add

लिड्स युनाइटेडमाथि लिभरपुलको प्रभावशाली जीत






ActPro Nepal

|

२८ भदौ, २०७८

|
838

काठमाडौँ ।  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लिड्स युनाईटेडलाई ३–० ले पराजित गरेको छ। 

गएराति लिड्स युनाइटेडको मैदानमा भएको खेलमा लिभरपुलका लागि  मोहोमद सालाह, फाबिनो र सादियो मानेले एक एक गोल गरे।

यो सँगै सालाहले लिभरपुलका लागि सय गोल पूरा गरेका छन्। सालाहले टोलीको लागि एक सय सय गोल गरेका हुन्।

यो जितसँगै लिभरपुलले प्रिमियर लिगको अंक तालिकामा शिर्ष स्थानको म्यान्चेस्टर युनाईटेड र दोस्रो स्थानको चेल्सीसँग अंक बराबरी गरेको छ।

४ खेलबाट तिनवटै टोलीको समान १० अंक भएपनि गोल अन्तरको आधारमा म्यान्चेस्टर युनाइटेड शीर्ष स्थानमा रहँदा चेल्सी दोस्रो तथा लिभरपुल तेस्रो स्थानमा रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.