add

तनहुँको रिस्तीमा फेरि मतदान हुने






ActPro Nepal

|

३१ वैशाख, २०७९

|
901

तनहुँ ।   तनहुँको व्यास नगरपालिका-८ रिस्तीस्थित साविकको रिस्ती गाविसको भवन फेदीको मतदान केन्द्रमा फेरि मतदान हुने भएको छ । शुक्रबार भएको मतदानलाई रद्द गर्दै ४ जेठमा मतदान गर्ने निर्णय निर्वाचन आयोगले गरेको व्यासका मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र ढुंगानाले जानकारी दिए ।  

यो मतदान केन्द्रमा शुक्रबार निरीक्षणमा गएका स्वतन्त्र मेयर पदका उम्मेद्वार दिपकराज जोशीलाई कांग्रेस कार्यकर्ताले आक्रमण गरेर घाइते बनाएका छन् । उनको दमौली अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि पोखराको फिस्टेल हस्पिटल लगिएको थियो । पोखराबाट शनिबार विहान काठमाडौँस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ । 

रिस्तीको मतदान नभएसम्म व्यासको मतगणना सुरु नहुने ढुंगानाले बताए । ‘रिस्तीमा मतदान भएपछि एकैचोटी मतगणना थालिनेछ’, उनले भने । शनिबार साँझ नै नेपाली कांग्रेसले भने मतगणना सुरु गर्न माग राख्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दबाब दिएको थियो ।

नेपाली कांग्रेसका साधरण सदस्य समेत नरहने गरेर कारबाहीमा परेका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी  समुहले जिल्लाको व्यास नगरपालिका, भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा नेकपा एमालेसँग तालमेल गर्दै स्थानीय निर्वाचनमा होमिएको थियो । व्यासमा स्वतन्त्रको तर्फबाट मेयरमा उम्मेद्वारी दिएको दिपकराज जोशीपुत्र हुन् ।

नेकपा एमाले र गोविन्दराज जोशी समूहले रिस्तीमा पुनः मतदान गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा पत्र पठाएका थिए । नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकाल र गोविन्दराज जोशी समूहका तर्फबाट हरिशरण पण्डितले शुक्रबार प्रेस विज्ञप्ती सार्वजनिक गरी गाविस भवन फेदीमा भएको मतदान स्थल (क) र (ख) केन्द्रमा भएको मतदान प्रकृया स्थगन गरी पुनः भयरहित वातावरणमा मतदान नभए मतगणनामा सहभागी नहुने चेतावनी दिएका थिए । रिस्ती गाविस भवन फेदीको मतदानस्थलको ‘क’ र ‘ख’ मा गरेर  एक हजार ५६६ मतदाता रहेकोमा ९२२ मत खसेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.