add

साफ च्याम्पियन: श्रीलंकालाई हराउँदै नेपाल शीर्ष स्थानमा






ActPro Nepal

|

१९ असोज, २०७८

|
1031

काठमाडौं, । नेपालले साफ च्याम्पियनसिप अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा सोमबार भएको खेलमा नेपालले श्रीलंकाविरुद्ध ३-२ गोल अन्तरले जित हासिल गरेको हो ।

नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुष जलानले एक एक गोल गरेका हुन् । यो जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा नेपालले माल्दिभ्सलाई हराएको थियो।

नेपाल २ खेल जितेर ६ अंकसहित पहिलो स्थानमा छ। बंगलादेश २ खेलमा ४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ। भारत १ खेलमा १ अंकसहित तेस्रो स्थानमा रहँदा श्रीलंका र माल्दिभ्स अंकविहीन छन्।

लगातारको जितपछि नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ। अब नेपालले अर्को खेल असोज २४ गते भारतविरुद्ध राती ९:४५ बजे खेल्ने छ भने लिग चरणको अन्तिम खेलमा नेपालले असोज २७ गते बंगलादेशविरुद्ध दिउँसो ४:४५ बजे खेल्ने छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.