add

शेयर बजारमा उच्च अंकको वृद्धि,७ अर्ब १० करोडको कारोबार






ActPro Nepal

|

२५ पुष, २०७८

|
446

काठमाडौं । साताको कारोबार पहिलो शेयर बजारमा हरियाली छाएको छ ।

आइतवारको कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक(नेप्से) ७३.१ अंकले बढेर २७६५.४७ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३८ कम्पनीको ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ रुपैयाँ बराबरको १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक हरियो भएको छ । उच्च अंकले बढेको बजारमा बैंकिङ ३५ , होटल तथा पर्यटन ५, निर्जीवन बीमा ३७९ माइक्रोफाइनान्स ७०, जलविद्युत १४८ अंकले बढेको छ ।

विकास बैंक २५७, फाइनान्स ११५, व्यापार १७१ अंक, र अन्य उपसमूह ६२ अंकले उत्पादन समूह ७० अंकले बढेको छ । नेप्सेका अनुसार चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

नेपाल हाइड्रो डेभलपर्श, हिमालयन उर्जा विकास कम्पनी, युनाईटेड हाइड्रोपावर, मध्यभोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।

दुई कम्पनी मूल्य १० प्रतिशतले बढेको छ भने अन्यको मूल्य सर्किट लेभलले नै बढेको छ ।

त्यसैगरी, न्यादी हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, आइसीएफसी फाइनान्स, एचआइडीसीएल र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

त्यस्तै, माउन्टेन इनर्जी, कर्णाली डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रो, गुडविल फाइनान्स र नेशनल हाइड्रोपावरको शेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

बढ्दो बजारमा आज नेपाल एसबीआई बैंकका डिबेञ्चरधनीले सबैभन्दा धेरै १.४२ प्रतिशत गुमाएका छन् ।

आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । यसको २९ करोड बढीको शेयर किनबेच भएको छ । त्यस्तै, प्रभु बैंकको साढे २० करोड र अपर तामाकोशीको २० करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.