add

असोज ११ देखि आइपीओ निष्काशन गर्दै बुद्धभूमि नेपाल हाइड्रोपावर,कति कित्ता भर्न पाइन्छ ?






ActPro Nepal

|

३ असोज, २०७८

|
689

काठमाडौं ।  बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि प्राथमिक साधरण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो ।

निष्काशन हुने कुल ८ लाख कित्ता सेयरमध्ये १६ हजार कित्ता ९२ प्रतिशत० कम्पनीका कर्मचारी र ४० हजार कित्ता कित्ता (५ प्रतिशत) शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले धितोपत्र बोर्डबाट १२ लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको छ । पहिलो चरणमा यसअघि नै आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीयलाई ४ लाख कित्ता आइपीओ जारी गरेको कम्पनीले दोस्रो चरणमा सर्वसाधरणमा ८ लाख कित्ता शेयर जारी गर्न लागेको हो ।

कम्पनीको आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा असोज २५ गतेसम्म आवेदन दिने सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालयका साथै मेरो शेयर मार्फत आवेदन दिन सकिने छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.