add

आइएमइले अवलम्बन गरेको प्रविधि पूर्ण सुरक्षित छः राजु पाैडेल






ActPro Nepal

|

२२ पुष, २०७८

|
1618


राजु पौडेल, प्रमुख, मिडिया तथा जनसम्पर्क विभाग, आइएमई रेमिट

नेपालमा रेमिट्यान्स भित्र्याउने उद्देश्यले स्थापना भएको नेपालको पहिलो कम्पनी हो आइएमई रेमिट । हालका नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा दूरदर्शी एवं उद्यमशिल व्यक्तित्व चन्द्र प्रसाद ढकालको योजनामा आइएमइ रेमिटको शुरुवात भएको हो । ‘जहाँ समस्या: त्यहाँ सम्भावना’ भन्ने मान्यतालाई अनुशरण गर्दै विदेशबाट नेपालमा पैसा पठाउन भरपर्दो र वैधानिक माध्यम नभएको यथार्थलाई हृदयङ्गम गरी ढकालले बाह्य बजारबाट नेपालमा सजिलै पैसा भित्र्याउन सकिने प्रणालीको शुरुवात गर्नुभएको हो ।

अहिले नेपाली श्रमिक तथा युवाहरु जुन–जुन देशमा छन्, ती अधिकांश देशहरुबाट आइएमईले आफ्नै च्यानलबाट नै विप्रेषण नेपालमा पठाउने काम गर्दै आएको छ । यसको अलावा आफ्नै सञ्जाल विस्तार हुन नसकेका स्थानहरुबाट त्यहाँका स्थानीय विप्रेषण सेवाप्रदायक कम्पनीहरुसँगको सहकार्यमा नेपालमा पैसा पठाउँदै आएको छ ।

विप्रेषणको अहिलेको अवस्था

जतिबेलानेपालतथाविश्वबजारमाकोरोना संक्रमण दर उच्चथियो, त्यस समयमापनि नेपालमाहामीलेअपेक्षा गरेभन्दाकरिब १० प्रतिशतको दरमा नेपालमाभित्रिने विप्रेषण बढिरहेको थियो । अहिलेभने नेपालमाअपेक्षाकृत रुपमाविप्रेषण बढ्न सकेको छैन । साउनमहिनामा लकडाउन खुलेपश्चात् नेपालमाविप्रेषण पनि वृद्धि हुने हामीले अपेक्षा गरेका थियौं । यद्यपिअहिले हामीले सोचेबमोजिम नेपालमाविप्रेषण रकम वृद्धि हुन सकेको छैन ।

आइएमईको सञ्जाल

अहिले नेपाली श्रमिक तथा युवाहरु जुन–जुन देशमा छन्, ती अधिकांश देशहरुबाट आइएमईले आफ्नै च्यानलबाट नै विप्रेषण नेपालमा पठाउने काम गर्दै आएको छ । यसको अलावा आफ्नै सञ्जाल विस्तार हुन नसकेका स्थानहरुबाट त्यहाँका स्थानीय विप्रेषण सेवाप्रदायक कम्पनीहरुसँगको सहकार्यमा नेपालमा पैसा पठाउँदै आएको छ ।

वैधानिक कारोबार र रेमिट्यान्स कम्पनीको महत्व

रेमिट्यान्स सेवाप्रदायक कम्पनीहरुले नेपाल राष्ट्र बैंकबाट इजाजत लिएर वैधानिक रुपमा कारोबार गर्छन् । अवैधानिक रुपमा हुने हुण्डी लगायतका कारोबारलाई खुम्च्याउन यस्ता वैधानिक कारोबारको उद्देश्यले स्थापित कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । नेपालमा वैधानिक माध्यमबाट भित्रिने रेमिट्यान्सलाई नै हाम्रो रेमिट्यान्सको आधिकारिक तथ्याङ्कको रुपमा अभिलेखीकरण गर्न सकिन्छ । अहिले व्यवस्थित कारोबारले एकातिर जोखिम घटाएको छ भने छिटो, सहज रुपमा सेवाप्रवाहको अलावा केही हदसम्म यसबाट राज्य पक्ष समेत यसबाट लाभान्वित हुन सकेको छ । नेपालमा अझै पनि पूर्ण रुपमा रेमिट्यान्स च्यानलको वैधानिक माध्यमबाटै रकम भित्रिने अवस्था सृजना नभएपनि कहाँबाट कति परिमाणमा रेमिट्यान्स नेपालमा भित्र्याउन सकिन्छ भन्ने सम्बन्धमा आवश्यक तथ्याङ्क सङ्कलन गर्न सहयोग पुगेको छ । राज्यले विदेशमा भएको कमाईलाई समेत आयकरको दायरामा ल्याउन चाहेको खण्डमा यसले ठूलो सहयोग पुर्याउने अनुमान गर्न सकिन्छ ।

