add

भिनिसियस चम्किँदा रियल मड्रिडले भ्यालेन्सियालाई हरायो






ActPro Nepal

|

४ असोज, २०७८

|
621

काठमाडौं ।रियल मड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि जित निकालेको छ। एक गोलले पछि परेको अवस्थामा खेलको अन्त्यतिर भिनिसियस जुनियर र करिम बेन्जेमाले गोल गरेपछि रियलले पुनरागमन जित निकालेको थियो। 

रियलले घरेलु टोली भ्यालेन्सियालाई २–१ ले पराजित गरेको हो । भ्यालेन्सियाका हुगो डुरोको गोल सान्त्वना बन्यो ।  रियलले ६६औं मिनेटमा गोल खान पुग्यो । हुगो डुरोले गोल गर्दैै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए। 

८६औं मिनेटमा ब्राजिली भिनिसियसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले कप्तान बेन्जेमाको प्रहार डिमिट्रि फउलक्वेएरले डिफ्लेक्ट हुदै आएको बललाई सुन्दर फिनिस गरेका थिए । त्यसको दुई मिनेटपछि नै कप्तान बेन्जेमाले भिनिसियसको क्रस पासमा हेडरमार्फत सुन्दर गोल गर्दै रियललाई २–१ को पूनरागमन जित दिलाए ।

जारी सिजनमा भिनिसिएसले ५ खेलमा ५ गोल गर्दै एक असिस्ट दिएका छन् । बेन्जेमाले ५ खेलमा ६ गोल र ५ असिस्ट गरेका छन्। 

जितपछि अपराजित रहेको रियल ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । रियलले दोस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई २ अंकले पछि पारेको छ। भ्यालेन्सियाले शीर्ष स्थानमा उक्लने मौका गुमाउँदा १० अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.