add

पोखरामा डिशहोमको फाइबर नेट विस्तार






ActPro Nepal

|

२५ भदौ, २०७८

|
623

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले पोखरामा डिशहोम फ़ाइबर नेटको औपचारिक शुरुआत गरेको छ। बुधबार नयाँबजार स्थित भट्टराई एण्ड ब्रदर्स सप्लायेर्स प्रालिमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष्य नारायण कोइरालाले उद्घाटन गरे ।

डिशहोमका तर्फबाट यरिया सेल्स मेनेजर, सेल्स अफिसर, टेक्निकल व्यक्तित्वहरु, विभिन्न संचार माध्यमका पत्रकार साथीहरु, डिलर दाइहरु, स्थानीय समाजसेवी, बुद्धिजीवीहरु सहभागी उक्त कार्यक्रममा भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिका अध्यक्ष अम्बिका मोहन भट्टराईले डिशहोम फ़ाइबर नेटको औचित्य बारे प्रस्ट पारे ।

उनले भने ‘डिशहोमले इन्टरनेटमा गरेको लगानीले अब नेपालमा इन्टरनेट क्रान्ती शुरु भयो। सस्तो सर्भासुलभ र गुणस्तरीय इन्टरनेट सेवा हरेक ग्राहकहरुलाई थप सेवा सुविधा सहित बुधबारबाट जडान हुनेछ ।’

१० एमबीपीएसदेखि ग्राहकको रोजाइ अनुसार १०० एमबीएीएससम्मको प्याकेज उपलब्ध रहेको छ। सहरी क्षेत्रको शुरु गरेको डिशहोम फ़ाइबर नेट आफ्नो सेवा लाइ ग्रामीण एरियाका ग्राहकलाई पनि छिट्टै उपलब्ध गराउने डिशहोमका एरिया सेल्स मेनेजर प्रदीप सुवेदी ले जानकारी गराए ।

डिशहोम फ़ाइबर नेटसंगै अन्य सेवा पनि छिट्टै शुरु हुने कुरा जानकारी गराए । यससँगै अब इन्टरनेटको समस्याले कुनै पनी नागरिक बन्चित हुनुनपर्ने भएको छ ।

भट्टराई एण्ड ब्रदर्स प्रालिले डिशहोम , डिशहोम फाइबर नेटइन्टरनेट तथा विभिन्न उच्चस्तरीय ब्राण्ड्का इलेक्ट्रोनिक तथा अटोमोबाइल्सका सामानहरुको विक्रीवितरणमा गण्डकी तथा धवलागिरी क्षेत्रमा बजार विस्तार जमाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.