामानमा छुट दिनु भएन

ब्यास-७ दमौली ,तनहु

सुझाव

• हालको आर्थिक संकट हटाउन अल्पकालिन तरिका अपनाउनु आवस्यक छ

• यसको लागि कृषिकार्यमा संलग्न सबै निकायलाई संघ, प्रदेश र स्थानीय तीन तहबाट नै तरकारी, फलफूल एवं खाद्यान्न उत्पादनमा परिचालन गरेमा यस्ता बस्तुको खरिदमा बिदेशिने रकम रोकिन्छ र तीन महिनामा संकट घटाउन सकिन्छ

• नियमित अनुगमन गर्ने/गराउने

• अल्प ,मध्य, र दृघ कालिन योजना बनाई आर्थिक संकट समाधान गर्न सकिन्छ

• आयात घटाउने निर्यात बढाउने दृघकालिन योजना भयो सबैलाई थाहा नै छ

किर्तिपुर मकाठमाण्डौ

सूझाव

• हालको आर्थिक संकट हटाउन तयारी लुगा आयतमा पुर्ण प्रतिबन्ध लगाउने

• थान कपडा आयतमा भन्सार छुट दिने र गार्मेण्ट उद्योगलाई राहत दिने

• बिदेशी तयारी जुताको आयात रोकी कच्चा पदार्थ आयत गर्न दिने

पोखरा-१ कास्की

सुझाव

• कर छली रोक्नुपर्ने

• साना ब्यवसायीलाई एक पटक करमा दर्ता गर्न न्यून शूल्क तोकी करको दायरामा ल्याउने

• भारतीय साना ब्यपारीबाट पनि न्यूनतम कर असुली गर्ने

कुस्मा-९,पर्वत

सुझाव

• महंगी अनुसार तलव बढानु पर्यो

• प्रा वि तहको चौथो, पाँचौ तहको तलबमा सुधार हुनपर्यो

काठमाणडौ

सुझाव

• देशमा साना कृषि औजार कारखाना खोल्नलाई सहुलियत ऋणको ब्यवस्था हुनु पर्यो

• स्वदेशमा कृषि क्षेत्रमा हुने उत्पादनको संरक्षण गर्न कृषिमा आयत हुने बस्तुको भन्सार बढाउनु पर्यो

• संयुक्त लगानीबाट कृषि औजार कारखाना स्थापना गर्नुपर्यो

भरतपुर-१२, चितवन

सुझाव

• बजेटब उत्पादनमुखी हुनुपर्यो

• कृषिमा लगानी बढाउनु पर्यो

• बास्तविक किशान सम्ममा कृषि ऋण /अनुदान पुग्नुपर्यो

• बिलासिताका बस्तु (कारहरु,गहना ,सुन ) आयतमा निरुत्साहित गर्नुपर्यो

• आन्तरिक उत्पादनलाई प्राथमिकता दिनुपर्यो

• सार्वजनिक सवारी साधन खरिद गर्दा ऋणको ब्याजदरमा कम र निजी सवारी साधनको खरिदमा लिएको ऋणको ब्याजदर बढि गर्नुपर्यो

कुलेखानी काठमाण्डौ

सुजाव

• आयकर ऐनमा अवकास कोषको रकम भुक्तानीमा कर छुट पाउने परानो दायरा बढाएर ५ लाख बनाउनु पर्यो

हेटौडा-८ मकवानपुर

सुझाव

• हेटौडा औद्योगिक क्षेत्र नजिकको मैदा टोलमा रहेको ११ हजार भोल्टेजको बिद्युत पोल हटाउन बजेट बिनियोजन हुनुपर्यो

काठमाण्डौ

सुझाव

• सबै किसिमका बिलासिताका बस्तुको आयात रोक्नु/कम गर्नुपर्यो

• शिक्षाको लागि विदेश जाने युवालाई नेपालमै रोक्ने किसिमले शिक्षा क्षेत्रमा सुधार गरेर यसमा पलायन हुने सबै किसिमको पूँजी रोकेर गुणस्तरीय र प्राविधिक शिक्षामा लगानी बढाउनुपर्यो

गडवा-६ बनकट्टी ,दाङ

सुझाव

• गढवा देखि खवरीखुट्टीसम्म ३० कि मि सडक निर्माण हुनुपर्यो

• जलश्रोतमा लगानी बृदि गरी बिद्युत उत्पादन बढाउनु पर्यो

• टिकटक, फ्रि-फायर जस्ता ज्ञ्यामहरु बन्द गर्नुपर्यो

बारबर्दिया-९, बर्दिया

सुझाव

• आर्थिक संकट हटाउन अनलाईन ग्यामबाट बिदेशिने रकम रोक्नुपर्यो

वा यस्ता ग्यामबाट कर संकलन गर्नुपर्यो

बिरगंज-१० पर्सा

सुझाव

• जेनरिक/कम्पोजिसनको आधारमा नामाकरण गरेको औषधि खरिद गर्ने यो सस्तोमा बिक्री हुन्छ

• ब्राण्डेडको आधारमा नामाकरण गरेको औषधि खरिद नगर्ने यो महंगोमा बिक्री हुन्छ

नौमुले प्यूठान

सुझाव

• युवाहरुलाई रोजगार दिनुपर्यो

• प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको बजेट स्थानीय तहका सहकारी मार्फत उत्पादन मुलक काममा खर्च गर्नुपर्यो

• नाली खन्ने, झारपात फाल्ने, टावर बनाउने जस्ता अन्उत्पादक क्षेत्रमा खर्च गर्नु भएन

• स्थानी तहमा तालिम भ्रमण जस्ता अनुत्पादक खर्च कटोती गरी कृषि उत्पादनमा लगाउनुपर्यो

• शेयर कारोबारमा बैंकले लिने आइपिओ शूल्क घटाएर १ वा २ रुपैयाँ लिने ब्यवस्था गर्नुपर्यो

