add

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य पुनः बढ्यो, अब कुनको भाउ कति?






ActPro Nepal

|

५ माघ, २०७८

|
1090

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल र मटितेल १२२ रुपैयाँ पुगेको छ ।

निगमलाई उच्च घाटा खाना पकाउने ग्यासमा छ । तर, ग्यासको मूल्य भने बढाइएको छैन । आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ पुर्याइएको छ ।

अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गरिएको छ । कात्तिक २४ मा मूल्य समायोजन भएयता मूल्य बढाइएको थिएन । निगमका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १२ पटक नयाँ मूल्य आउँदा अधिकांश पटक मूल्य बढेको छ ।

तर, निगमले भने ३ पटक मात्र मूल्य समायोजन गरेको छ । निगमले करिब १९ अर्व २६ करोड घाटा व्यहोरिसकेको र आगामी २३ जनवरी, २०२२ मा तेल खरिद वापत भुक्तानी गर्न निगमलाई झण्डै २ अर्ब रुपैयाँ नपुग हुने स्थिति देखिएको छ । बढेको मूल्य राति १२ बजेदेखि लागू हुनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.