add

फुङ्लिङ नगरपालिका–११ मा माओवादी केन्द्रका भट्टराई विजयी






ActPro Nepal

|

३१ वैशाख, २०७९

|
864

फुङ्लिङ ।  ताप्लेजुङको एक मात्र नगरपालिका रहेको फुङ्लिङ नगरपालिका–११ वडामा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदमा युवराज भट्टराईसहित प्यानल नै विजयी भएका छन। भट्टराईले ३५४ मत प्राप्त गर्दै विजय भएका हुन।

उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मनित इजमले २४९ मत प्राप्त गरेको छ भने एमालेका सबिन विष्टले २०१ मत प्राप्त गरेको छ। त्यस्तै महिला सदस्य पदमा ३५७ मत प्राप्त गर्दै बिनिता राई विजय भएकी छन। दलित महिला सदस्य पदमा ३४७ मत प्राप्त गर्दै कमला विश्वकर्मा विजयी भएकी छन। खुल्ला सदस्य पदमा ३७८ र ३३७ मत प्राप्त गर्दै लक्ष्मी बिष्ट र नन्दकुमार इजम विजय भएका छन।

फुङ्लिङ नगरपालिकामा गठबन्धनका कांग्रेसका प्रमुख पदका उम्मेदवार अमिर मादेनले ५०१ मत प्राप्त गरे भने एमालेका छत्रपति प्याकुरेलले २०७ मत प्राप्त गरे। यता, उपप्रमुख गठबन्धनका बमबहादुर भट्टराईले ४९१ मत प्राप्त गरेका छन भने एमालेका भीमादेवी ओझाले २१४ मत प्राप्त गरेकी छन।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.