बिपि कोइराला स्वा. बि. प्रा. धरान

सुझाव

• देशमा कार्यरत अरु चिकित्सकले जस्तो बिपि कोइराला स्वा. बि. प्रा. धरानमा कार्यरत चिकित्सकहरुले प्रतष्ठानमा बाहेक अनेत्र सेवा दिन/काम गर्न नपाउने भएकोले आयकर घटाउनु पर्यो

घोराई-१७ दाङ

सुझाव

• किष्टो करेन्सीलाइ नियमनको लागि सम्भाब्यता अध्ययन गर्नु पर्यो

• गाडी जस्ता बिलासी बस्तु खरिद गर्दा एलसीमा कडाई गर्नुपर्यो

चौरिदेउराली-८ काभ्रे

सुझाव

• गाउँपालिका भित्र बसोबास गरिरहेका बहालवाला तथा भू.पू.संचय कर्तालाई कर्मचारी संचय कोषले कृषि क्षेत्रामा मात्र लगानी गर्न ऋण दिने ब्यवस्था गर्नुपर्यो

• कृषिमा (माछा ,कूखुरा पालन फलफुल खेती) बढि लगानी गर्नुपर्यो

नेपालगंज-१३ बाँके

सुझाव

• प्रिमियम इन्स्योरेन्स कम्पनीले कोरना वीमा हालसम्म भुक्तानी नदिएकोले सो रकम भुकतानी पाउने ब्यवस्था होस

मध्यबिन्दु-६ चोरमारा नवलपुर

सुझाव (दोस्रो पटक)

• नेपाली बिद्यार्थीलाई देशमा नै अध्यायन गर्न शिक्षामा लगानी बढाउनु पर्यो/ऋण सुविधा दिनुपर्यो

• बिदेशी लगानी (पूँजी र प्रबिधि) भित्र्याउन लगानी कर्तालाई आब्हान गर्नुपर्यो

कालिका-८ चितवन

सुझाव

• गाउँ स्तरमा रहेका डेरीहरुबाट मल,बिउ बितरण गरियोस

• साना र खेतीपाती गर्ने बास्तविक किसानले अनुदान पाउनु पर्यो

• इलोक्ट्रोनिक भेकलमा अनुदान दिनुपर्यो

कृषि विकास बैक रामशाहपथ

सुझाव

• अस्थायी, ज्यालादारी, करार कर्मचारीहरुको लागि बजेट बिनियोजन हुनुपर्यो

गल्याङ्ग-५ स्याङ्गजा

सुभाव

• शिक्षा प्रेमी बजेट हुनुपर्यो

• बिद्यालयमा आइटिटि कार्यक्रम (कम्प्यूटर, इन्टरनेट र दक्ष जनशक्तिको व्यवस्था) संचालन हुनुपर्यो

• कि महंगी नियन्त्रण गर्नुपर्यो कित तलव बढाउनु पर्यो

महाराजगंज काठमाण्डौ

सुझाव

• भ्याट घटाएर १०% मा झार्नुपर्यो

• होटल, रेष्टुरेण्टले ग्राहकबाट लिने १०% सर्भिष चार्ज हटाउनु पर्यो

• “यातायात प्राधिकरण”को स्थापना गर्नुपर्यो

• सबै शहरहरुमा बिद्युतीय बस चलाउनु पर्यो

• लामो तथा छोटो दुरीका सबै किसिमका सार्वजानिक सवारी साधन (मालबाहक यतायातका साधनहरु समेत) कम्पनी वा यातायात प्राधिकरणमा दर्तागरी संचालन गर्नुपर्यो

• एउटा बस कम्पनीले कुनै एउटा क्षेत्रमा यातायात चलाउनु पर्यो

• सबै जिल्लाको सदरमुकाममा रिङ्गरोडको अवधारणा ल्याउनु पर्यो

• सवारी साधन आयातमा २००% भन्सार महसुल ब्यवहारिक भएन घटाउनु पर्यो

• नगरपालिकाले बाटोको रेखाङ्गकन पुरा भएमा मात्र घर निर्माण गर्न दिनुपर्यो

• सिधाबाटो भएमा मात्र घर बनाँउन दिनुपर्यो

• हरेक नगरपालिकाले दमकल राख्नु पर्यो

• राम्रो बाटो/रोड बनाउनु पर्यो

• योजना थरै बनाउनु पर्यो र कार्यन्वयन हुनुपर्यो

• समयमै सम्पन्न हुने र गर्न सकिने कामको मात्र योजना बनाउनु पर्यो (मेलम्ची खानेपानी आयोजनाको हालत सबैले देखे)

• बैंकले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्या र बिद्युतमा बढि ऋण लगानी गर्नुपर्यो

• शिक्षा, स्वास्थ्या र यातायात मन्त्रालयले सम्बन्धित क्षेत्रमा राम्रो योजना ल्याउनु पर्यो

• कृषि, पर्यटन, बिद्युत, सडक एवं भवन लगायत सबै क्षेत्रको विकास निर्माण कार्य ठेकेदारबाट नभई कम्पनीबाट गर्नुपर्यो

हेटौडा मकवानपुर

सुझाव

• १८ देखि ३० बर्षका युवालाई लक्षित गरी देशमा आर्थिक जागरण ल्याउन राष्ट्रिय सम्मेलन/ भेलाहुने कार्यक्रम ल्याउनुपर्यो

• यस उमेरका युवाहरुको सानो/ठूलो समुहलाई आर्थिक कृयाकलाप गर्न अनुदान वा सहुलियत ऋणको ब्यवस्था हुनुपर्यो

• बिलासिता (सानको लागि) पर्योग गरिने सवारी साधन (बाइक/कार)मा कर/भन्सार बढि र कम सिसिका एवं आवस्यकताका सवारी साधनमा कम भन्सार/कर लगाउनु पर्यो

