add

एमाले अध्यक्ष ओलीले दायर गरेको मुद्दा ‘हेर्न नमिल्ने’मा






ActPro Nepal

|

२८ भदौ, २०७८

|
1233

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको रिटमाथिको सुनुवाइ आज ‘हेर्न नभ्याइने’मा परेको छ ।

१४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरिएको रिटमा सर्वोच्चले दुवै पक्षलाई सोमबार छलफलका लागि बोलाएको थियो ।

न्यायाधीशद्वय दीपककुमार कार्की र मिरा खड्काको इजलासमा पेसी तोकिएको थियो । तर, सर्वोच्चले हेर्न नभ्याइनेमा राखेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोके पनि रिट निवेदनलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो ।

सभामुख सापकोटाले एमालेका १४ सांसदलाई निष्कासन गरेको सूचना सचिवालयले नटाँसेपछि माधव नेपालले विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएपछि संसद सचिवालयले नयाँ दल दर्ता भइसकेकाले कारवाही गर्नु नपर्ने भनी अन्तिममा सूचना टाँस गरेको थियो ।

पार्टीले कानूनबमोजिम प्रक्रिया पूरा गरेर निष्कासन गरेका सांसदहरुलाई सभामुखले पदमुक्त नगरेर सांसदको रुपमा संसदमा प्रवेश दिएको विरोधमा विगत केहि दिनदेखी सदन अबरुद्ध हुँदै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.