add

कांग्रेसका १६ जिल्लाका अधिवेशन अनिश्चितकालका लागि स्थगित






ActPro Nepal

|

७ माघ, २०७८

|
810

काठमाडौं । आगामी माघ १५ गतेका लागि तय भएको नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन अनिश्चित समयका लागि स्थगित भएको छ ।  बिहीबार बसेको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठकको निर्णयबमोजिम अधिवेशन स्थगित गरिएको कांग्रेसले जनाएको छ ।

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गर्दै पुस २७ गतेलाई तय भएको अधिवेशन कांग्रेसले माघ १५ मा गर्ने गरी सारेको थियो ।

पछिल्ला केही दिनदेखि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेका कारण माघ १५ मा अधिवेशन गर्न सक्ने अवस्था नरहेको भन्दै पुन: कांग्रेसले अधिवेशन सरेको हो । कोरोना संक्रमण न्यूनिकरण भएपछि अधिवेशन गर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसकाे मधेस प्रदेशका सबै (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा), सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरकाे अधिवेशन हुन बाँकी  छ ।  



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.