add

यसै बर्ष नेबिकोको १० ओटा नयाँ उत्पादन बजारमा ल्याउनेछौं : अरुण पौडेल






ActPro Nepal

|

३१ असोज, २०७८

|
1272

नेपालमा बिस्कुट उत्पादनको इतिहासमा सबैभन्दा पुरानो तथा नयाँ–नयाँ उत्पादनहरु उपभोक्ताको आवश्यकता बमोजिम बजारमा पस्किएर राम्रो तवरले सेवा दिने कार्यबाट चर्चामा रहँदै आएको बिस्कुट तथा कन्फेक्सनरी उत्पादन गर्ने नेबिको प्र्रा.लि.ले मुख्य कार्यालय तथा उत्पादनस्थल बालाजु शाखामा भएको आगलागीबाट निकै ठूलो नोक्सानी व्यहोर्नुपर्यो ।

आगामी ६ महिना भित्रमा कम्पनी पूर्ण रुपमा पहिलेकै स्थिति बमोजिम सञ्चालनमा आउने कम्पनीका ब्राण्ड म्यानेजर अरुण पौडेल बताउनुहुन्छ ।


आगलागीबाट ठूलो क्षति भएसँगै ५७ बर्षको लामो गौरवमय इतिहास बोकेको नेबिकोको यात्रामा कतै पूर्णविराम लाग्ने त होइन भन्ने स्थिति सृजना भयो । यसलाई कम्पनीको व्यवस्थापन पक्ष एवं सकारात्मक भावनाबाट प्रेरित कर्मचारी र लगानीकर्ताको संयुक्त प्रयाश स्वरुप छोटो अवधिमा नै पुनः सञ्चालन गर्न कम्पनी सफल भएको छ । विगतमा पनि यो कम्पनी छोटो अवधिमा नयाँ–नयाँ वस्तुहरु बजारमा ल्याइ उपभोक्तालाई नयाँ छाप छोड्न सफल रहँदै आएको छ ।

अहिले कम्पनीले हेटौंडाबाट आफ्ना उत्पादनहरु शुरु गरिसकेको छ । यसैगरी भैरहवाबाट पनि आफ्नो क्षमता विस्तार सहित २४ घण्टा सेवा उत्पादन कार्य शुरु गरेको छ ।

आगलागीको कारण सबैजसो भौतिक नोक्सानी गुमाएपनि आफूहरुमा नयाँ जोश, नयाँ ऊर्जा र सकारात्मक भावनाकै कारण ठूलो नोक्सानी पश्चात् छोटो समयमा पुनः आफ्नै लयमा फर्किन आफूहरु सफल भएको छ । कम्पनीमा काम गर्ने सबै तहका कर्मचारीहरुको आपसी सहकार्य र टीमवर्कले नै आफूहरुलाई यो सफलता मिलेको पौडेलको धारणा छ ।

ब्राण्ड म्यानेजर अरुण पौडेल भन्नुहुन्छ, ‘हामीले महसुस गयौं कि केही प्रतिष्पर्धी कम्पनीहरु नेबिको पूर्ण रुपमा बन्द भएको हेर्न लालायित थिए । हामीले त्यस किसिमको चाहनालाई पूरा हुन नदिनको लागि यसलाई चिरेर अघी बढ्नैपर्ने जरुरी थियो । हामीले त्यो संकल्प लियौं । अकल्पनीय रुपमा भएको आगलागीसँगै त्यस स्थितिबाट अब कसरी अघी बढ्ने भन्ने विषयले केही दिन हामी सबैलाई चिन्तित बनाउनु अस्वभाविक थिएन । यद्यपि दिन पछि रात र अँध्यारो पछि उज्यालो अवश्य आउँछ भन्ने कुरालाई हृदयङ्गम गरेर नै हामीले हाम्रो चाहना बमोजिम कम्पनीलाई पुनः अघी बढाउने दृढनिश्चय सहित हामी अघी बढ्यौं ।’

