add

प्रहरी सहायक निरीक्षक १२५ औँ समुहद्वारा ‘मानव सेवा आश्रम’लाइ सहयोग






ActPro Nepal

|

२५ पुष, २०७८

|
906

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक पदमा नियुक्त भएका १२५ औं समुहद्वारा जागीरको १८ औं वार्षिकउत्सवको अवसरमा मानव सेवा आश्रम  धापाखेल शाखालाई खाद्यान्न तथा लत्ता कपडा  सहयोग गरेको छ । 

समुहद्वारा  शनिबार एक कार्यक्रम बिच एक लाख पाँच  हजार रुपैयाँ वरावरको खाद्यान्न तथा लत्ता कपडा  सहयोग गरेको हो । 

समाजको सकरात्मक रुपान्तरण एवं मानवीय सेवाको कार्यमा मानवसेवा आश्रमले पु¥याउदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सहयोग गरेको प्रहरी सहायक निरीक्षक १२५ औं समुहले जनाएको छ ।

समुहद्वारा आश्रमलाइ रु. ३३,०००० बराबरको ब्ल्याङकेट र रु. ७२,२२५ बराबरको विविध खाद्य सामाग्री सहयोग हस्तान्तरण गरेको हो ।  

सहायोगापेक्षी मानवहरुलाई आश्रय दिँदै आएको आश्रमले धापाखेलको नागदहमा पनि शाखा सञ्चालन गरेको छ । 

सडक मानवको पनि उद्धार गर्दै आएको आश्रमले काठमाडौं उपत्यका सडक मानवमुक्त घोषणा समेत गरिसकेको छ ।

     


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.