add

सेयर बजार निरन्तर ओरालो यात्रामा,परिसुचक २६१५ अंक पुग्दा ५ अर्ब ८३ करोडको कारोबार






ActPro Nepal

|

१२ मंसिर, २०७८

|
790

काठमाडौँ ।  शेयर बजारमा मौद्रिक नीति समीक्षाको प्रभाव परेको छ । जसको कारण साताको कारोबारको पहिलोदिन शेयर बजारमा पहिरो गएको छ ।

मौद्रिक नीति समीक्षा पछिको पहिलो कारोबार भएको दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८०.२९ अंकले घटेर २६१५. ४९ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २३४ कम्पनीको ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५४ रुपैयाँ बराबरको १ करोड, १९ लाख ३ हजार २०२ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएका छन् । धेरै गुमाउने होटल तथा पर्यटन र विकास बैंकका लगानीकर्ता रहेका छन् ।

बैंकिङ समूहको शेयर ३४ अङ्कले, विकास बैंकको दुई सय ६७, होटलको एक सय ४७, फाइनान्सको ६८, माइक्रोफाइनान्सको एक सय ३९ र जलविद्युत् समूहको शेयर एक सय ३२ ले घटेको छ ।

यस्तै उत्पादन समूहको शेयर एक सय १९२ अङ्कले, जीवन बीमा समूहको पाँचसय ८३ अङ्कले, निर्जीवन बीमा समूहको तीन सय ८५ घटेको छ । र अन्य समूहको शेयर एक सय ५९अङ्कले घटेको छ ।

दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा आइसीएफसी फाइनान्स र सामलिङ पावर कम्पनी रहेको छ ।

आज आइसीएफसी फाइनान्सको शेयरमूल्य ९.७८ प्रतिशतले बढेको छ । सामलिङ पावर कम्पनीको शेयरमूल्य ८.२१ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज हिमालयन पावर पार्टनर र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा गिरावट आएको छ ।

यी कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशत भन्दा बढीले घटेको छ ।

यस्तै, कारोबारको आधारमा सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको आज २९ करोड ८१ लाख भन्दा बढीको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.