• मेनुफ्याक्चरिङ्ग उद्योग स्थापना गर्नुपर्यो

नयाँ बानेश्वर, काठमाण्डौ

सुझाव

• ईलोक्ट्रोनिक सामानको भन्सार कम गर्नुपर्यो

• १०० कि. मि. को दुरीमा चार्जिङ्ग स्टेशनहरु बनाउनु पर्यो

• नेपालमा ईलोक्ट्रोनिक कार, बाईक,स्कूटर बनाउने कम्पनीलाई ब्याज, कर्जा र करमा सहुलित दिनुपर्यो

परिवर्तन-२ रोल्पा

सुझाव

• शहीद परिवारको लागि बजेट बिनियोजन गर्नुपर्यो

सुझाव (पून:)

• लघुबित्त संस्थाले गाउँमा महिलाहरुले ऋण नमागेको अवस्थामा पनि समुह बनाएर कर्जा दिने अनि चर्को ब्याज लिएर ठगी गरेकोले खारेज गर्नुपर्यो

• ऋण तथा बचत सहकारी संस्थाले सहकारीको सिद्धान्त/ भावना अनुसार कार्य नगरी लगानीमा चर्को ब्याज लिई ठगी गरेकोले खारेज गर्नुपर्यो

• कृषिमा हालसम्म गरेको लगानी अनुसारको प्रतिफल प्राप्ती हुन नसकेकोले कृषि लगायतका सबै क्षेत्रका योजनाको सम्बन्धित मन्त्रालयहरुबाट समेत प्रभावकारी रुपमा अनुगमन हुनुपर्यो

जैमुनी, बाग्लुङ्ग

सुझाव

• खोलामा बगिरहेको पानी मोटर लगाएर दुई कि.मि. उकालो माथि रहेको कृषि योग्य जमीनमा सिंचाई गरी खेतिपाती गर्न चाहने कृषकलाई बिद्युत र मेसिनमा छुटको ब्यवस्था हुनुपर्यो

बानेश्वर

सुझाव

• साना ब्यवसायीले कारोबार नगरेपनि रु. ७५०० कर तिर्नु पर्ने ब्यवस्था हटाउनु पर्यो

• २०७२ सालमा आएको भूकम्पको समयमा एनजिओहरुले दातृ निकायबाट प्राप्त गरेको रकमको लेखारिक्षण नगरेपनि एक बर्षको लेखापरक्षण गरेमा नबिकरण हुने ब्यवस्था नीतिगत भ्रष्टाचार भएकोले हटाउनु पर्यो

बुद्धशान्ती-२ झापा

सुझाव

• बैंकबाट बितरण गरिदै आएको समाजिक सुरक्षा भत्ता वडासम्म शाखा भएका (घ) बर्गका लघुबित्त कम्पनीबाट पनि बितरण भएमा लाभ ग्राहीलाई सजिलो हुनेछ

• कृषि ऋणमा दिने ब्याज अनुदान कम्तिमा एक बर्ष स्थगित गरी त्यो रकम प्रत्येक परिवारलाई इन्डेक्सन चुलो खरिदमा (रु.५हजार वा ७०%) अनुदान दिनुपर्यो

परानो बानेश्वर,काठमाण्डौ

सुझाव

• प्रत्येक आ.ब.मा देशको शहरी क्षेत्रमा सरकारले पचासौ तलाका न्यूनतम ५लाख जति फ्ल्याटहरू बनाएर भाडामा बस्न चाहनेलाई भाडामा र खरिद गर्न चाहनेलाई बिक्री गरी आवास समस्य सदाकालागि समाधान गर्नुपर्यो

विदुर-६, नुवाकोट

सुझाव

• नारायणी लगायतका देशका बिभिन्न स्थानबाट बगी रहेका नदिनालाबाट स्थानीय जनता र सरकारको (७५% सरकारको+२५% जनताको) लगानीबाट पम्पसेट मार्फत सिंचाई नपुगेको कृषियोग्य जमिनमा सिंचाई गरी खेतिपाती गर्नुपर्यो

पोखरा-१३,कास्की

सुझाव

• रासायनिक मल कारखाना तुरुन्त खोल्नुपर्यो

• नेपाल आयल निगम र बिद्युत प्राधिकरणलाई सम्भव भएसम्म एउटै निकायको नियन्त्रणमा राखी/ एउटै निकायले हेरी बिद्युत उत्पादन बढेको समयमा महसुल घटाउने अनि त्यस समयमा ग्यासको मूल्य बृदि गर्ने अनि बिद्युत उत्पादन घटेको समयमा ग्यासको मूल्य घटाउने गर्नुपर्यो

• यसरी बिद्युत उत्पादन बढेको समयमा २० यूनिट भन्दा कम बिद्युत खपत गर्ने ग्राहकलाई बिद्युतीय चुलो वा आधुनिक हिटर नि:शूल्क दिनुपर्यो वा बिद्युत महसुल छुट दिनुपर्यो (भूकम्प र नाकाबन्दीको समयमा चीनबाट अनुदान र खरिद गरेको विद्युतीय चुलो बाँकी रहेको ले बितरण गर्नुपर्ने रे? )

• खाद्य सुरक्षाको लागि सातवटै प्रदेशमा आधुनिक खाद्य गोदाम घरको स्थापना गर्नुपर्यो

• बजेट बिनियोजन गर्दा बिकास बजेटलाई लागत र समयको आधारमा श्रेणी बिभाजन गर्नुपर्यो

• थोरै लागतका योजनाको असोज मसान्तसम्म कार्यसम्पन्न हुनुपर्यो

• बिकास कार्यमा संलग्न कार्यालयले प्रत्यक तीन महिनामा कार्य प्रगतीको प्रतिवेदन दिनुपर्ने र यस्तो प्रतिवेदनमा मनासिव कारण बाहेक ढिलासुस्ती भए/गरेमा तुरन्त कारवाही गर्ने ब्यवस्था हुनुपर्यो

• देश भरीका ६ हजार भन्दा भढी नदी, खोलानाल मध्य उपयोक्त नदि, खोलानाला, तालहरुमा माछाका भुराहरु छोडेर प्रत्यक स्थानीय निकायले संरक्षणको जिम्मा लिनुपर्यो

