add

जीवन बीमा कम्पनीः कुनले कति आर्जन गरे बीमा शुल्क ?






ActPro Nepal

|

१४ असोज, २०७८

|
1587

काठमाडौँ । जीवन बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीहरुले विभिन्न शीर्षकमा बीमा गराउँदै आएका छन् ।

नेपालमा हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले आ-आफ्ना भिन्नै खालका बीमा योजनाहरु बिक्री गर्दै आईरहेका छन् ।

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा २८ अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् । उनीहरुले आर्थिक वर्ष २०७८/ ७९ को भदौ मसान्तसम्ममा कूल २८ अर्ब १४ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएका हुन् ।

बीमा कम्पनीले गत साउन र भदौमा कूल ८७ लाख ९६ हजार ८८ वटा बीमालेख जारी गरी सो मात्राको बीमाशुल्क उठाएका हुन् ।

सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । नेपाल लाइफले ७ अर्ब ६२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ३४ करोड रुपैयाँ, यूनियन लाइफले १ अर्ब ३५ करोड रुपैयाँ, एशियन लाइफले १अर्ब ४५ करोड रुपैयाँ, मेट लाइफले ९३ करोड रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै, यस अवधिमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ४१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ भने ज्योति लाइफको ५५ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ६६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

यस्तै, रिलायन्स लाइफले ५१ करोड रुपैयाँ, आइएमई लाइफले ५९ करोड रुपैयाँ, सन नेपाल लाइफको ६० करोड रुपैयाँ, सानिमा लाइफले ३२ करोड रुपैयाँ, प्रभु लाइफले ४५ करोड रुपैयाँ र महालक्ष्मी लाइफले २० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ ।

सूर्या लाइफले ८३ करोड रुपैयाँ, प्राइम लाइफले ७८ करोड रुपैयाँ, गुराँस लाइफले ६४ करोड रुपैयाँ र सिटिजन लाइफले ९६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.