add

कुमारी बैंक विरूद्ध नेपाल भ्यालुयर्स एशोसिएशनको विरोध कार्यक्रम सम्पन्न






ActPro Nepal

|

५ मंसिर, २०७८

|
1369

काठमाडौं । नेपाल भ्यालुयर्स एसोसिएसनको आयोजनामा आज कुमारी बैंक विरूद्ध गलत नियतले मूल्याङ्कनकर्ता इन्जिनियरलाई जेल हालेको विषयमा विरोध प्रदर्शन गरिएको छ ।

मूल्याङ्कन कार्यमा संलग्न व्यक्तिहरूको व्यापक उपस्थितिमा उक्त विरोध कार्यक्रम सम्पन्न गरिएको हो ।

बैंकले उपलब्ध गराएका कागजपत्रका आधारमा मूल्याङ्कनकर्ताले रिपोर्ट तयार गरी बैंकले ऋणिलाई कर्जा उपलब्ध गराएकोमा यतिबेला सम्बन्धित ऋणीबाट १९ करोड रकम फिर्ता नभएको सन्दर्भमा उक्त रकम मूल्याङ्कनकर्ता ईन्जिनियरबाट परिपुर्ति गर्ने विषयलाई विरोधस्वरूप आज विरोध आयोजना गरिएको हो ।

आजको कार्यक्रम गहनापोखरीबाट शुरू भई कुमारी बैंकको केन्द्रीय कार्यालय, भटभटेनीमा पुगेर धर्ना दिएर कोण सभामा परिणत भई गहनापोखरीमा पुगेर समापन भएको थियो । 

एसोसिएसनले विभिन्न मागहरू सहित ईन्जिनिर राजेश कुमार चौरसीयालाइ निर्शत रिहाईको माग गदै विभिन्न चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा  गदै आइरहेको छ  । 

एसोसिएशनले चौरासियालाई निशर्त रिहाई नगरेसम्म आन्दोलनका कार्यक्रम कायमै राख्ने भएको छ ।

विरोध प्रदर्शका क्रममा एसोसिएशनका अध्यक्ष ऋषि कोइरालाले आन्दोलनको क्रममा चौरासियाको कुनै कमजोरी नभएकाले तत्काल रिहाई गर्न माग गरे । बैंकमा रहेका माफियाहरुले गरेको गलत कामका कारण चौरासिया पक्राउ परेको भन्दै बिना शर्त रिहा गर्न माग गरेका छन् ।

‘लोन लिने एउटा, लोन दिने एउटा’ उनले भने ‘यसमा इन्जिनियरको केही भूमिका छैन । हामी इन्सायेरेन्स कम्पनी होइनौं हामीले केही गल्ती नै नगरी कारबाही भोग्नु कानूनसंगत छैन ।’

माफियालाई लोन दिने अनी मूल्याङकनकर्ताले तिर्नुपर्ने काम गराउन खोजेको भन्दै यो आन्दोलन अब निर्णयक हुने बताए ।

आइतबार बिहान १ घन्टा कुमारी बैंकको प्रधान कार्यालयमा विरोध प्रदर्शन गरेका एसोसिएशनका अधिकारीहरुले आगामी दिनमा बैंकर्स संघमा पनि धर्ना दिने सचिव दिनेशकुमार पाठकले बताए ।

उक्त जग्गा प्रकरणमा बैंकको हात भएको भन्दै कायम मुकायम सीइओ अनुजमणी तिमल्सिनालाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

चौरसीयालाइ गत कात्तिक २२ मा अनुसन्धानका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो। 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.