add

शिक्षक अस्पताल निर्माण : चितवन उपयुक्त रहेको समितिको निष्कर्ष






ActPro Nepal

|

५ माघ, २०७८

|
581

काठमाडौं । शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ ।

समितिले बुधबार मन्त्रीलाई प्रतिवेदन बुझाउँदै भरतपुर महानगरपालिका–१५ भगवानपुरमा शिक्षक अस्पतालका लागि उपयुत्त स्थान हुने भन्दै प्रतिवेदन बुझाएको हो ।

समितिले भरतपुर महानगरपालिका–१५, भगवानपुर, भक्तपुरको सुर्यविनायक नगरपालिका–८ जागती, सुर्यविनायक नगरपालिका–४ गुन्डु र मकवानपुर जिल्लाको थाहा नगरपालिका–१० चित्लाङ्गमा शिक्षक अस्पताल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन गरेको थियो ।

समितिले भरतपुर महानगरपालिका–१५ भगवानपुर कित्ता नम्बर (५०,५१,५२,६०,६१,६२ र ६३) प्रस्तावित शिक्षक अस्पतालका लागि २१ विद्या जग्गा उपुयक्त रहेको प्रतिवेदनमा उल्लेख छ ।

समितिका संयोजक डा। विमल शर्मा चालिसेका अनुसार देशको लगभग सबै क्षेत्रका लाभग्राहीले सुविधा लिन सक्ने ठाउँ रहेको र भौतिक संरचना निर्माण गर्नका लागि जग्गा सम्याउने, पर्खाल लगाउने जस्ता साईट डेभ्लपमेन्ट कार्यमा किफायति हुने देखिएको छ ।

संघीय शिक्षक अस्पतालका लागि हाल ३०० शैया क्षमताको अस्पताल निर्माणको प्रक्रिया अगाडी बढाउने सोको लागि नेपाल सरकारबाट स्वीकृत मापदण्ड बमोजिम भवन तथा पूर्वाधार, प्रशासकीय कार्यालय, बहिरंग विभाग, अन्तरंग विभाग, इमर्जेन्सी विभाग, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग, क्यान्टिनसहितको सुविधासहित वातावरणीय संरक्षण ऐन २०७६ बमोजिम वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी मापदण्डले तोके बमोजिम जनशक्ति व्यवस्थापनका लागि प्रक्रिया अगाडी बढाउने निष्कर्षसमेत समितिले निकालेको छ ।

प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले प्रतिवेदनमा उल्लेख गरिएका जग्गाको विषयमा थप अध्ययन गरी मन्त्रिपरिषद्मा लैजाने बताए ।

समितिले दिएका प्रस्तावित जग्गाहरुको विषयमा थप अध्ययन हुन्छ,’ मन्त्री पौडेलले भने, ‘अध्ययन लगत्तै स्वीकृतिका लागि मन्त्रिपरिषदमा लैजान्छु ।’ अस्पताल बनेपछि कर्मचारी तथा उनका परिवारलाई उपचारमा ४०देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुनेछ ।

शिक्षक अस्पताल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिमा डा। विमल शर्मा चालिसेको संयोजकत्वमा काक्तिक २२ गते ७ सदस्यीय समिति गठन भएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.