add

माघदेखि भौतिक उपस्थितमा पुनः श्रम स्वीकृति नपाइने, यसरी दिनुहोस् अनलाइनबाट आवेदन






ActPro Nepal

|

२१ पुष, २०७८

|
1377

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले आगामी माघ २ गतेदेखि अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृति काम गर्ने तयारी गरेको छ ।

यसअघि भौतिक उपस्थित र अनलाइन दुबै तरिकाबाट पुनः श्रम स्वीकृति दिदै आएको विभागले माघदेखि भने अनलाइनबाट मात्रै दिने तयारी थालेको हो ।

यो व्यवस्था भएसँगै वैदेशिक रोजगार कार्यालयमा गएर पुनः श्रम स्वीकृत लिन लामो लाइन लाग्नुपर्ने र पुनः श्रम स्वीकृति लिन मात्रै नेपाल आउनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

वैदेशिक रोजगारीमा जाने नेपालीलाई छिटो, छरितो, पारदर्शी र सरल सेवा उपलब्ध गराउने योजनासहित अनलाइनबाट मात्रै श्रम स्वीकृति दिने व्यवस्था गर्न लागिएको विभागको भनाइ छ । २०७७ साल पुस महिनाबाट अनलाइन मार्फत पुनः श्रम स्वीकृति दिन थालिएको थियो ।

यसरी दिनुहोस् अनलाइनबाट आवेदन

अनलाइनबाट मार्फत पुनः श्रम स्वीकृति लिन विभागको वेवसाइट www.dofe.gov.np मा गई अनलाइन श्रम स्वीकृति एफइआइएमएसमार्फत फारम भर्नुपर्छ । फारम भरेपछि शाखा छान्ने बेलामा अनलाइन ब्रान्च छान्नुपर्छ ।

श्रम स्वीकृतिको क्रममा कुनै कारणले आवेदन रद्द भएमा त्यसको कारणसहितको एसएमएस आवेदकको मोवाइल र आवेदन गर्दाको यूजर अकाउन्टमा सूचना आउनेछ । त्यसकारण फारम भर्दा आफ्नो मोवाइल नम्बर र इमेल ठेगाना सही प्रयोग गर्नपर्छ । साथै श्रम स्वीकृतिको लागि आवेदन गर्दाको यूजरनेम र पासवर्ड सुरक्षित राख्नपर्छ ।

श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको फारम भर्दाको एफइआइएमएसको यूजर अकाउण्ट र इमेल ठेगाना दुवैमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुनेछ । तपाईँ आफैंले आवश्यकता अनुसार त्यसलाई प्रिन्ट गर्न सक्नुहुन्छ ।

पुनः श्रम स्वीकृति लिंदा म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम अनलाइनमार्फत नै तिर्न सकिन्छ । यसरी अनलाइनमार्फत तिर्दा कुनै शुल्क लाग्दैन । ईसेवा फोन पे प्रालि, स्प्यारो पे प्रालिबाट रकम तिर्न सकिने वैदेशिक रोजगार विभागले जनाएको छ ।

म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत भुक्तानी गर्न सकिनेछ। अनलाइन भुक्तानी गर्दा थप शुल्क नलाग्ने विभागले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.