• इजाजत-पत्र बिना माछा मार्न नपाइने ब्यवस्था हुनुपर्यो

• करेण्ट लगाएर माछा मार्नेलाई कारबाही गर्ने ब्यवस्था हुनु पर्यो

• खहरे खोला नियन्त्रण, पानीको श्रोत ब्वस्थापन एवं भूमिगत पानीको श्रोत बृदि गर्न पोखरी वा कृतियम ताल निर्माण गरी पर्यटन,माछा पालन तथा हिँउदे सिंचाई कार्यक्रम संचालन गर्नुपर्यो

त्रिपुरासुन्दरी, धार्दिङ्ग

सुझाव

• राष्ट्रिय गौरवका आयोजनाहरु केन्द्र/संघले मात्र हेर्नुपर्ने

• मझौला आयोजनाहरु प्रदेश सरकारले हेर्नुपर्ने

• कृषिसंग सम्बन्धित सबै किसिमका आयोजनाहरु प्रदेश र स्थानीय तहले हेर्ने जिम्मेवारी दिनुपर्ने

• कृषिमा बढी प्राथमिकता दिनुपर्यो

• कृषि सम्बन्धि नीतिगत सल्लाह दिन संघमा कृषि मन्त्रालय रहने भएकोले कृषिसंग समबन्धित बाँकी सबै निकायलाई प्रदेश र स्थानीय तहको मातहतमा राख्नुपर्ने

• कृषि प्राबिधिकहरुमध्य पाँचौ तहसम्मका प्राबिधिकहरुलाई कृषकको समस्य समाधान गर्न प्रत्यक वडाको टोलटोमा आलोपालो मिलाई स्थानीय तहले खटाउने र समाधान गर्न नसकिने समस्यको प्रतिवेदन दिनुपर्ने ब्यवस्था गर्नुपर्यो

• घरघरमा इन्डक्सन चुलोको प्रयोगको लागि अनुदान दिनुपर्यो (ग्यासमा छुट दिएको रकम जती छुट दिएमा पुग्ने)

महाराजगंज ,काठमाण्डौ

सुझाव (तेस्रो पटक)

• आयात घटाउने उत्पादन बढाउने नीति लिनुपर्यो

• करको दायरा बढाउनुपर्यो

• वडा देखी संघ सम्मका ठूला रोजगार दाता /कर दातालाई सम्मान गर्ने/हौसला बढाउने ब्यवस्था गर्नुपर्यो

• सबै रोजगार दाताले सबै किसिमका मजदुरको (सार्बजानिक यातायातका चालक समेतका मजदुर, निजी स्कूलका शिक्षक र कृषि मजदुरको) सामाजिक सुरक्षाको लागि कोषको ब्यवस्था गर्नुपर्यो

• निजी क्षेत्रका राजगार दाता समेतले बर्षमा एक पटक सबै कर्मचारीहरुलाई स्वदेशमा आन्तरिक पर्यटकको रुपमा घुमाउन लिने ब्यवस्था गर्नुपर्यो

• नेपालमा संचालित बायु सेवाहरुलाई मर्जर्र गर्ने नीति लिनुपर्यो

• सबै जिल्लामा आवास कम्पनी स्थापना गर्नुपर्यो

• सार्वजनिक खाली जग्गामा स्थानीय तहले पार्क बनाउँनु पर्यो

• बिजुलीबाट बस संचालन गर्नुपर्यो

• हरेक स्थानीय तहमा छुट्टै गुनासो सुन्ने निकाय हुनुपर्यो

• आवधिक निर्वाचनलाई कम खर्चिलो बनाउन ध्यान दिनुपर्यो

• राष्ट्रपति र प्रधानमन्त्रीलाई बाहेक अरूकोलागि महंगा/ बिलासी सवारी साधन खरिद गर्न रोक लगाई साधारण सवारी साधन/गाडी खरिद गर्नुपर्यो (घाटी हेरी हाड निलौं)

• प्रत्यक क्षेत्रमा संलग्न बिचौलिया हटाई महँगी घटाउनु पर्यो

• भ्रष्टाचार, राजस्व छली जस्ता कार्यमा संलग्नको सुराकी गर्नेलाई पुरस्कारको ब्यवस्था हुनुपर्यो

• फोहर प्रशोधन केन्द्रको स्थापना गर्नुपर्यो

• बन्द भएका उद्योगहरु संचालन गर्नुपर्यो

• कम्प्यूटर प्रणालीको बढी प्रयोग गरी कर्मचारीको संख्या घटाउनु पर्यो

• सम्पदाको संरक्षण गर्न बैंकहरुले सामाजिक उत्तरदायित्को लागि रकमको ब्यस्था गरेकाछन् भने स्टार होटल, उद्योग, नीजि अस्पतालहरुबाट कर लिने ब्यवस्था गरी सम्पदाको संरक्षण गर्नुपर्यो

• सेवाग्राहीले कार्यालयमा उपस्थित भई गर्नुपर्ने दर्ता लगायतका काम अन्लाइनबाट गर्ने ब्यवस्था हुनुपर्यो

• बेरोजगार समस्य समाधान गर्न प्रत्यक जिल्लामा बेरोजगारहरुको भेला गरी जग्गाजमिन हुने बेरोजगारलाई दत्पादन मुलक कृषि तालिम र जग्गाजमिन नहुनेलाई निर्माण/मर्मत गर्ने (इलोक्ट्रोनिक, मिस्त्रि जस्ता) प्रत्येक स्थानीय तहको वडा मार्फत टोलटोलमा तालिम दिने ब्यवस्था गर्नुपर्यो

• आन्तरिक पर्याटन पर्वर्द्धन गर्न सरकारले पर्यटकीय स्थलमा पुग्न सडक/बाटो बनाएर देशमा संचालित सबै टिलिभिजन च्यानललाई महिनाको एक पटक स्तानीय पर्याटन स्थलको प्रचार प्रसार गर्न निर्देशन दिनुपर्र्यो

