add

च्याउको अनुसन्धानका लागि नास्ट र मसरुम सीड नेपालबीच सम्झौता






ActPro Nepal

|

१५ चैत, २०७८

|
664

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), खुमलटार, ललितपुर र मसरुम सीड नेपाल एण्ड रिसर्च सेन्टर प्रालि भक्तपुरबीच एक सम्झौता भएको छ ।

च्याउको अध्ययन अनुसन्धानका लागि सोमबार नास्टमा आयोजित एक कार्यक्रमका बीच नास्ट र मसरुम सीड नेपालबीच उक्त सम्झौता भएको हो ।

बहुमूल्य रैथाने जङ्गली च्याउहरूको मूल्य अभिबृद्धिकरण खेती प्रविधि विकास गर्ने र अन्य प्रमुख आयातित च्याउहरूको ठाउँ सुहाउँदो सरलता तथा उन्नत खेती प्रविधिको विकास गरी च्याउ उत्पादकहरूमा हस्तान्तरण गर्ने उद्देश्यले नास्ट र मसरुम सीड नेपालबीच सहकार्य भएको मसरुम सीड नेपालका डाइरेक्टर आकाश वाडेले बताए ।

यसका साथै समग्र राष्ट्रिय च्याउ उद्योगलाई उपयोगी हुने अनुसन्धान तथा विकास कार्यलाई संयुक्त रूपमा अघि बढाउन सहमत भई सहकार्यका लागि समझदारी गरेको उनको भनाइ छ ।

सो सम्बन्धी समझदारी पत्रमा नास्टका विज्ञान सङ्कायका प्रमुख डा. कान्ति श्रेष्ठ र मसरुम सीड नेपालका आकाश वाडेले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापश्चात नेपालमा च्याउ सम्बन्धी अध्ययन अनुसन्धान गर्न थप जिम्मेवारी प्राप्त भएको महसुस भएको र उक्त सम्झौता हस्ताक्षर भएको मितिदेखि एक बर्षसम्म कायम रहने उनले बताए ।

सम्झौताअनुसार नास्टले च्याउसम्बन्धी प्राविधिक अनुसन्धानहरूमा नेतृत्वदायी भूमिका खेल्नेछ भने नास्टमा उपलब्ध स्रोत र साधान च्याउ अनुसन्धानका लागि उपलब्ध गराउने भएको छ ।

त्यस्तै, नास्टले च्याउ सम्बन्धी आवश्यक अन्य प्राविधिक सहयोग प्रदान गर्ने सम्झौतामा उल्लेख गरिएको छ भने फिल्डमा हुने अनुसन्धानहरूका लागि आवश्यक हुने स्थान, बिजुली, पानी, जनशक्ति आदिको व्यवस्था मसरुम सीड नेपालले गर्ने भएको छ ।

नास्ट र मसरुम सीड नेपालद्वारा जारी संयुक्त विज्ञप्तिअनुसार फिल्डको तथ्याङ्क सङ्कलन तथा व्यवस्थापन गर्ने र च्याउसम्बन्धी तालिम, गोष्ठी मेलालगायत अन्य जनचेतनामूलक गतिविधिहरू सञ्चालन गर्ने जिम्मेवारी मसरुसम सीड नेपालले प्राप्त गरेको छ ।

परियोजना अवधिमा विविध बौद्धिक सम्पत्ति वा प्रकाशनमा दुवै पक्षको समान साझेदारी हुने बताइएको छ ।

परियोजनाको प्रभावकारी वार्षिक कार्ययोजना तथा कार्यतालिका विकास गर्न र योजनाअनुसार व्यवस्थित गर्न नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृतको संयोजकत्वमा सदस्य रहने गरी मसरुम सीड नेपाल एण्ड रिसर्च सेन्टर प्रालि भक्तपुरबाट २ जना रहने एक परियोजना अनुसन्धान टोली गठन गरिने विज्ञप्तिमा उल्लेख छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.