आइएमईसँग मेरो संलग्नता

आइएमई स्थापना हुनु भन्दा पहिलो रेमिट्यान्स बारे अधिकांश नेपालीहरु जानकारविहीनथिए । आफू आइएमई प्रतिनिधि भएको र यसबाट हुने कारोबार सुरक्षित हुने जानकारी गराउँदा त्यसरी डिजिटल सञ्जालबाट हुने कारोबारमा कतिपय आश्चर्य मान्थे त कतिपयले रेमिट्यान्सको आधिकारिकताबारे नै शङ्का व्यक्त गर्दथे । अर्थात त्यति बेला सम्म नेपालमा रेमिट्यान्स पठाउन सकिने कुरामा धेरैलाई जानकारी नै थिएन । आइएमई भनेको कुनै म्यानपावर कम्पनीको नाम होला भन्ने धेरै मानिसहरुले जिज्ञासा म आफैंले प्रत्यक्ष महसुस गरेको छु ।

ब्राण्ड बनेको ‘पैसा पठाउनु भनेकै आइएमई’

नेपालमा आएपश्चात् आधिकारिक रुपमा म यस कम्पनीमा विगत १७ बर्ष देखि संलग्न हुँदै आएको छु । त्यतिबेला आइएमई स्थापना भएर एउटा तहको चर्चा परिचर्चा नेपाली बजारमा भइसकेको थियो । यद्यपि अहिले जस्तो ठूलो बजार भने सृजना भइसकेको थिएन । म जोडिएको त्यस अवस्था देखि अहिले सम्म आइपुग्दा सबैजसो युवाहरुले ‘पैसा पठाउनु भनेकै आइएमई गर्नु हो’ भन्ने अनुभुति गर्न सकेका छन् । अहिले यो वाक्य नेपाली बजारमा ब्राण्डकै रुपमा विकास भएको छ, यसो हुनुमा आइएमई समूहका प्रवद्र्धक एवं कर्मचारीहरुको राम्रो तालमेल र टीमवर्कले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुनुपर्छ । कुनै पनि संस्था सफल हुनुमा टीमवर्क निकै महत्वपूर्ण रहने गर्छ । यो महसुस हामीले पनि गरेका छौं । हाम्रो सफलताको मुख्य आधार भनेकै टीम वर्क हो ।

रेमिट्यान्सको आगामी सम्भावना

नेपालमा आगामी दिनमा समेत रेमिट्यान्स क्षेत्रको सम्भावना निकै राम्रो छ । अहिले संसार सानो घेरामा सीमित भएको छ । डिजिटल प्लेटफर्मले गर्दा मानिसहरुलाई एउटै कोठाबाट संसारभरको जानकारी र अनुभुति प्राप्त गर्न सक्ने स्थिति सृजना त भएको छ । यद्यपि यसले वास्तविक अनुभुति भने दिँदैन । यसकारण विश्व भ्रमण गरेर आफैंले हरेक अनुभव प्रत्यक्ष हासिल गर्न चाहने व्यक्तिहरुको सङ्ख्या पनि बढ्दो छ । विदेश जान पनि अहिले विगत जस्तो गाह्रो छैन । रोजगारीको लागि विदेशिनेहरुको सङ्ख्या पनि निरन्तर बढ्दो छ । यस्तो अवस्थामा एक ठाउँबाट अर्को ठाउँमा कम झण्झट र जोखिममा पैसा पठाउने माध्यमको रुपमा रहने रेमिट्यान्सको भविष्य पनि सुन्दर रहने अनुमान गर्न सकिन्छ ।

