add

वाणिज्य बैंकहरुको नाफा ५१ अर्ब नाघ्यो, धेरै कमाउने एनआइसी एसिया र ग्लोबल






ActPro Nepal

|

८ वैशाख, २०७९

|
784

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा वाणिज्य बैंकहरुको नाफा नाफा ०.५४ प्रतिशत मात्रै बढेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालू वर्षको ९ महिना (चैत मसान्तसम्म) मा २७ वाणिज्य बैंकहरुले नाफा ५१ अर्ब १ करोड ७८ लाख रुपैयाँ कमाएका छन् ।

यस आवको ९ महिनामा बैंकहरुले आर्जन गरेको खुद नाफा गत वर्षको समिक्षा अवधिको तुलनामा ०.५४ प्रतिशतले बढी हो ।

बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आवको तेस्रो त्रैमासमा खुद नाफा सामान्य बढेको छ । २७ वटा वाणिज्य बैंकहरुले गत आवको चैतसम्म ५० अर्ब ७४ करोड २५ लाख रुपैयाँ नाफा कमाएका थिए ।

गत आर्थिक बर्षको तुलनमा यस आर्थिक बर्षको चैत्र मसान्तसम्ममा वाणिज्य बैंकहरुले १ अर्ब ८८ करोड नाफा आर्जन गरेका छन् ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सबैभन्दा धेरै ग्लोबल आएमई बैंकले ३ अर्ब ७२ करोड नाफा आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, दोस्रोमा एनआईसी एशिया बैंकले ३ अर्ब ६० करोड रुपैयाँ, तेस्रोमा नबिल बैंकले ३ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

आर्थिक वर्षको तेस्रो त्रैमासमा सबैभन्दा कम लक्ष्मी बैंकले ८५ करोड ८९ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । यस अवधिमा १२ बैंकको नाफा घटेको छ । समिक्षा अवधिमा सेञ्चुरी कमर्सियल बैंकको नाफा सर्वाधिक १८३.५९ प्रतिशतले बढेको छ ।

यता गत आर्थिक बर्षको सोही अवधिमा पुच्छारमा रहेको सिभिल बैंकले बैंक अफ काठमाण्डू र लक्ष्मी बैंकलाई पछि पारेको छ ।

चालु आबको ९ महिनामा औषतमा बैंकहरुले १ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा कमाएका छन ।

आवको सुरुदेखि नै बैंकिङ प्रणलीमा देखिएको तरलता अभावले बैंकहरुले कर्जा लगानी गर्न पाएका छैनन् । जसको प्रभाव बैंकको नाफामा देखिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.