• आगमी नयाँ बर्ष २०७९को पहिलो दिन देखि कर्मचारीले नै सेवा ग्राहीलाई नमस्कार गर्ने नीति बनाउनुपर्यो

रामाबेशी-६ खोटाङ्ग

सुझाव

• बजेट अपाङ्ग मैत्री हुनुपर्यो

• हालसम्मको बजेटमा बैदेशिक रोजगारबाट फर्केका युवा समेतलाई लक्षित गरी बनाइएका कार्यक्रममा बैंकहरूले पंहुचको आधारमा लगानी गरकोले सबै बेरोजगार युवालाई समेट्ने गरी त्यस्तो कार्यक्रम ल्याउनु पर्यो

• बिना धितो ऋण र शैक्षिक प्रमाण-पत्र धितोमा राखी दिने ऋण पनि बैंकहरुले सबै युवालाई नदिएर पहँचको आधारमा दिएकोले यसको लागि सामाजिक सुरक्षा कोषको रकम वा अरु कोष स्थापना गरी गाउँमा कृषि उत्पादन र साना उद्योग संचालन गर्न कर्जा दिने ब्यवस्था गर्नुपर्यो


बुटवल-९, रुपन्देही

सुझाव

• म्यान्यूअल बिलिङ्गबाट करछली बढी भएकोले अनलाईन बिलिङ्गलाई प्रभावकारी रुपमा लागु गर्नुपर्यो


तारकेश्वर-७, काठमाण्डौ

सुझाव

• महाँदेव खोला करिडोरका लागि बजेट बिनियोजन गरिदिनु पर्यो

• नेपालमा पानीको श्रोत धेरै भएकोले पानी बोट्लिङ्ग गरेर बिदेशमा निर्यात गर्ने ब्यवस्था गर्नुपर्यो

• उद्योग संचालन गर्न चाहने तर लगानी कम भएका उद्यमीले सरकारी जमीन लिजमा लिन चाहेमा लिजमा दिने ब्यवस्था हुनुपर्यो

• कृषिमा पकेट क्षेत्र निर्धारण गरी स्थानीय/वडाका प्रतिनीधिको रोहबरमा ऋण/अनुदान दिने ब्यवस्था हुनुपर्यो

• बरोजगार युवाहरुको समुह मिलेर सार्वजनिक जग्गा/जमीनमा कृषि ब्यवसाय गर्न चाहेमा निस्चित प्रकृया अपनाएर लिजमा दिने ब्यवस्था हुनुपर्यो

• शहर भित्रका शैक्षिक संस्थालाई खाली स्थानमा स्थानान्तरण गरेर पुरानो स्थानमा सरकारी सपिङ्ग महल बनाई आफै संचालन गर्ने वा भाडामा दिने ब्यवस्था गर्नुपर्यो

• यस्ता कार्यमा लगानीको लागि पूँजी संकलन गर्न सरकार अभिभावक बनेर जनतामा शेयर बिक्री गर्नुपर्यो


जोरपाटी- धनकुटा

सुझाव

• कृषि क्षेत्रमा बढि बजेट बिनियोजन गर्नुपर्यो

• कृषकले सजिलै कृषि कर्जा पाउने ब्यवस्था गर्नुपर्यो

• कृषकको बर्गिकरण गरी पेन्सनको ब्यवस्था गर्नुपर्यो

• देश कृषिमा आत्मनिर्भर बनाउने/हुने गरी कृषि कार्यक्रम संचालन र प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्यो


किर्तिपुर काठमाण्डौम

सुझाव

• डिसएवलहरुको लागि योग्यता अनुसारको रोजगारी वा जीवन निर्बाह गर्न पुग्ने भत्ताको ब्यवस्था गर्नुपर्यो


सिंजा -३, जुम्ला

सुझाव

• बजेट पर्यटन लगायत सबै क्षेत्रलाई समेट्ने गरी समाबेशी रुपमा ल्याउनुपर्यो

• यस वडाको लिपि खर्क एरियामा स्याउ, आरु, ओखर जस्ता फलफूलको उत्पादन हुने भएकोले थाप्ला देखि लिपीसम्म फलफूल पकेट क्षेत्रको लागी संघबाट नै बजेट बिनियोजन गरिदिनु पर्यो


धौलागिरी -१ गुर्जा म्याग्दी

सुझाव

• धौलागिरी गा.पा.को मुना देखि गुर्जासम्मको बाटो/सडक निर्माणको लागि बजेट बिनियोजन गरिपाउँ


महाराजगंज, काठमाण्डौं

सुझाव(थप)

• बाहिय चक्रपथ छिटो बनाउनु पर्यो

• शहरी क्षेत्रमा बसोवास गर्ने बेरोजगारलाई गाउतिर खेतिपाती पशुपालन गर्न प्रेरित गर्ने बजेट ल्याउनु पर्यो


• उपत्यका लगायत महानगर एवं उपमहानगरका ठूला घर र महंगो जग्गा बिक्री गर्दा लाग्ने पूँजिगत लाभ कर बढाउनु पर्यो

• बेरोजगारलाई तालिम दिन तालिम आयोगको ब्यवस्था गर्नुपर्यो

• नगरपालिकाले गरेको बिकासको आधारमा थप अनुदान दिने ब्यवस्था गर्नुपर्यो

• नयाँ सवारी साधन खरिद गर्न बन्दगरी सिहंदरबार भित्र थन्किएका पुराना सवारी साधनको मर्मत गर्नुपर्यो

• कृषि उपज तथा मल, बिउ, औजार खरिद बिक्री गर्न प्रत्यक स्थानीय तहमा कृषि सामग्री बिक्री केन्द्र स्थापना गर्नुपर्यो

• प्रत्यक जिल्लामा स्थानीय स्तरमा उत्पादन भएका सामानको हरेक बर्ष औद्योगिक मेला गर्नुपर्यो

• राष्ट्रिय नाच घरबाट दैनिक नाच तथा नाटक देखाउने ब्यवस्था हुनुपर्यो

• उद्योग खोल्न खुकुलो नीति अपनाई बैदेशिक लगानी भित्र्याउने तर कर लिदा कडा नीति अपनाउनु पर्यो

