add

कोभिडविरुद्ध खाने पहिलो चक्कीलाई अनुमति






ActPro Nepal

|

१९ कार्तिक, २०७८

|
831

काठमाडौँ । बेलायतले कोभिडविरुद्ध पहिलो खाने चक्कीलाई अनुमति दिएको छ । अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्यूटिक्सले संयुक्त रूपमा बनाएको खाने औषधिलाई बेलायतले प्रयोगको अनुमति दिएको हो ।

बेलायतको औषधि नियामक मेडिसिन एण्ड हेल्थकेयर प्राधिकरण (एमएचआरए) मोल्न्यूपिरभीर नाम गरेको यस खाने चक्कीलाई प्रयोगको अनुमति दिएको छ । यस चक्कीलाई कोरोना सङ्क्रमण भएको पाँच दिन भित्र खान सकिने बताइएको छ ।

यस चक्कीलाई कोरोनाविरुद्ध विश्वमै खाने पहिलो औषधी भएको बताइएको छ, जसले प्रयोगको अनुमति पाएको छ । मोल्न्यूपिरभीरको क्लिनिकल ट्रायलको नतिजा अनुसार कोरोना सङ्क्रमितको मृत्युको सम्भावनालाई आधा कम गर्ने बताइएको छ ।

बेलायतमा यस औषधिलाई लागेवरियो नाम दिइएको छ भने अहिले कोरोना सङ्क्रमण बढिरहेका बेला यसको प्रयोग प्रभावकारी हुने बताइएकाे छ ।

शुरूमा रुघाखोकीको उपचारका लागि विकास गरिएको उक्त चक्कीले अस्पताल भर्ना हुनुपर्ने अथवा मृत्यु हुने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणहरूबाट देखिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.