add

नेपाललाई हिन्दुराष्ट्र कायम गर्न निर्णायक आन्दोलन गरिने






ActPro Nepal

|

१४ मंसिर, २०७८

|
1310

काठमाडौं । नेपाललाई हिन्दुराष्ट्र कायम गर्न माग गर्दै हिन्दु परिषद् नेपालले आन्दोलन गर्ने भएको छ । मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै परिषद्ले मंसिर २७ र २८ गतेबाट आन्दोलनको तयारी एवम् माघ १५ गतेदेखि २२ गतेसम्म निर्णायक आन्दोलन गर्ने जानकारी दिएको हो ।

धार्मिक र सामाजिक कार्य गर्दै आएको परिषद्ले माघ १ गते र्याली गर्ने, १६ गते १ घण्टा नारा/जुलुश गर्ने, १७ गते धार्मिकस्थलमा पूजापाठ एवम् प्रार्थना गर्ने, १८ गते सरोकारवालासँग अन्तरक्रिया गर्ने, १९ गते सिठ्ठी जुलुश गर्ने, २० गते र्याली गर्ने, २१ गते मोटरसाइकल र्याली गर्ने र २२ गते कोणसभा गर्ने भएको हो ।

आवश्यकत्तानुसार आन्दोलनका कार्यक्रम तय गर्दै जाने एवम् राष्ट्रप्रेमी र धर्मप्रेमी संघ/संस्थासँग समन्यव र सहकार्य गर्ने पनि परिषद्ले जनाएको छ । कार्यक्रममा बोल्दै हिन्दु परिषद् नेपालका अध्यक्ष सन्तोष पटेलले आन्दोलन रहरले नभई बाध्यताले गर्न लागेको बताउँदै नेपालीहरूको पहिचान खोस्ने काम भएपछि हिन्दुराज्य स्थापनाको लागि आफूहरू सडकमा आउन लागेको स्पष्ट पारे ।

उनले आफूहरूको संस्था नै हिन्दुराष्ट्र स्थापना गर्नको लागि खोलिएको पनि बताए । उनले उनले धार्मिक र सामाजिक कार्य गरेर परिषद्ले हालसम्म ७ लाख नेपालीहरूलाई जोड्न सकेकोमा खुसी व्यक्त गरे ।

परिषद्का आन्दोलनका तयारीसम्बन्धी कार्यक्रमहरू यस्ता छन् : 

१.मंसिर २७ र २८ गते केन्द्रीय कमिटीको बैठक वीरगञ्जमा हुने

२.पुस ९ र १० गते राष्ट्रिय सम्मेलन विरगञ्जमा हुने 

३.पुस १५ गते प्रदेश नं ४ स्तरीय हिन्दुवादी अगुवा सम्मेलन पोखरामा 

४.पुस १७ गते प्रदेश नं २ स्तरीय हिन्दुवादी अगुवा सम्मेलन जनकपुरधाममा

५.पुस २० गते प्रदेश न.१ मा स्तरीय हिन्दुवादी अगुवा सम्मेलन विराटनगरमा

६.पुस २३ गते प्रदेश नं ३ स्तरीय हिन्दुवादी अगुवा सम्मेलन हेटौडामा

७.पुस २४ गते प्रदेश नं ५ स्तरीय हिन्दुवादी अगुवा सम्मेलन बुटबलमा

८.पुस २७ गते प्रदेश नं ५ स्तरीय हिन्दुवादी अगुवा सम्मेलन नेपालगञ्जमा

९.पुस २९ गते प्रदेश नं ७ स्तरीय हिन्दुवादी अगुवा सम्मेलन धनगढीमा

१०.माघ १ गते प्रदेश नं ६ स्तरीय हिन्दुवादी अगुवा सम्मेलन सुर्खेतमा

११.माघ ७ र ८ गते काठमाडौंमा आन्दोलनको पूर्व तयारी सम्बन्धमा राष्ट्रिय सम्मेलन गर्ने । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.