• महाबिर पुनको अविस्कार केन्द्रलाई पाँच/दश करोड अनुदान दिनुपर्यो

• सुशासन कायम गर्न भ्राष्टाचार, सेटिङ्ग र बिचौलिया प्रणालीको अन्त गर्नुपर्यो


श्रीजंङ्गा-३ ,ताप्लेजुङ्ग

सुझाव

• समाजिक सुरक्षा भत्ता बैंक नभएको स्थानमा लघुबित्तमा खाता खोली बितरण गर्ने ब्यवस्था हुनुपर्यो


साल्पा सिलिचौर , भोजपुर

सुझाव

• समाजिक सुरक्षा भत्ता बैंक नभएको ठाउँमा लघुबित्तमा खाता खोली बितरण गर्ने ब्यवस्था हुनुपर्यो


वास्थरी, पाल्पा

सुझाव

• अपाङ्ग मैत्री बजेट आउनुपर्यो/ल्याउनुपर्यो


लिवाङ्ग, रोल्पा

सुझाव

• माली गा.पा. घर्ती गाउँमा रहेको कृष्ण मा.वि.मा समाबेशी शिक्षा प्रवर्द्धन गर्न अपाङ्ग बिद्यार्थी अध्यायनको लागि अपाङ्ग छात्रबास निर्माणमा बजेट बिनियोजन हुनुपर्यो


औराही- ३, महोत्तरी

सुझाव

• यस न.पा.मा कृषि फारम र अस्पताल स्थापनाको लागि बजेट बिनियोजन गरिदिनु पर्यो


चौरजहारि-१२ ,रुकुम पश्चिम

सुझाव

• दृष्टी बिहिनहरुका लागी आय आर्जन गर्न सक्ने कार्यक्रमको ब्यवस्था बजेटमा हुनुपर्यो


चौतारा ,सिन्धुपाल्चोक

सुझाव

• तामा, पितल, जस्ता धातुका भाँडाकुँडा/भाँडावर्तन बनाउने घरेलु उद्योगको लागि ऋण/ अनुदानको ब्यवस्था हुनुपर्यो

• लगानी गर्ने पूँजी/ रकम नभएकोले हाल मैले प्रभु आरन भाटी उद्योगमा काम गरेर भाँडाकुँडा बनाइ राखेको छु


महाराजगंज, काठमाण्डौं

सुझाव(थप)

• बिदेशी मदिराको आयत रोकेर नेपाली मदिराको प्रबर्द्धन गर्नुपर्यो

• पर्यटन प्रबर्द्धन गर्न जिल्ला जिल्लामा मेला आयोजना गर्नुपर्यो

• हरेक स्थानीय/जिल्ला तहमा कृषक तालिम केन्द्र स्थापना गर्नुपर्यो

• मर्मत कार्य गर्नको लागि मर्मत कम्पनी स्थापना गर्नुपर्यो (सडक,खानेपानी,ढल,सवारी साधन आदिको मर्मत गर्ने गरी)

• २० बर्ष पुराना सवारी साधनहरू वर्कसपबाट नबन्ने भनी प्रमाणित भएमा मात्र हटाउनु पर्ने

• नेपाली बैकमा डलरमा खाता खोली सकेपछी मात्र बैदेशिक रोजगारमा जाने ब्यवस्था गर्नुपर्यो

• राष्ट्रिय निकुञ्ज तता आरक्षबाट बढी आम्दानी हुने कार्यक्रम संचालन गर्नुपर्यो

• खानी उद्योगको स्थापना गरी बिभिन्न किसिमका खानीरुको उत्खनन् गर्नुपर्यो

• जडिबुटिहरुको अनुसन्धान, पत्पादन तथा बिक्री बितरण गर्न प्रत्यक स्थानीय तहमा जडिबुटी बिक्री केन्द्र स्थापना गर्नुपर्यो

• मेलम्चीबाट ल्याइएको खानेपानीको महसुल/शूल्क निर्धारण गर्दा ठूला घराना, उद्योग, होटल, निजी स्कूल, निजी अस्पताललाई बढी र गरीब जनतालाई कम वा निशूल्क हुने ब्यवस्था हुनुपर्यो


पलाता-२ कालीकोट

सुझाव

• कृषि मन्त्रालयबाट संचालित एक गाउँ एक प्राबिधिक कार्यक्रममा गत आ.ब.मा आधी बजेट निकासा भएकोले यस आ.ब.मा पुरा निकासा हुने ब्यवस्था गरिपाउँ


कविलासी-९, सर्लाही

सुझाव

• हामी बिद्यालय कर्मचारीहरुको सेवा सुबिधा बिद्यालय शिक्षकको बराबर हुनुपर्यो


सरावल-१ नवलपरासी

सुझाव

• पेट्रोलियम पदार्थको बिक्री एवं प्रयोग नियन्त्रण गर्न र कोष संचित गर्न जनताको सेवा गर्ने भएकोले जनप्रतिनीधिले भत्ता/पारिश्रमिक लिने ब्यवस्था हटाई कोष संचित गरेर इन्धन आपूर्ती गर्नुपर्यो


बागचौर-५ सल्यान

सुझाव

• कृषि अनुदान बिचौलिया/माफियाको हातमा हैन बास्तविक किसानको हातमा पुग्नुपर्यो

• निजी स्कूल/ बिद्यालय हटाएर देशमा एउटै शिक्षा लागु गर्नुपर्यो

• सरकारी अनुदानबाट संचालित बिद्यालयले बिद्यार्थीहरुबाट सर्टिपिकेट /मार्कसिटको रकम लिने गरेकाले पूर्ण नि:शूल्क हुनुपर्यो


बिदुर,नुवाकोट

सुझाव

• किसानकोलागि पेन्सनको कुरा आए पनि लागु नभएकोले लागु गर्नुपर्यो

• बैदेशिक रोजगारमा जाने कामदारलाई रोकी कृषि उत्पादनमा लगाउनु पर्यो


महाराजगंज,काठमाण्डौ

सुझाव (थप)

