add

युईएफए च्याम्पियन्स: चेल्सी, युनाइटेड र युभेन्ट्स विजयी






ActPro Nepal

|

४ कार्तिक, २०७८

|
1170

काठमाडौं । युईएफए च्याम्पियन्स लिगका शीर्ष टोली चेल्सी, म्यानचेस्टर युनाइटेड र युभेन्ट्सले जित हात पारेका छन् । बुधबार रातिका खेलमा इंग्लिस क्लब चेल्सी, म्यानचेस्टर युनाइटेड र इटाली सिरि ए क्लब युभेन्टसले जित निकालेका हुन् ।

घरेलु मैदानमा चेल्सीले माल्मो एफ एफविरुद्ध ४-० गोल अन्तरको सहज जित पार्‍याे । चेन्सीको जितमा जर्जिन्होले २ गोल गर्दा आन्ड्रेयश क्रिष्टेन्सेन र काई हाभार्टले १/१ गोल थपे ।

समूह 'एच'कै अर्को खेलमा युभेन्टसले रसियन क्लब जेनिट सेट पिटर्सवर्गमाथि १-० को कठिन जित निकाल्यो ।  भ्रमणमा रहेकाे युभेन्टसको जितमा डेजान कुलुसेभ्सकीले खेलको ८६ मिनेटमा निर्णायक गोल गरे ।

जितपछि समूह 'एच'मा ३ खेलमा शतप्रतिशत जितसहित युभेन्टस शीर्ष स्थानमा छ । ३ खेलबाट ६ अंक बनाएको चेल्सी दोस्रो तथा ३ अंक बनाएको जेनिट तेस्रो स्थानमा रहँदा माल्मो अन्तिम स्थानमा छ ।

बुधबार राति नै भएको समूह 'एफ'को खेलमा क्रिष्टियानो रोनाल्डो प्रेरित म्यानचेस्टर युनाइ्डले इटाली सिरि ए क्लब एटालान्टालाई रोमाञ्चक खेलमा ३-२ गोल अन्तरले पराजित गर्‍याे ।

घरेलु मैदानमा युनाइटेडलाई जिताउन मार्कुस रस्फोर्ड, ह्यारी म्यागुइर र रोनाल्डोले १/१ गोल गरे । पराजित एटालान्टाको लागि मारिओ पासालिक र मारिह डेमिरलले १/१ गोल गरे ।

सुरुवाती २८ मिनेटमा २-० को अग्रता जोगाउन नसक्दा एटालान्टा शीर्ष स्थानमा उक्लने मौका गुमाएकाे हाे । समूह 'एफ'को अर्को खेलमा स्पेनिस क्लब  भिल्लारियलले स्वीस क्लब योङ ब्वाइलाई ४-१ गोल अन्तरले पराजित गरेकाे छ ।

जितसँगै युनाइटेड समूह 'एफ'को शीर्ष स्थानमा पुगेको छ । युनाइटेडको ३ खेलबाट ६ अंक छ । ३ खेलबाट ४ अंक भए पनि एटालान्टा दोस्रो र भिल्लारियल तेस्रो स्थानमा छ । योङ ब्वाई भने ३ अंकसहित तालिकाकाे पुछारमा छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.