add

तारकेश्वर नगरपालिकामा कांग्रेसको अग्रता






ActPro Nepal

|

३१ वैशाख, २०७९

|
1393

काठमाडाैं । काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ। स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज तीन हजार ८७२ मत गणना हुँदा कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले एक हजार ६३८ मतका साथ अग्रता लिएका छन।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रामेश्वर बोहोराले एक हजार ३५१ मत प्राप्त गर्नुभएको सो नगरपालिकाका निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिए।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना बुर्लाकोटीले एक हजार ५५७ र नेकपा (एमाले)की उम्मेदवार भवानी डोटेलले एक हजार ३६२ मत प्राप्त गरेका छन। कुल ११ वडा रहेको तारकेश्वर नगरपालिकामा ३५ हजार ८२ मतदाता रहेकोमा २६ हजार ७०२ मत खसेको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.