add

ला लिगा : बार्सिलोना पराजित






ActPro Nepal

|

१७ असोज, २०७८

|
660

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ। गएराति भएको खेलमा एट्लेटिकोले बार्सिलोनालाई २-० गोल अन्तरले पराजित गरेको हो।

एट्लेटिकोलाई जित दिलाउन थोमस लेमार र लुइस सुआरेजले एक एक गोल गरे। घरेलु मैदानमा खेलको २३ औं मिनेटमा लेमारले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए।  त्यसपछि खेलको ४४ औं मिनेटमा सुआरेजले पूर्व क्लबविरुद्ध गोल गर्दै एट्लेटिकोलाई २-० को जित दिलाए।

यस जितसँगै एट्लेटिकोले ८ खेलमा १७ अंक जोडेको छ। एट्लेटिको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना १२ अंक जोडेर नवौं स्थानमा रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.