add

पृथक योजना सहित अघी बढ्दै कागेश्वरी मनोहरा नगरपालिका






ActPro Nepal

|

२६ पुष, २०७८

|
1714


कृष्णहरि थापा, नगर प्रमुख, कागेश्वरी मनोहरा नगरपालिका

कागेश्वरी मनोहरा नगरपालिकाले आफ्ना नागरिकहरुलाई सेवा प्रवाह गर्ने सम्बन्धमा अन्य नगरपालिका भन्दा पृथक तवरले कसरी सहज रुपमा सेवा प्रवाह गर्न सकिन्छ भन्नेमा विशेष ध्यान दिँदै आएको छ । नयाँ नगरपालिका अन्तरगत रहेको यस नगरपालिकाले अहिले पूर्वाधार विकास अन्तरगत पर्ने सडक, शिक्षा, स्वास्थ्य, ढल, पर्यटन, व्यवस्थित शहरीकरण एवं ठूला पूर्वाधार विकास लगायतका अवधारणा सहित कामहरु अघी बढाइरहेको छ । नगरपालिकाका योजना सम्बन्धमा हामीले नगरप्रमुख कृष्णहरी थापासँग कुराकानी गरी यो सामाग्री प्रस्तुत गरेका छौं । नगरप्रमुख थापा नगरपालिकाका विकास योजना सम्बन्धमा आफ्नो धारणा यसरी व्यक्त गर्नुहुन्छ ।

स्वास्थ्यमा विशेष जोड

हामीले प्रति १ हजार जनसङ्ख्या बराबर १ बेडको हिसाबले हुने गरी स्वास्थ्य सुविधा विस्तारको योजना बनाएका छौं । हाम्रो नगरपालिकामा १ लाख ३ हजार जनसङ्ख्या छ । यद्यपि यति ठूलो क्षमताको अस्पताल एकैपटकमा निर्माण गर्न सम्भव नहुने भएकोले हामीले पहिलो चरणमा १५ बेड क्षमताको अस्पताल निर्माण कार्य अघी बढायौं । अहिले यसको स्वीकृत भइसकेको छ।

कागेश्वरी मनोहरा, शंखरापूर र गोकर्णेश्वर नगरपालिकाका विभिन्न ८ ओटा वडाहरु समेटिने गरी करिब २६ हजार रोपनी क्षेत्रफल समेटिने गरी पूर्वी शहरको अवधारणा अघी सारिएको छ । यसलाई पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना नामाकरण गरिएको छ । यसको लागि अहिले जग्गा रोक्का गरिएको छ ।

हामीले २०७५ चैत्र मसान्तमा आइसकेपछि यस नगरपालिकामा सेन्सस ग¥यौं । त्यसको लागि मेट्रिक प्रणाली मार्फत हुने गरी ९२ लाख रकम विनियोजन गरेका थियौं । २०६८ को जनगणना अनुसार ६२ हजार रहेको जनसङ्ख्या (१४ हजार घरधुरी) २०७८ मा आइपुग्दा १ लाख ३ हजार (२८ हजार घरधुरी) भएको पाइएको छ । यसो हुनुमा यस क्षेत्रमा बसाईसराई भई आउनेहरुको सङ्ख्या (दर) उच्च रहनु पनि हो । यस नगरपालिकाले विभिन्न ठाउँको अनुकुलता हुने गरी सोहीबमोजिम सडक (मार्ग)को नामाकरण गर्दै आएको छ ।

व्यवासयिक अवधारणाको आफ्नै भवन

अहिले यस नगरपालिकाले व्यावसायिक प्रयोजन सहित आफ्नै ठूलो भवन निर्माण गर्दैछ । कान्तिभैरव स्कुलको नाममा रहेको ५८ रोपनी जग्गामा नगरपालिका सहितको व्यावसायिक भवन निर्माण गर्न लागिएको छ । ७ तल्लाको उक्त भवनको लागि करिब ५१ करोड रकम लगानी आवश्यक पर्नेछ । अहिले यस नगरपालिकाका प्रशासनिक गतिविधिहरु ५ नम्बर वडा कार्यालयबाट सञ्चालन हुँदै आएको छ । कागेश्वरी मनोहरा नगरपालिका उपत्यकाको नयाँ नगरपालिका हो । नयाँ विकास हुँदै गरेको यस नगरपालिकाले थुप्रै नयाँ संरचनाहरु समेत निर्माण गर्नुपर्ने आवश्यकता छ ।

पूर्वी काठमाडौं शहरको अवधारणाः

यस बर्ष नगरपालिकाले २ अर्ब ३ करोडको बार्षिक बजेट निर्माण गरेको छ । जुन शुरुको बर्ष ६६ करोड मात्र निर्माण गरिएको थियो । यो नगरपालिका सहित पूर्वी गोकर्णेश्वर र शंखरापुर नगरपालिका समेत समेटिने गरी ३ ओटा मनोहरा नगरपालिकाको संयुक्त प्रयाशमा यी नगरपालिकाका विभिन्न क्षेत्र समेटिने गरी उक्त योजना अगाडि सारिएको छ । यसको लागि विगत १ बर्ष पहिले नै नक्सा तयार भइसकेको छ ।

