add

सेनामा जागिरको अवसर, उपसेनानीसहित १९४ कर्मचारी माग






ActPro Nepal

|

१४ चैत, २०७८

|
822

काठमाडौं । नेपाली सेनाले पाइलटसहित एक साथ २ सय कर्मचारी भर्नाको आवेदन खुलाएको छ ।

लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा झन्डै दुई सयको संख्यामा कर्मचारी माग गरेको सेनाले सूचना प्रकाशित गरि जानकारी गराएको छ ।

लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग भएको छ । चार जना प्राड उपसेनानी माग भएको छ । चार जना पाइलट उपसेनानी समेत भर्ना गर्न लागिएको छ ।

समाचार बाचक, सम्पादकसहित विभिन्न ट्रेडका प्राविधिक अधिकृत गरी सेनाले एक सय ९४ जना माग गर्दै सोमबार आवेदन खुलाएको हो ।

सोमबारबाट ०७९ वैशाख १३ गतेसम्म इच्छुकले आवेदन दिन सक्नेछन्। फारम बुझाउँदा दस्तुर एक हजार रूपैयाँ तोकिएको छ ।

उपसेनानीका लागि सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान राखिएको सेनाले जनाएको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.