add

निमोनियाबाट बच्न यस्ता छन् घरेलु उपायहरु






ActPro Nepal

|

२९ कार्तिक, २०७८

|
1133

काठमाडौं । चिसो मौसमको सुरुवात भइसकेको छ । चिसो बढेसँगै मौसमी फ्लू, रुघाखोकी, निमोनिया जस्ता समस्याहरुले पनि बढी नै सताउने गर्छ ।

यहाँ हामी चिसोमा हुनसक्ने निमोनियाको विषयमा चर्चा गर्दैछौं । निमोनिया मुख्यतयाः फोक्सोसँग सम्बन्धित बिमारी हो । यो बिमारीले हाम्रो एउटा वा दुईटै फोक्सोमा संक्रमण हुने गर्छ । निमोनिया भएपछि कफ जम्ने, ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या जस्ता लक्षण देखिन्छन् । 

किन हुन्छ निमोनिया ?

निमोनिया मुख्यतया संक्रमण भाइरस, ब्याक्टेरिया वा ढुसी (फंगस)का कारणले हुने गर्छ । यी भाइरस वा ब्याक्टेरियाहरु नाक वा मुखबाट श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा पुग्ने गर्छन् । रोग प्रतिरोधात्मक क्षमता बलियो भएको व्यक्तिको शरीरले यस्ता ब्याक्टेरियालाई निष्प्रभावी गर्छ । तर रोग प्रतिरोध क्षमता कमजोर भएका व्यक्तिमा ब्याक्टेरियाले संक्रमण गरि एक वा दुबै फोक्सोलाई प्रभावित गर्न सक्छ । 

निमोनियाको लक्षण 

अत्यधिक ज्वरो

छाती दुख्ने

वाकवाकी वा वान्ता हुने

झाडापखाला 

श्वासप्रश्वासमा समस्या

थकान तथा कमजोरी

कफकासाथै खोकी लाग्ने हुन्छ । 

निमोनियाबाट जोगिने घरेलु उपाय

तुलसी

आयुर्वेदमा तुलसीलाई अत्यधिक गुणकारी मानिन्छ । तुलसीको पातमा एन्टी–ब्याक्टेरिया तत्व हुन्छन्, जसले रुघाखोकी, ज्वरोको समस्याबाट छुटकरा दिएर श्वासप्रश्वास प्रणालीलाई राम्रो बनाउँछ । नियमित रुपमा तुलसी पानी पिउँदा निमोनियाको संक्रमणबाट बच्न सकिन्छ । 

मह

महमा समावेश भएको एन्टीब्याक्टेरियल, एन्टीफंगल र एन्टीअक्सिडेन्ट गुणका कारणले यसलाई स्वस्थकर मानिन्छ । मनतातो पानीमा महसँग अदुवा मिसाएर सेवन गर्दा निमोनियाबाट राहत मिल्छ । 

बेसार 

हरेक नेपालीको घरमा सहजै उपलब्ध हुने बेसार स्वास्थ्यको लागि धेरै नै उपयोगी हुन्छ । बेसारको नियमित सेवनले श्वासप्रश्वासमा सहजता प्राप्त हुन्छ । स्वस्थ रहनको लागि नियमित मनतातो दुधमा बेसार मिसाएर सेवन गर्नुपर्छ । 

लसुन 

निमोनियाको संक्रमणबाट बच्न लसुनलाई धेरै नै फाइदाकारी मानिन्छ । लसुनमा पाइने भिटामिन बी, भिटामिन सी र फाइबर जस्ता गुणले भाइरस र फंगल संक्रमणबाट बचाउँछ । 

योसँगै निमोनियाबाट बच्न सरसफाइमा पनि ध्यान दिनुपर्छ । केही खानेकुरा खानुअघि राम्रोसँग साबुन पानीले हात धुनुपर्छ । यससँगै खोक्दा वा हाछ्यु गर्दा मुखमा रुमाल राख्नुपर्छ । रोग प्रतिरोध क्षमतालाई बलियो बनाउन स्वस्थकर खानेकुरामा जोड दिनुपर्छ । दैनिक योग तथा शारीरिक व्यायाममा पनि जोड दिनुपर्छ । यसकासाथै धुम्रपान तथा मद्यपानबाट पनि टाढै बस्नुपर्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.