कागेश्वरी मनोहरा, शंखरापूर र गोकर्णेश्वर नगरपालिकाका विभिन्न ८ ओटा वडाहरु समेटिने गरी करिब २६ हजार रोपनी क्षेत्रफल समेटिने गरी पूर्वी शहरको अवधारणा अघी सारिएको हो । यसलाई पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना नामाकरण गरिएको छ । यसको लागि अहिले जग्गा रोक्का गरिएको छ । अब डिपिआर भई संसदबाट यसको लागि अनुमोदन भएपश्चात् निर्माण प्रक्रियामा अघी बढ्नेछ ।

कोभिडको समयमा स्थानीयबासीलाई सेवाप्रवाहमा अग्रणी भूमिका

कोभिड–१९ को समयमा समेत नगरपालिकाले निकै प्रभावकारी भूमिका निर्वाह गरेको छ । कोभिड–१९ ले सृजना भएको समस्यालाई लक्षित गरी उपत्यकाका अन्य ठाउँहरुमा दाल, चामल लगायतका सामानहरु स्थानीय सरकारले राहतको रुपमा वितरण गरिरहँदा कागेश्वरी मनोहरा नगरपालिकाले भने अलि पृथक रुपमा नगरबासीहरुलाई सहयोग गर्ने मान्यताले टोकन प्रणाली व्यवस्था ग¥यो । उक्त टोकनको आधारमा निश्चित रकम बराबर हुने गरी निश्चित पसलबाट नै खाद्य सामान किन्न सकिने भयो । जसले गर्दा सेवाग्राही आफ्नो आवश्यकता र चाहना बमोजिमका खाद्य वस्तुहरु किन्न सक्ने भए । यसको भुक्तानी सम्बन्धित पसललाई नगरपालिकाबाट गरियो । शुरुकै चरणमा तत्काल ५० लाख राहत यस नगरपालिकाले वितरण गरेको हो । लकडाउनको कारण बाहिरी संसार घर भित्र नै बन्द भएर थन्किरहेको अवस्थामा पनि यो नगर प्रशासन भने निरन्तर सक्रिय रहिरह्यो । कोभिडको समयमा स्थानीयहरुलाई अल्पकालिन रोजगारीका कार्यक्रमको अवधारणा अघी सा¥यो ।

अहिलेको मुख्य जोड

यस नगरपालिकाले अहिले पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनालाई अघी कसरी बढाउने भन्ने सम्बन्धमा आफ्नो ध्यान केन्द्रित गरेको छ । यसको लागि शहरी विकास मन्त्रालय लगायत अन्य नगरपालिका, दातृ संस्था, विज्ञहरु एवं सरोकारवालाहरुसँग छलफल भइरहेको छ । यसको रुपरेखा कस्तो हुने र यसको लागि आवश्यक बजेट विनियोजन कसरी गर्ने भन्ने सम्बन्धमा पनि नगरपालिका छलफलमा जुटेको छ । पूर्वी काठमाडौंको नयाँ शहरको रुपमा विकास हुन लागेको परियोजनाले जडिबुटी–जोरपाटी भन्दा अघीको क्षेत्रलाई समेट्दैछ ।

ठूलो परिमाणमा जग्गा प्लटिङ

यस नगरपालिकाले ठूलो परिमाणमा जग्गा प्लटिङको लागि ल्याण्ड पुलिङको अवधारणा अघी सारेको छ । अहिले सम्म काठमाडौं उपत्यकामा अव्यवस्थित रुपमा घर निर्माण भइरहेको र शहरको विस्तार बाहिरी क्षेत्र सम्म हुँदै गएको स्थितिलाई विचार गरी यस नगरपालिकाले शुरुमा ठूलो बस्ती नबस्दै यस्तो अवधारणा अघी सारेको हो । नगरपालिकाले व्यवस्थित विकासको आवश्यकता महसुस गरेर जग्गाधनीबाट जग्गा विकासको अधिकार समेत लिई उक्त जग्गालाई आवश्यक विकास गरी पछि सम्बन्धित जग्गाधनीलाई नै फिर्ता गर्ने योजना अघी सारेको छ । यसलाई ल्याण्ड पुलिङ अवधारणा समेत भन्ने गरिन्छ । अहिले नगरपालिकाले अघी सारेको ल्याण्ड पुलिङ गर्दा जग्गामा कहाँ कस्ता पूर्वाधारहरु विकास गरिने भन्ने सम्बन्धमा पूर्ण नक्सा तय गरिनेछ । यसरी जग्गाको व्यवस्थित याजना बनाउँदा जग्गाधनीको ४३ प्रतिशत सम्म जग्गा अतिरिक्त काटिन सक्छ । सडक, ढल, खुल्ला क्षेत्र लगायतको लागि जग्गाको केही भाग खर्च हुने गर्छ । अहिले नगरपालिकाले ६ फिटर, ८ मिटर, १२ मिटर र १५ मिटरका बाटोहरु निर्माण गर्नेछ । यस कार्यको लागि ५२ अर्ब रकम खर्च हुनेछ । उक्त जग्गा मध्येबाट १० प्रतिशत जग्गा बिक्री उक्त परियोजना पूरा गरिने लक्ष्य लिइएको छ । यसको लागि वाणिज्य बैंक, नगर विकास कोष, अधिकार सम्पन्न बाग्मती परियोजना लगायतका विभिन्न संघसंस्थाहरुको आपसी समन्वयमा यो कार्यक्रम अघी बढाइनेछ । जसले गर्दा भविष्यमा पारदर्शिता सम्बन्धमा कुनै विवाद सृजना नहोस् ।

