add

मेस्सीले बराबरी गरे पेलेको कीर्तिमान






ActPro Nepal

|

२५ भदौ, २०७८

|
607

एजेन्सी। अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले विश्व फुटबलका महान् लिजेन्ड पेलेको कीर्तिमान तोडेका छन् । दक्षिण अमेरिकी विश्वकप छनोटमा बोलिभियाविरुद्धको खेलमा ह्याट्रिक पुरा गर्दै मेस्सीले दक्षिण अमेरिकामा पेलेको नाममा रहेको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाएका हुन् ।

यसअघि दक्षिण अमेरिकामा ८० वर्षीय पेलेको नाममा ९२ खेलमा ७७ गोलको कीर्तिमान रहेको थियो । मेस्सीले १५३ खेलमा ७९ गोल गोल गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । ८९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि राष्ट्रिय टोलीबाट ७९ गोल गर्दै जाम्वियाका गुडफ्रे चितालुको ७९ गोललाई बराबरी गर्न सफल भए ।

३६ वर्षीय रोनाल्डोले गत साता उत्तरी आयरल्यान्डविरुद्धको खेलमा दुई गोल गर्दै इरानका अली दाईले राखेको १०९ गोलको कीर्तिमान तोडेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.