add

साढे ११ केजी चाँदीसहित बाराबाट एक भारतीय नागरिक पक्राउ






ActPro Nepal

|

३ माघ, २०७८

|
803

काठमाडौं । बारा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–१ बाट आइतबार ११ केजी चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारत बिहार जिल्ला मोतीहारी ढाका बस्ने २३ वर्षीय सुनिल गुप्तालाई पक्राउ गरि आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको हो।

वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको ना३३प ८५२६ नंको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा उक्त मोटरसाइकलको तेल ट्याङ्कीको भित्र फल्स बटन बनाई सोहीभित्र लुकाइछिपाइ राखिएको उक्त चाँदी बरामद गरिएको थियो।

इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले रु १२ लाख ४२ हजार ९७३ मूल्य बराबरको ११ किलो ५०० ग्राम चाँदीको तयारी पाउजु, बाला, चाबी रिङ, बुट्टी तथा कल्लीलगायत तयारी गहना फेला परेका हो। 

बरामद तयारी गहनासहित पक्राउ परेका मोटरसाइकल चालक गुप्तालाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ। 

हत्यामा संलग्न भएको आरोपमा आमाछोरा पक्राउ

एक बालिकालाई जबर्जस्ती करणी गरी हत्यामा संलग्न रहेको आरोपमा बारा प्रहरीले एकै परिवारका आमाछोरालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा जिल्ला बारा आदर्श कोतवाल गाउँपालिका–८ टोल कोतवाली निवासी २० वर्षीय छोरा सन्तोष साह कानु र ४० वर्षीय आमा शान्ति देवीलाई पक्राउ गरी सार्वजनिक गरेको हो। 

बारा आदर्श कोतवाल गाउँपालिका–७ की नौ वर्षिया बालिकालाई जबर्जस्ती करणी गरी हत्यामा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ। गत पुस २७ गते गाउँपालिका–७ स्थित जमुनीखोलामा बालिकाको शव फेला परेको थियो। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.