टीम वर्कको महत्व

पौडेल भन्नुहुन्छ, नेबिको टीमवर्कमा विश्वास गर्ने कम्पनी हो । एउटा कर्पोरेसनको यात्रा त्यस कर्पोरेसन (संस्था)मा आवद्ध कर्मचारीहरुको साथसहयोग, ऊर्जा र मनस्थितिमा समेत निर्भर गर्दछ । ५७ बर्षको यात्रा सदैव सहज अवश्य रहेन । विभिन्न आरोहअवरोहहरुलाई पार गर्दै अघी बढ्ने क्रममा यसपटकको ठूलो अवरोहलाई पनि हामी चिर्न सफल भएका छौं । टीमवर्क र परस्परको विश्वास कति महत्वपूर्ण हुँदोरहेछ भन्ने कुरा हामीले अहिले महसुस गर्न सकेका छौं ।

कम्पनीलाई पुनः चलायमान बनाउने क्रममा जो–जसले जुन ठाउँबाट सहयोग पुर्याउनुभयो, उहाँहरु सबै प्रति नेबिको व्यवस्थापन पक्ष हार्दिक कृतज्ञता प्रकट गर्दछ । संस्थामा आबद्ध सबैजनाले आफ्नो घर सम्झेर पुर्याउनुभएको योगदान नै हाम्रो विगतको सफलताको आधार थियो, अहिले पनि छ र भविष्यमा पनि रहिरहनेछ ।

हामीले करोडौंको नोक्सानी व्यहोरेका छौं । यद्यपि यस बीचमा पनि हामीले हाम्रा उत्पादनहरुलाई बजारमा उपलब्ध गराएर कुनै न कुनै रुपमा नेबिको प्रति उपभोक्ताहरुको माया र आत्मियतालाई कमी आउन दिएका छैनौं ।

अरुण पौडेल, ब्राण्ड म्यानेजर, नेबिको प्रा.लि

छिट्टै नयाँ उत्पादन बजारमा आउने

हामी अब छिट्टै नयाँ उत्पादनहरु बजारमा ल्याउने तयारीमा छौं । यसपटकको दशैंमा समेत केही नयाँ प्रडक्टहरु बजारमा प्रस्तुत गरेर आगलागी पश्चात् पनि हाम्रो क्षमता प्रस्तुत गर्ने सोच बनाएका थियौं, ताकि नेबिकोको स्थिति पहिले जे थियो, अहिले पनि त्यही नै छ । यद्यपि बजारमा विगतमा हामीले उपलब्ध गराउँदै आएका ब्राण्डहरुलाई नै उत्पादन र आपुर्ति बढाएर बजारमा व्यापक बनाउने निर्णय गर्यौं । हामीले बजारमा उपलब्ध गराउने नयाँ प्रडक्ट तयार गरिसकेका छौं । छिट्टै ती उत्पादन उचित समयमा बजारमा आउनेछन् ।

सकारात्मक सोचको परिणाम

हामी आशाको किरणलाई समातेर अघी बढ्यौं । हामीले चाह्यौं भने जस्तोसुकै कठिन परिस्थिति पनि सहजै पार गर्न सक्छौं भन्ने कुराको सकारात्मक भाव सहित अघी बढेर यो सफलता प्राप्त गरेका हौं । हामी निराश भएनौं । हाम्रो आत्मबल नै हाम्रो यो स्थितिमा आउनुको ठूलो खम्बा सावित हुन पुग्यो ।

हाम्रा प्रतिष्पर्धीहरुबाट हामीलाई अझ कमजोर बनाउन खेलेका भूमिकाको हामीले सुक्ष्म अध्ययन गरेका छौं । कठिन परिस्थिति सृजना भएको कारण ४३ दिन पूर्ण रुपमा उत्पादन युनिट बन्द भयो । यद्यपि सरोकारवाला सबै पक्षहरुको माया, आस्था र सद्भावकै कारण हामीले पुनः यो अवस्था पाउन सफल भएका छौं ।

