add

सेयर बजारमा करेक्सन, दुई कम्पनीमा पोजेटिभ सर्किट






ActPro Nepal

|

२९ भदौ, २०७८

|
658

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक १८.५४ अंकले घटेर २९२९.२९ अंकमा झरेको छ ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । मंगलबार इन्डेक्स ३.२१ अंकले घटेर ५४५.६७ अंकमा झरेको छ ।

मंगलबार सबै समुहको सूचक घट्यो । आज सबैभन्दा धेरै निर्जीवन बीमा समुहको सूचक घट्यो । यस समुहको सूचक २.०४ प्रतिशत घट्यो । त्यस्तै, विकास बैंकको १.१९ प्रतिशत घट्यो ।

आज कारोबार रकममा भने केही सुधार भएको छ । मंगलबार २२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलबार दुईवटा कमपनीको शेयर मूल्यमा सर्किट लाग्यो । पोजेटिभ सर्किट लाग्नेमा मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स छन् । मनकामना स्मार्टको शेयर मुल्य १० प्रतिशत बढ्यो भने सानिमा लाइफको ९.९९ प्रतिशत बढ्यो ।

आज सबैभन्दा धेरै शेयर मूल्य राष्ट्रिय बीमा कम्पनीको घट्यो । कम्पनीको शेयर प्रतिकित्ता ११४५ रुपैयाँ अर्थात ५.५६ प्रतिशत घट्यो ।

मंगलबार सबैभन्दा धेरै कारोबार अरुण भ्यालि हाइड्रोपावरले गर्यो । कम्पनीले २७ करोडको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.