add

शेयर बजारमा उच्च अंकको वृद्धि,परिसुचक २८५७ अंक पुग्दा ६ अर्ब ६६ करोडको कारोबार






ActPro Nepal

|

२९ पुष, २०७८

|
858

काठमाडौं । साताको कारोबारको अन्तिमदिन शेयर बजार उच्च अंकले बढेको छ ।

कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ५४.१२ अंकले बढेर २८५७.७५ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२४ कम्पनीको ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६७ रुपैयाँ बराबरको १ करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर किनबेच भएका छन् ।

बुधवारको तुलनामा कारोबार रकममा भने घटेको छ । बुधवार ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ रुपैयाँ कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहमध्ये १ वटाको परिसूचक राताम्मे भएको छ भने १२ वटा हरियो भएको छ । धेरै कमाउनेमा जलविद्युत समूहका लगानीकर्ता रहेका छन् ।

उच्च अंकले बढेको बजारमा मध्यभोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ । ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.