add

उच्च अंकले बढ्यो नेप्से, धेरै कमाउने फाइनान्स समूहका लगानीकर्ता






ActPro Nepal

|

२७ पुष, २०७८

|
471

काठमाडौं । साताको कारोबारको तेस्रोदिन शेयर बजार उच्च अंकले बढेको छ ।

कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ४९.१९ अंकले बढेर २८३४.१३ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३२ कम्पनीको ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९७ रुपैयाँ बराबरको १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर किनबेच भएका छन् ।

मंगलवार कारोबार रकममा भने घटेको छ । सोमवार ७ अर्ब १२ करोडको, आइतबार ७ अर्ब १० करोड १८ लाख बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये १ समूह्को परिसूचक राताम्मे भएको छ भने १२ समूहको परिसूचकमा हरियाली छाएको छ । उच्च अंकले बढेको बजारमा बैंकिङ ३ , होटल तथा पर्यटन १०७, निर्जीवन बीमा ३३६, माइक्रोफाइनान्स २०६, जलविद्युत ६५ अंकले बढेको छ ।

विकास बैंक १७१, फाइनान्स १४९, र अन्य उपसमूह २० अंकले उत्पादन समूह २७ र लगानी समूह १ अंकले बढेको छ ।

उच्च अंकले बढेको बजारमा आज ७ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

नारायणी विकास बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युत्को शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यस्तै, सिभिल लघुवित्त र न्यादी हाइड्रोपावरका लगानीकर्ताले पनि करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, मितेरी डेभलपमेन्ट बैंक ९.०१, सेन्टर फाइनान्स र इन्फिनिटी लघुवित्तको ८ प्रतिशत, गोर्खा फाइनान्स, नेरुडे लघुवित्त, सबैको लघुवित्त, कालिका लघुवित्त, सोल्टी होटल लगायत १ दर्जन कम्पनीके सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे १६ करोड बढीको शेयर किनबेच भएको छ ।

त्यस्तै, गोर्खा फाइनान्स १६ करोड र नेपाल लाइफ १५ करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.