add

जीवन बीमालेखको संख्या १ करोड नाघ्यो, बीमा कम्पनीहरूको शाखा संख्या १५ प्रतिशतले वृद्धि






ActPro Nepal

|

३ फागुन, २०७८

|
997

काठमाडौं । नेपालमा जीवन बीमालेखको संख्या १ करोड नाघेको छ । बीमा समितिको तथ्यांक अनुसार पुस मसान्तसम्ममा जीवन बीमालेखको संख्या १ करोड १० लाख ४१ हजार ८८ पुगेको हो ।

यो संख्या अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशत बढेको हो । २०७७ को पुस मसान्तसम्ममा ७७ लाख २५ हजार २६४ रहेको समितिले तथ्यांकमा उल्लेख छ । यो संख्या जीवन बीमालेख र वैदेशिक रोजगार बीमालेख सहितको हो ।

एक वर्षको अन्तरमा जीवन बीमालेखको संख्या ४५.३१ प्रतिशतले बढेको छ । पुस मसान्तसम्मा ९६ लाख २४ हजार ६२० बीमालेख जारी भएको छ ।

समितिको तथ्यांक अनुसार अझै पनि ६९ प्रतिशत नेपाली बीमाको दायराबाहिर छन् ।

शाखा विस्तार १५ प्रतिशतले बढ्यो

बीमा कम्पनीहरूको शाखा संख्या १५ प्रतिशतले वृद्धि भएको छ । आवको पुस मसान्तसम्ममा बीमा कम्पनीहरूको शाखा कार्यालय संख्या ३ हजार २ सय ६९ वटा पुगेका छ ।

७७ पुस मसान्तसम्म बीमा कम्पनीहरूको कार्यालय संख्या २ हजार ८ सय ४६ रहेको थियो । बीमा सेवा विस्तार भएपछि कुल ग्रार्हस्थ्य उत्पादन ९जीडीपी० मा पनि बीमाक्षेत्रको योगदान बढ्दै गएको छ ।

त्यस्तै, पुस मसान्तसम्मा बीमाक्षेत्रमा काम गर्ने कर्मचारी संख्या ११ हजार ७०३ पुगेको छ । अघिल्लो वर्षको तुलनामा ३ प्रतिशतले वृद्धि हो ।

नेपालमा जीवन बीमा, कृषि, उद्योग कलकारखाना, सवारी साधन र घरजग्गाको बीमा धेरै हुने गरेको समितिको तथ्यांक छ ।

स्थानीय तहमा बीमाको पहुँच धेरै कम भएको समितिले जनाएको छ । धेरै ग्रामीण भेगका स्थानीय निकायमा बीमा कम्पनी खोलिएको छैन । जसका कारण स्थानीय निकायका नागरिक बीमाका विषयमा अनभिज्ञ हुने गरेको पाइन्छ ।

सरकारले स्थानीय तहमा पनि कृषि, पशुपालन, घरजग्गा र अन्य व्यवसायका विषयमा अनिवार्य बीमाको दायरामा ल्याउन प्रयास भइरहेको छ ।

ग्रामीण भेगका नागरिक अहिले पनि बीमाका विषयमा जानकार छैनन् । सरकारले सबै नेपाली नागरिकलाई बीमाको पहुँचमा ल्याउने उद्देश्यले २०४९ सालमा बीमा समिति स्थापना गरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.