Right side from logo

कांग्रेसले पनि टुंग्यायो मन्त्री बन्नेको नाम-रक्षामा रिजाल, कानुनमा बडू






ActPro Nepal

608

2021 Oct 08

काठमाडौं । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी थप मन्त्रीको टुंगो लगाएको छ। 

कांग्रेसबाट शुक्रबार डा.मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी र उमाकान्त चौधरी मन्त्री बन्ने भएका हुन् ।

यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा रहेका ज्ञानेन्द्रबहादुर कार्की भने अब सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्ने भएका स्रोतले बताएको छ । त्यस्तै रिजालले रक्षा र बडुले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्नेछन् ।

प्रधानमन्त्री देउवाले आज अपरान्ह ४ बजेपछि मन्त्रिपरिषद् विस्तार गर्दैछन् । 



प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2021. ALL RIGHTS RESERVED.