add

दोहोरो अंकले घट्यो नेप्से, परिसुचक २९३६ अंक पुग्दा ८ अर्ब ४४ करोडको कारोबार






ActPro Nepal

|

४ माघ, २०७८

|
495

काठमाडौं । केहीदिन देखि उकालो लागेको शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२४ कम्पनीको ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँ बराबरको १ करोड, ६० लाख ४ हजार ५३० कित्ता शेयर किनबेच भएका छन् ।

सोमवारको तुलनामा कारोबार रकममा सुधार आएको छ । त्यसदिन ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँ बराबरको रुपैयाँको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहमध्ये ९ वटाको परिसूचक राताम्मे भएका छन् भने ४ वटा हरियो भएको छ । दोहोरो अंकले बढेको बजारमा बैंकिङ २२ , होटल तथा पर्यटन ४२, अन्य उपसमूह २९ अंकले बढेको छ ।

निर्जीवन बीमा १७८, उत्पादन समूह १८६, जलविद्युत ३६ अंकले घटेको छ । विकास बैंक १३०, फाइनान्स ६९, लगानी समूह २ र माइक्रोफाइनान्स ८९ अंकले घटेको छ ।

दुई कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीहरुमा सामलिङ पावर कम्पनी र मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेको छ ।

आज सामलिङ पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने मध्य भोटेकोशीको शेयरमूल्य आज ८ प्रतिशतले बढेर प्रतिकित्ता ४९६ रुपैयाँ पुगेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ ।

यस कम्पनीको २८ करोड ११ लाख भन्दा बढीको कारोबार भएको छ । अरुणभ्याली हाइड्रोपावर कम्पनीको २५ करोड ७१ लाखको कारोबार भएको छ ।

मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.