• बजारका भित्री गल्ली गल्लीमा लुकेर करोडौको ब्यवसाय हुने गरेकोले अनुगमान गरेर करको दायरामा ल्याउनुपर्यो

• प्रत्यक संस्थामा कुलमान जस्तो प्रतिभा भएका सक्षम कर्मचारी हुने भएकोले तिनीहरुलाई अगाडी बढाएर नेपाल बिद्युत प्राधिकरण जस्तै परिवर्तन गर्नुपर्यो

• बैदेशिक रोजगारीको गुनासो सुन्ने सक्षम निकाय स्थापना गर्नुपर्यो

• दश बर्षे जनयद्धमा घाइते ,अपाङ्ग, एकल, टुहुरा भएका र असक्षम भनिएका ब्याक्तीहरुको वडा स्तरबाट खोजबिन गरी सिपमुलक तालिम दिनुपर्यो

• पुरानो रेकर्ड हेरेर इमानदारलाई ठेक्का दिनुपर्यो

• गाउँको उत्पादन बजारसम्म पुराउन सजिलोको लागि पुल, झुलंगे पुल र बाटोको निर्माणमा ध्यान दिनुपर्यो

• हरेक जिल्लामा कृषि क्याम्पसको स्थापना हुनुपर्यो

• प्रत्यक स्थानीय तहले शहरी क्षेत्रका वडा वडामा सर्वजनिक ट्वाइलेट र स्नान घरको ब्यवस्था गर्नुपर्यो


पालुङ्टार-१०, गोरखा

सुझाव

• प्रत्यक बर्ष लाखौ करोडौका कुकुर जस्ता अनुत्पादक र बिलासी पशुपंछीहरुको आयातमा (सुरक्षा निकायको लागि आयत हुने बाहेक) कर लगाउनु/ बढाउनु पर्यो

• नेपालमा उपादन हुने खाद्य पदार्थको संरक्षण गर्न आयतहुने खाद्य पदार्थमा कर बढाउनु पर्यो

रत्न नगर-५, चितवन

सुझाव

• मुटु रोगीको लागि नि:शूल्क औषधिको ब्यवस्था हुनुपर्यो


रास्कोट-२, कालीकोट

सुझाव

• कानूनी रुपमा महिला पुरुष बराबर भएकोले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ताको ब्यवस्था हुनुपर्यो


चौरजहारी- ६,रुकुम पश्चिम

सुझाव

• यस वडामा खानेपानी, सिंचाई, बिद्युत, सडकमा बजेट बिनियोजन गरी समस्य समाधान गरिदिनुपर्यो


पाचलझरना-८, कालिकोट

सुझाव

• बिद्यालय कर्मचारीको न्यूनतम पारिश्रमिकको लागि केन्द्र बाट नै बजेट बिनियोजन गर्नुपर्यो

• पाचलझरना लगायतका बिभिन्न स्थानमा लिफ्ट सिचाई प्रबिधिको प्रयोग गरी सिंचाइको ब्यवस्था गर्नुपर्यो


महाराजगंज,काठमाण्डौ

सुझाव (थप)

• देश र जनतालाई धनी बनाउन हिमाल, पहाड, बन, नदी, ताल, जग्गा, जमिन तथा अरु सम्पदाहरुबाट फाइदा लिन सकिने योजना बनाउनु पर्यो

• अब आउने नयाँ जन प्रतिनीधीहरुले नयाँ खरिद नगरेर पुरानै सवारी साधन प्रयोग गर्नुपर्ने ब्यवस्था गर्नुपर्यो

• बिदेश स्थित नेपाली राजदूतावासहरुले नेपालमा बिदेशी पर्यटक र बिदेशि लगानी भित्राउन जल, जमिन, जंगल, जनावर एवं सम्पदाहरुको डकुमेण्ट्री बनाएर बिदेशमा पर्यटन मेला आयोजना गरी प्रचार प्रसार गर्नुपर्यो

• स्थानीय तहले आफ्नो स्थानमा रहेका सम्पदाको संरक्षण गरेर त्यहाँ रहेका सुरक्षा कर्मीसंग समन्वय गरी बारम्बार सरसफाइ गर्नुपर्यो

• पहिले स्थापना भएर संचालनमा नरहेका बिमान स्थलहरुको जमीन बाँझो रहेकोले प्रयोगमा ल्याउनुपर्यो

• बजेट तथा कार्यक्रमको लागि सर्वसाधारण जनताबाट नि:शूल्क फोन मार्फत सुझाव लिएर जनभावना अनुसारको बजेट बनाउँने कामको सुरुवात गर्नु भएकोमा माननीय अर्थमन्त्री ज्यूलाइ बिशेष धन्यवाद भनिदिनु पर्यो


सान्नी त्रिबेणी-३ कालिकोट

सुझाव

• गाउँपालिकाको केन्द्रबाट यस वडासम्म पुग्न सडक/बाटो निर्माण गरीपाउँ


तिलागुफा-७ कालिकोट

सुझाव

• तिलागुफाको छाप्रेमा सिटिइभिटिबाट इन्जिनियरिङ्ग तर्फको बिद्यालय संचालनको लागि (प्राबिधिक शिक्षाको) भवन निर्माण गर्न बजेट बिनियोजन गरिदिनुपर्यो


कुस्मा-५, पर्वत

सुझाव

• प्रति श्रोत कक्षा पाँच लाख अनुदान दिनुपर्यो

• रातो र निलो परिचय-पत्र वाला अपाङ्गलाई जिवन निर्वाह गर्न पुग्नेसम्मको सामाजिक सुरक्षा भत्ताको ब्यवस्था हुनुपर्यो

• रातो र निलो परिचय-पत्र वाला अपाङ्गलाई नि:शूल्क स्वास्थ्य बीमाको ब्यवस्था हुनुपर्यो

