add

पर्वतमा बनेको विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनमा, ९० सेकेण्डमै गन्तव्यमा पुगिने






ActPro Nepal

|

२४ पुष, २०७८

|
1115

काठमाडौं । पर्वतमा निर्माण गरिएको सुपरम्यान शैलीको जीपलाइन शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ।

जीपलाइनको सबैजसो काम पूरा भएपछि शनिबारदेखि व्यावसायिक प्रयोजनका लागि खुल्ला गरेको हो ।

केही दिनयता जीपलाइनको लगातार परीक्षण सकेर नियमित सञ्चालनमा ल्याइएको जीपलाइन सञ्चालक समितिका प्रमुख संरक्षक रामचन्द्र जोशीले जानकारी दिए ।

जोशीका अनुसार व्यावसायिकरूपमा सञ्चालन गरिएसँगै टिकट बुकिङ खुल्ला गरिएको छ । आजदेखि टिकट बुकिङ खुल्ला गरिएको कम्पनीले जनाएको छ । अहिले प्रतिव्यक्ति रु तीन हजार ५०० टिकट दर तोकिएको छ ।

नयाँ वर्ष २०२२ को पहिलो दिन जनवरी १ मा प्राविधिक उपकरण जडान भए पनि सबै परीक्षण नसकिएकाले सञ्चालन हुन नसकेको उनले बताए ।

जीपलाइनको व्यावसायिक सञ्चालनसँगै रिसोर्ट पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

कुस्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जिपलाइन यो क्षेत्रको पर्यटक प्रवद्र्धनको आयाम बन्ने लगानीकर्ताको दाबी छ ।

जीपलाइनमा दुई जनाले सँगै बग्न सकिने र ६० देखि ९० सेकेण्डमै गन्तव्यमा पुगिनेछ ।

जीपलाइन भारतको श्याम जीपलाइनले निर्माण गरेको हो । जीपलाइन सञ्चालक समितिका अध्यक्ष विदुर पौडेलका अनुसार हावाको गति र खेलाडीको तौलमा जिपलाइनको गति भर पर्ने भए पनि जीपलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने गर्दछ ।

कालीगण्डकी नदीको सतहबाट २३८ मिटरको उचाइबाट यात्रा सुरु हुनेछ भने त्यसको अवतरण कालीगण्डकी नदी किनारमा बन्ने रिसोर्टमा हुनेछ ।

सुपरम्यान शैलीमा पर्वतको जीपलाइन विश्वकै दोस्रो लामो भएको पनि पौडेलले बताए । सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो दुई हजार ८०० मिटरको जीपलाइन दुबईमा रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.