कृषिको प्रवद्र्धन याेजना

अहिले सम्म काठमाडौं उपत्यकामा कृषि क्षेत्रको प्रवद्र्धन हुन सकेको छैन । यस्तो अवस्थामा उपत्यका भित्रका कृषकहरुको क्षमता बिस्तार एवं नवविकसित कृषिमा किसानहरुलाई आकर्षित गर्नको लागि नगरपालिकाले विभिन्न अनुदानमूलक कार्यक्रमहरु समेत अघी सारेको छ । यसको लागि धानको बिऊ, आलुको बिऊ लगायतमा नगरपालिकाले ५० प्रतिशत अनुदान व्यवस्था गरेको छ । यसैगरी सिजन अनुसार फलफूल तथा तरकारीका बिरुवाहरु निःशुल्क रुपमा वितरण गर्ने कार्यक्रम समेत नगरपालिकाले अघी सारेको छ ।

पर्यटन तथा संस्कृति संरक्षण

यस नगरपालिकाले आफ्नो नगरपालिका अन्तरगत पर्यटनको पर्वद्धनमा पनि जोड दिएको छ । अहिले कागेश्वरीधामको प्रवद्र्धनात्मक योजना नगरपालिकाले अघी सारेको छ । यसको लागि ६ करोडको डिपिआर गरिएको छ । कागेश्वरी जनैपूर्णिमामा गोसाईकुण्ड गएका तीर्थालुहरुले साथमा ल्याएर आएको जल चढाउने कामको लागि चर्चित मानिन्छ । यसैगरी नगरपालिकाले खालि रहेको जग्गा संरक्षणको लागि एक वडा एक पार्कको कार्यक्रम समेत अघी सारेको छ ।

आर्थिक स्रोत

कागेश्वरी मनोहरा नयाँ नगरपालिका हो । यस नगरपालिकाको केही स्रोत आन्तरिक स्रोतबाट व्यवस्थापन हुन्छ । यसैगरी संघीय सरकार, प्रदेश सरकारबाट विनियोजन हुने नियमित बजेटको अलावा समपूरक अनुदान र विशेष अनुदान लगायतका बजेट सबै गरी करिब ६०–७० करोड माथिल्ला निकायबाट प्राप्त हुने गर्छ । त्यसबाहेक स्थानीय घरजग्गाको कारोबारबाट हुने राजस्व संकलन पनि नगरपालिकाको लागि राम्रो आर्थिक उपार्जन (राजस्व)को स्रोत बनेको छ । स्थानीय निकायमा संकलन भएको रकम स्थानीय विकासको लागि नै खर्च गर्न सकिने व्यवस्था छ ।

विकासमूलक गतिविधि थप प्रभावकारी कसरी बनाउने ?

अहिले नेपालदमा असारे विकास प्रणालीले चाहेबमोजिम परिणाम दिन सकेको छैन । असारे विकास रोक्न सक्ने हो भने नियमित विकासे गतिविधिहरु निकै व्यवस्थित रुपमा सञ्चालन गर्न सकिने नगरप्रमुख कृष्णहरी थापा बताउनुहुन्छ । यसको लागि आर्थिक बर्ष सकिएपछि पनि रकम फ्रिज हुने व्यवस्था हटाउनु जरुरी रहेको थापाको धारणा छ । माथिल्लो निकायबाट विकासको लागि विनियोजन भएको रकम फ्रिज नहुने व्यवस्था गरिने हो भने नियमित रुपमा विकासमूलक गतिविधिहरु सञ्चालन गर्न सकिनेछ । यसबाट राज्य कोषमा ठूलो रकम थन्किन गई अन्य आर्थिक क्रियाकलापहरु चलायमान हुन नसक्ने स्थिति अन्त्य हुने अपेक्षा गर्न सकिन्छ । अघिल्लो बर्ष आफूहरुले ७३ प्रतिशत रकम खर्च गर्न सकेको र अझ अघिल्लो बर्ष विनियोजित बजेटको केवल २७ प्रतिशत रकम मात्र खर्च भएको थापाले बताउनुभयो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.