add

टी-२० आईमा एक हजार रन पूरा गर्ने दीपेन्द्र पहिलो नेपाली खेलाडी






ActPro Nepal

|

२१ चैत, २०७८

|
1053

काठमाडाैं । दीपेन्द्रसिंह ऐरीले गएको बुधबार त्रिवि मैदान कीर्तिपुरमा मलेसियाविरुद्ध १७ बलमा २१ रन प्रहार गरे। पछिल्लो समयका खेलमा धेरै आरोह–अवरोहबाट गुज्रिरहेका दीपेन्द्रको त्यो २१ रनले नेपाली खेलाडीको कीर्तिमान बनेको थियो।

त्यसपछि उनी टी २० अन्तर्राष्ट्रिय क्रिेकटमा सबैभन्दा धेरै रन बनाउने नेपाली खेलाडी बनेका थिए। यसअघि यो कीर्तिमान पूर्वकप्तान पारस खड्काको नाममा थियो। खड्काले ३३ इनिङमा ७९९ रन बनाएका थिए।

त्यसयता दीपेन्द्रको ब्याटबाट सानदार प्रदर्शन देखिँदै आएको छ। बुधबार मलेसियाविरुद्ध २१ रन बनाएका दिपेन्द्रले ८०३ रन पूरा गरेका थिए। उनले बिहीबारको खेलमा पनि पपुवा न्युगिनीविरुद्ध ६६ रनको अर्धसतकिय पारी खेलेका थिए।

त्यसपछि गएको शनिबार दीपेन्द्रले टी २० क्रिकेटमै पहिलो पटक सतक प्रहार गरे। त्यो मलेसियाविरुद्ध थियो। त्यतिबेला उनले सतक प्रहार मात्र गरेनन्, टी–२० आई क्रिकेटको एकै पारीमा सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि बनेका छन्।

उनले मलेसियाविरुद्ध ५७ बलमा अविजित रहँदै ११० रन बनाएका थिए। यसअघि उनले ज्ञानेन्द्र मल्लले बनाएको १०७ रनको रेकर्ड तोड्दै आफ्नो रेकर्ड बनाएका थिए।

दीपेन्द्रले गएको शनिबार ११० रन बनाएको दिन उनले आफ्नो खातामा ९७९ रन जोडेका थिए। त्यो भनेको उनी एक हजार रनको नजिक हो।

दीपेन्द्र आजको खेलअघि नै १ हजार रनको नजिक पुगेका थिए। यदि शनिबारको खेलमा उनले २१ रनमात्र जोड्न सकेको भए उनी टी २० आईमा एक हजार रन बनाउने पहिलो नेपाली खेलाडी बन्दै थिए।

खेलमा नेपालले खराब सुरुआत गरे पनि दीपेन्द्रले आफ्नो विकेट जोगाउँदै २१ रन मात्र बनाएनन्, उनले ३८ बल खेल्दै ५४ रन बनाएर अहिलेसम्म १०३३ रन पूरा गरेका छन्।

तथ्यांक हेर्ने हो भने पनि कुनै पनि नेपाली खेलाडीले बनाएको यो सर्वाधिक रनसमेत हो। दीपेन्द्रले टी २० आईको आज ३८ औं खेल खेल्दैछन्। यसअघि नै दीपेन्द्रले ३६ खेलमा पारसले बनाएको कीर्तिमान तोडेका थिए।

त्यसो त दीपेन्द्रले नेपाली राष्ट्रिय टिममा बलिङमा पनि सहयोग गरिरहेका छन्। कप्तान सन्दीप लामिछानेको लागि दीपेन्द्र टिममा हुनु धेरै खुसीको कुरा हो। दीपेन्द्र नेपाली टिमको मुख्य योगदानकर्ता हुन्।

उनले अलराउन्ड प्रदर्शन गरिहे पनि उनको विशेषता भनेको ब्याटिङ नै हो। दीपेन्द्रभन्दा धेरै टी २० आई खेल्ने नेपाली खेलाडी पूर्वकप्तान ज्ञानेन्द्र मल्ल मात्र हुन्। त्यसपछि दीपेन्द्र र सन्दीप लामिछानेले समान ३९ खेले खेलेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.