• जमीन बाँझो राख्नेलाई कारवाही गरी बाँझो जमीनमा कृषि उत्पादन गर्ने ब्यवस्था हुनुपर्यो


नवबुद्ध-१०,काभ्रे

सुझाव

• कृषि उत्पादन नगरी जमीन बाँझो राखेमा सो बापत कर लगाउने वा सरकारको नियन्त्रणमा ल्याएर भूमिहिनहरुलाई लिजमा दिएर कृषि उत्पादन बढाउनु पर्यो

• कृषि योग्य जमिनको प्लटिङ्ग रोक्नुपर्यो


मध्यबिन्दु-७ चोरमारा, नवलपुर

सुझाव

• गोरखकाली रबर/टाएर उद्योग, गैंडाकोटको कागज कारखाना लगायत उद्योग कलकारखाना संचालन गर्नुपर्यो

• फोहर ब्यवस्थापन र प्रशोधन गर्न बजेट बिनियोजन हुनुपर्यो

• पलास्टिक (पलास्टिकजन्य फोहर समेत) लाई अलकत्रामा परिणत गर्न प्रशोधन गर्ने उद्योग स्थापना गर्नुपर्यो


मण्नदेउपुर-८ काभ्रे

सुझाव

• काठमाण्डौ-चौतारा चुचेपाटीसम्मको मार्गको स्तरउन्नतीको लागि बजेट बिनियोजन हुनुपर्यो

टेक बहादुर खड्का

चिङ्गाड-५ सुर्खेत

सुझाव

• सुर्खेत लगायतका प्रदेश सदरमुकामहरुमा “अटिजम” भएका बालबालिकाहरुको लागि बिद्यालयको स्थापना गर्नुपर्यो (हालसम्म नेपालमा यस्ता बिद्यालयको स्थापना नभएको रे)


२०७९/०१/ १६


बयोदा हस्पिटल, काठमाण्डौं

सुझाव

• एउटै सि सि, इन्चका बस्तुहरुको कम्पनी अनुसार फरक फरक मुल्यका हुने भएकोले मोटर साईकल ,कार, टि भि जस्ता बिलासी बस्तु मूल्यको आधारमा आयातमा प्रतिबन्ध लगाउनु पर्यो/रोक्नुपर्यो

• क्षमता अनुसार नभै मूल्य अनुसार बिलासी बस्तुहरुको आयातमा प्रतिबन्ध लगाएर बिदेशी मुद्राको संचितीमा सुधार ल्याउनुपर्यो


लिखुतामाकोषी-३, रामेछाप

सुझाव

• स्थानीय तहले बिना अध्ययन/सर्भेक्षण जथाभावी सडक निर्माण गरेर बन बिनास गरेकोले बाढि पहिरो गएको अनि रकम दुरुपयोग भएकोले ब्यापक छलफल गरी राम्रोसंग सर्भे गरेपछि मात्र बजेट बिनियोजन गर्नुपर्यो

• ठेकेदा र उपभोक्ता समितिले तोकिएको काम पुरा गरीसकेपछि समयमा नै भुक्तानी दिनुपर्यो

• बिकास निर्माणका कामको बजेट सही तरिकाले खर्च भए नभएको बिषयमा संघीय निकायबाट पनि समय समयमा प्रभाबकारी रुपमा अनुगमन गर्नुपर्यो

मेलौली- ६, बैतडी

सुझाव

• सिंचाईलाई प्राथमिकता दिएर बजेट बिनियोजन गर्नुपर्यो

• यस नगरपालिकाले सिंचाईको लागि हाम्रो वडालाई बजेट नदिएकोले केन्द्रबाट नै बजेटको ब्यवस्था गरिदिनु पर्यो


त्रिवेणी-१०, रुकुम पश्चिम

सुझाव

• बजेट मार्फत कृषिमा अनुदान दिने ब्यवस्था हटाउनु पर्यो

• योजना/आयोजनाबाट प्राप्त हुने प्रतिफल/उपलब्धिको विश्लेषण गरेर छनोट गरी बजेट बिनियोजन गर्ने ब्यवस्था (स्थानीय तहमा समेत) कडाइका साथ लागु गर्नुपर्यो

• सबै किसिमका योजनाको कार्य सम्पन भएको भनी सफारिस गर्न प्रत्यक स्थानीय तहमा प्राबिधिक समेतको समिती बनाई सो समितिले योजनाको अनुगमन गरेर कार्सपन्न भएको प्रतिवेदन दिएपछि मात्र योजना रकम भुक्तानी दिने ब्यवस्था गर्नुपर्यो

• उपभोक्ता समितिले ज्यामी/श्रमिकलाई रकम भुक्तानी गर्दा डोर हाजिरको सट्टा श्रमिकको बैंक खातामा रकम जम्मा गरेको भनी बैकले दिएको प्रमाणको आधरमा उपभोक्ता समितिलाई अन्तिम बिल भुक्तानी दिने ब्यवस्था गर्नुपर्यो

• बन बिउ उत्पादन, भण्डारण, कृषि बिउ उत्पादन, भण्डारण, जलाधार संरक्षण जस्ता एउटै किसिमको काम संधीय मन्त्रालय, बिभाग, प्रदेश मन्त्रालय, जिल्ला स्थित कार्यालय स्थानीय तहले गर्नाले काममा दोहोरोपना हुने र सोचे अनुसरको उपलब्धि पनि प्राप्त नहुने अवस्थामा सुधार गरी स्थानीय तहलाई साधन श्रोत परिचालन समेतमा पूर्ण जिम्मेवार बनाउनु पर्यो

• संस्थान/सरकारी निकायहरुमा नियम, बिनिय, निर्देशिकालाई आधार मानेर आर्थिक सुबिधा लिने गरेकोले सार्बभौम संसदले बनाएको ऐन/आर्थिक ऐनमा बाझिने गरी बनाइएका नियम/ बिनियम/ निर्देशिकाबाट आर्थिक सुबिधा लिन नपाउने ब्यवस्था गर्नुपर्यो


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.