अहिलेका चुनौती

रेमिट्यान्स क्षेत्रमा अहिलको मुख्य चुनौती भनेकै नेपालबाट सीमा पार गरेर रोजगारीको लागि विदेशिनुभएका सबै श्रमिकहरुलाई अझै पनि आधिकारिक च्यानलबाट नेपालमा पैसा पठाउने वातावरण सृजना गर्न प्रोत्साहित गर्न नसकिनु नै हो । यस बर्षको श्रावणबाट खुलेको बजारमा विगत भन्दा रेमिट्यान्स आप्रवाहमा कमी आएको हामीले महसुस गरेका छौं । यसका कारणहरु बारे खोजी गर्नुपर्ने जरुरी छ । सोहीबमोजिम आधिकारिक माध्यमबाट नै रेमिट्यान्स पठाउने अवस्था सिर्जना गर्न अझ बढी जनचेतनामूलक क्रियाकलापहरु सञ्चालन गर्नुपर्ने आवश्यकता हामीले महसुस गरेका छौं ।

यस बर्षको श्रावणबाट खुलेको बजारमा विगत भन्दा रेमिट्यान्स आप्रवाहमा कमी आएको हामीले महसुस गरेका छौं । यसका कारणहरु बारे खोजी गर्नुपर्ने जरुरी छ । सोहीबमोजिम आधिकारिक माध्यमबाट नै रेमिट्यान्स पठाउने अवस्था सिर्जना गर्न अझ बढी जनचेतनामूलक क्रियाकलापहरु सञ्चालन गर्नुपर्ने आवश्यकता हामीले महसुस गरेका छौं ।


अवैधानिक हुण्डी कारोबार नरोकिनुको कारण

कतिपय अवस्थामा श्रमिकले रेमिट्यान्सलाई भन्दा हुण्डीलाई सहज तरिकाको रुपमा अपनाउन सक्छन् । आधिकारिक प्रक्रिया पूरा गरेर मात्र रेमिट्यान्स च्यानलबाट पैसा पठाउन सकिने अवस्था रहन्छ । सुरक्षा पक्षमा समेत सचेत रहने सेवाग्राहीले हुण्डीबाट नभएर रेमिट्यान्स कम्पनीबाट नै पैसा पठाउनुहुन्छ ।

सुरक्षित प्रविधि

अहिलेको समय विज्ञान र प्रविधिको समय हो । प्र्रविधिको विकाससँगै विश्व डिजिटलाइज्ड युगमा प्रवेश गरेको छ । हाम्रा अध्ययन, आर्थिक कारोबार, जीवनशैली, खेलकुद, मनोरञ्जन लगायतका अधिकांश क्रियाकलापहरु डिजिटल माध्यमबाट नै सञ्चालन हुने स्थिति छ । यस्तो अवस्थामा पनि कतिपय क्रियाकलापहरुमा सुरक्षा पक्ष बढी महत्वपूर्ण हुने गरेको छ । अहिलेको मुख्य चासोको विषय भनेकै हाम्रा प्रविधिहरुलाई कसरी सुरक्षित राख्ने र ह्याकरहरुको पहुँचबाट बचाउने भन्नेमा हुने गरेको छ । सबै सरोकारवालापक्षहरु यस सम्बन्धमा चिन्तित छन् । यद्यपिआइएमई गु्रपले आफ्ना सबैजसो क्रियाकलापहरु पूर्णत सुरक्षित राख्नको लागिसयौं सङ्ख्यामा आइटी इन्जिनियरहरुलाई नियमित रुपमा काममा खटाउँदै आएको छ । जसले गर्दा आइएमई गु्रपका सबै कारोबारहरु सुरक्षित रहनेमा ढुक्क रहन सक्नुहुन्छ ।


सेवाग्राही नै आइएमई प्रचारका मुख्य माध्यम

आइएमईका सेवाग्राहीलाई कम्पनीले प्रवाह गरेको सुविधा (छिटो, सुरक्षित र भरपर्दो सेवा)कै कारण सेवाग्राही आफैंले आइएमईको बारेमा प्रचारप्रसार गर्ने अवस्था अहिले सृजना हुन सकेको छ । सोहीबमोजिमयस कम्पनीले बजारमा निरन्तर अग्रस्थान कायम राख्न सफल हुँदै आइरहेको छ । व्यावसायिक साझेदारको रुपमा काम गर्ने एजेन्सीहरुले पनि यस कम्पनीको सेवाप्रवाहमा पुर्याएको महत्वपूर्ण योगदानलाई समेत आइएमईको सफलताबाट अलग राख्न सकिँदैन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.