यस बीचमा दैनिक १८ घण्टा सम्म हामीले काम गरेका छौं । मर्मतसम्भार शाखा तथा यस कार्यमा संलग्न रहने इन्जिनियर तथा प्राविधिक जनशक्तिहरु हाम्रा सम्मानलायक पात्रहरु हुनुहुन्छ । पूर्ण नोक्सान भएको उद्योगलाई पुनः सञ्चालनको लागि हामीले कतिपय सामान तथा इक्विपमेन्टहरु भारतबाट आयात गर्यौं । केही सामानहरु यहीँ नै पुनः रिपेयर समेत गर्यौं ।

हामीलाई बजारमा हाम्रा उत्पादनमा थोरै परिमाणमा नै भएपनि कमी आउन नदिनमा भैरहवाबाट २४ घण्टे सेवा सञ्चालन कार्यले ठूलो सहयोग पुर्यायो । भैरहवामा सबै किसिमका वस्तुहरु उत्पादन कार्य सम्भव थिएन । यद्यपि जे–जति सम्भव थिए, ती उत्पादनले नेबिको पूर्ण रुपमा बन्द भएको छैन भन्ने सन्देश प्रवाह गर्न निकै ठूलो सहयोग पुर्यायो।

विनाशले विकास जन्माउन सहयोग पुर्याउँछ भन्ने कुरा हामीले वास्तविक रुपमा यही घटनाबाट सिक्ने अर्थात महसुस गर्ने अवसर समेत पायौं । हामी अबका दिनमा विगत भन्दा अझ नयाँ प्रविधि सहित अघी जानेछौं । हाम्रो क्षमता अझ विस्तार गर्नेछौं । हामी विगत भन्दा अझ शशक्त ढङ्गले अघी बढ्नेछौं । हामीले हेटौंडाको उत्पादन युनिटको क्षमतालाई समेत विस्तार गरिरहेका छौं । अबका ४–५ महिना पछि त्यहाँबाट उत्पादन सम्भव हुने हामीले अनुमान गरेका छौं । बालाजु, भैरहवा र हेटौंडाबाट पूर्ण क्षमतामा उत्पादन भएपश्चात् नेपालमा उत्पादनको हिसाबले नेपालमा हामी नै उत्पादन क्षमताको हिसाबले पनि हामी नै पहिलो हुनेछौं । हामी विगतमा पनि बजारका अग्रणी थियौं । बजार हिस्सा पनि हाम्रो नै बढी हुनेछ ।

नेबिको प्रतिको विश्वास

नेबिकोलाई नजिकबाट चिन्ने व्यक्ति वा कम्पनीले जुनसुकै स्थितिमा नयाँ उत्पादन ल्याइरहने कम्पनीको रुपमा चिन्ने गर्नुहुन्छ । हामी यस बर्ष पनि ८–१० ओटा नयाँ उत्पादनहरु बजारमा ल्याउनेछौं । बजारको आवश्यकता बमोजिम बजारलाइ दिइरहने हाम्रो योजनालाई हामी जसरी पनि सफल बनाउनेछौं । दशैंको लागि बजारमा ल्याउन लागेका २ ओटा उत्पादन तत्कालको लागि हामीले रोकेका छौं ।

नेबिकोको टीम

नेबिकोको सबैभन्दा महत्वपूर्ण पक्ष नै टीम हो । नेबिको टीमकै कारण ४३ दिनमा नै कमब्याक हुन सकेको छ । नेबिको टीमका सबैमा आत्मियता भरिएको छ । जागिरको लागि मात्रै काम गर्ने भन्ने मानसिकता नेबिको टीममा कसैमा पनि छैन । नेबिकोले हरेक सुखदुख शेयरिङ गर्ने वातावरण तयार पार्न सकेको छ ।

आगलागीबाट आर्थिक नोक्सानी

करिब ५० करोड बराबरको नोक्सानी नेबिकोले अहिले आगलागीबाट व्यहोर्नुपर्यो । सोहीबमोजिम नेबिकोले ४० देखि ५० करोड थप लगानीमा पुनः काम सञ्चालन गरिसकेको अवस्था छ । अहिले हेटौंडाको उद्योग नेबिकोको लागि नयाँ इक्युपमेन्ट र प्लान्ट हो । हाल नेबिकोमा २० जना व्यवस्थापन पक्षमा र करिब ४ सय अन्य कर्मचारीहरु कार्यरत रहँदै आएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.