add

कलियुग अन्तिम अवस्थामा पुगेको ऊँ शान्ति धर्मालम्बी गुरुहरुहरुको भनाई






ActPro Nepal

|

९ पुष, २०७८

|
847

काठमाडौं । ऊँ शान्ति धर्मलम्बी गुरुहरूले कलियुग अन्तिम अवस्था पुगेको धारणा राखेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गुरुहरूहरूले कलियुग अन्तिम अवस्थामा पुगेर सतयुगमा प्रवेश गर्न लागेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै राजयोग प्रशिक्षक इन्द्रबहादुर चन्दले विश्व तथा देशभर मानिसहरूमाथि अत्याचार र अन्याय भएको भन्दै दुःख र अशान्ति मेटाउने तरिका परआत्माले मात्रै सिकाउने बताए ।

उनले मनलाई शान्ति राख्न र सम्पूर्ण समस्या हटाउन ब्रह्माकुमारी राजयोग सेवा केन्द्रअन्तर्गत ईश्वरी विश्वविद्यालयमा पुगेर ७ दिनको कोष लिनसमेत आग्रह गरे । विश्वविद्यालयले ७ दिनको कोषमा सामान्य ज्ञान दिने उनले बताए । उने परआत्मा सबै आत्माको भगवान भएको जिकिर समेत उल्लेख गरे । उनले ईश्वरी विश्वविद्यायलको केन्द्रीय कार्यालय ठमेलमा रहेको जनाए । यो संसार परिवर्तनशील छ भन्दै उनले यो संसार अब बैष्णव हुने पनि बताए ।

उनले परआत्मा भगवान गीताको दाता, शान्तिको दाता र आत्माको परिचय भएको सुनाए । उनले भने, ‘मानिसहरूले निधारमा टिका लगाउनुको अर्थ आत्मा त्यही हुन्छ भन्ने हो । शरीरभित्र हुने आत्मा हो । परआत्मा निकारार हुनुहुन्छ ।’ निधारको बिचमा हुने आत्मालाई कसैले देख्न नसकिने उनले बताए ।

‘मन, बुद्धि र संस्कार गरेर आत्माको ३ भाग हुन्छन्, हाम्रो शरिरमा आत्मा रहन्छ । आत्मा विना शरीर चल्न सक्दैन् । आत्मा निस्केपछि मानिस मर्छ । ३ लोकहरू  पृथ्वी, ब्रम्ह, विष्णु हुन् ।’ उनले भने । ‘परमधामबाट हामी यहाँ आएका हौ । संसारको सबै आत्माहरू परिवर्तनशील छन् । संसार विनासतर्फ अगाडि बढिरहेको छ ।’

नेपालमा जातीय द्वन्द्व बढिरहेको आरोप लगाउँदै संसारमा कुनै जात नभई केवल मानिसमात्रै हुने उनको भनाइ थियो । ईश्वरी आचरणमा जन्मिनेलाई ब्राम्हण भनिने उनले उल्लेख गरे । मानिसको वर्गीकरण जातिय नभई आचरणको आधारमा हुनुपर्नेमा उनले जोड दिए । जो कोहीलाई पनि ब्राह्मण बन्ने अवसर ईश्वरी विश्वविद्यालयले मात्र दिने उनको भनाइ थियो । मासिसहरूले आफ्नै परआत्मालाई नचिनेको हुनाले त्यसैमा रूमलिएको उनको आरोप थियो ।

देशमा भइरहेको जातिय द्वन्द्वको अन्त्य ईश्वरी विद्यालयले मात्रै गर्नसक्ने उनले बताए । सम्पूर्ण मानिसहरू सुख र शान्ति लिन चाहेमा वा दुःखबाट मुक्ति पाउनको लागि आफ्नो विश्वविद्यालयमा आउनपनि उनले सुझाव दिए । उनले भने,‘पहिलो अज्ञानता भनेको आँफैले आफ्नो आत्माको बारेमा नजान्नु हो ।’

मानिसहरूलाई ज्ञानको बारेमा जानकारी नहुँदा सबैभन्दा संसारमा धेरै दुःख भएको उनको भनाइ थियो ।  उनले भने,‘अज्ञान र अन्धकार हटाएर सबैसँग मिलेर बस्न र द्वन्द्व भएको विषयमा ज्ञान दिने भनेको परआत्मा नै हो । परआत्माले नयाँ संसारको आधा संसार देखिसक्नु भएको छ ।’

शिव भगवान नै संसारको रचयिता भएको उनले बताए । उनले भने,‘विष्णु भनेको लक्ष्मी नारायण भगवानको प्रतिक हुन् ।’  पृथ्वीमा सृष्टिको आयु ५ हजार वर्षको हुन्छ भन्दै उनले ५ हजार वर्ष पछि नयाँ इतिहास परिवर्तन हुने बताए । अब सृष्टि परिवर्तन हुने क्रममा रहेको बताउँदै कलियुगको अन्त्य हुन लागेको बताए । उनले भने,‘अब परत्माको ज्ञान लिएपछि मात्र सतयुगमा प्रवेश गर्नलायक हुनेछौं । सतयुगको १२५० वर्ष आयु रहनेछ । द्वापर युग पनि १२५० वर्ष रहन्छ ।’

राजयोगका सदस्य रमेश थापाले नेपालमा ब्रह्मकुमारीको १ हजारभन्दा बढी संस्थाहरू रहेको जानकारी दिए । उनले पनि कलियुगको आयु लाखौं वर्ष भएपनि अब युग परिवर्तन हुन लागेको बताए । उनले भने,‘संसार परिवर्तनशील छ, बच्चा, युवा र बृद्धा हुँदै मरेर फेरी जन्म लिन्छौं । त्यस्तै सृष्टिको पनि प्रक्रिया हुन्छ । सृष्टि पनि परिवर्तन हुन्छ ।’

संसारको हालत अहिले कुम्भकर्णजस्तो भएको आरोप लगाउँदै उनले भने,‘संसार अहिले निन्द्रामा सुतिरहेको छ । कलियुग अब बच्चा छैन, अब यो केही वर्षमात्र रहन्छ। कलियुग अन्तिम अवस्थामा पुगेको छ ।’

मानिसहरूमा भएको लोभ, लालच र पापको कारण आज संसारभर समस्या भएको उनले सुनाए । आत्मालाई सक्रिय बनाउन परआत्मासँग कनेक्सन गर्न आवश्यक रहेको उनको भनाइ थियो । घर, परिवार र आफन्तलाई छाडेर परआत्माको ज्ञान लिन उनले सबैलाई आग्रह गरे । उनले भने,‘आत्मा एक अजर, अमर र अविनासी रहेको छ ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.