add

कक्षा १२ सम्मका विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालनको कार्यविधि जारी






ActPro Nepal

|

३० पुष, २०७८

|
944

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि २०७८’ जारी गरेको छ । 

यही पुस २७ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार जारी कार्यविधिमा शिक्षालाई सीपसँग जोड्नका लागि सामुदायिक विद्यालयले यस कार्यक्रमअन्तर्गत प्रस्तावना तयार गरी स्थानीय तहमार्फत पेस गर्नुपर्नेछ ।

प्रस्तावनाको मूल्याङ्कनका आधारमा सरकारले विद्यालयलाई अनुदान दिनेछ र अनुदानका आधारमा विद्यार्थीलाई पढ्दै, कमाउँदै अभियानमा सामेल गराइनेछ।

अघिल्लो सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सुरु गरेको थियो भने वर्तमान सरकार बनेपछि त्यसमा ‘पढ्दै कमाउँदै कार्यक्रम‘ पूरक बजेटमार्फतबाट थपेको थियो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.