add

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन






ActPro Nepal

|

२९ भदौ, २०७८

|
1165

काठमाडौं । आगामी वर्ष कतारको दोहामा आयोजना हुने विश्वकप फुटबललाई मध्यनजर गरेर कतार सरकारले कतार प्रहरीमा नेपाली युवालाई काम दिने घोषणा गरेपछि अहिले म्यानपावर व्यवसायीबीच पैसाको चलखेल तीव्ररूपमा अगाडि बढेको छ ।

कतारको गृह मन्त्रालयले झन्डै १० हजारको संख्यामा नेपाली युवालाई ५ वर्षका लागि कतारमा काम दिने घोषणा गरेपछि म्यानपावर व्यवसायीले करिब ३ सय युवालाई कतार प्रहरीमा काम दिलाइदिने भन्दै मनपरी शुल्क असुलेर त्यता पठाइसकेका छन् । सरकारले विदेशमा कामदार पठाउँदा १० हजारभन्दा बढी शुल्क लिन नपाउने बताए पनि अहिले म्यानपावर कम्पनीलाई १२ लाख रुपियाँसम्म तिरेर युवाहरू कतार पुगेका छन् ।

काठमाडौंको लाजिम्पाटस्थित अल ताक्वेत ओभरसिज नेपालले अहिले कतार प्रहरीमा काम गर्न जान चाहनेसँग अन्तर्वार्ता लिइरहेको जानकारी प्राप्त भएको छ । सो म्यानपावर कम्पनीले एजेन्टमार्फत पैसा उठाएर गोप्यरूपमा अन्तर्वार्ता लिइरहेको र कम्पनीले प्रतिव्यक्ति १० देखि १२ लाख रुपियाँ उठाइरहेको एक पीडित युवाले बताए । तर, नेपाल सरकारले भने चर्को शुल्क असुलेर नेपाली युवालाई कतार पठाउँदा समेत वास्ता गरेको छैन ।

‘फ्री टिकट, फ्री भिसा’ भनिएको उक्त कामका लागि सो म्यानपावर कम्पनीले २० करोडभन्दा बढी रकम एजेन्टमार्फत संकलन गरेको आरोप लागेको छ । उक्त कम्पनीमाथि अहिले नेपालबाट कतार प्रहरी र सुरक्षा गार्डका लागि जाने १० हजार नेपाली युवाबाट ७ अर्ब रुपियाँ संकलन गर्ने लक्ष्य राखेर नेताहरूलाई चुनावी खर्च मिलाउने भन्दै प्रहरी प्रशासनलाई मिलाइदिन आग्रह गरिरहेको आरोप पनि लागेको छ ।

यसैबीच केही म्यानपावर व्यवसायीले प्रधानमन्त्री पत्नी आरजु राणाले चलखेल गर्ने गिरोहलाई आफ्नो हातमा लिएर म्यानपावर व्यवसायीसँग बार्गेनिङ गर्न लगाएको आरोपसमेत लगाएका छन् । दीपक रिजालले आजको नेपाल समाचारपत्र दैनिकमा खवर लेखेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.