add

एनएमबी बैंकको तीज अफर : क्यू आर कोडबाट सामान किन्दा ३०० रुपैयाँ क्यासब्याक






ActPro Nepal

|

२४ भदौ, २०७८

|
709

काठमाडौं । एनएमबी बैंकले नेपाली नारीहरुको महान पर्व तीजको सप्ताहको अवसर पारेर आफ्नो ग्राहकहरुले क्यू आर कोड, पोस वा ईएनएमबी एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म क्यास ब्याकको अफर ल्याएको छ ।

तीज नेपाली समुदायमा आफन्तजनसंग भेटघाट गरेर, दर खादै र नाँचगान गरेर रमाइलो संग मनाइन्छ । तीजको बेला सार्वजनीक स्थानमा ब्यक्ति ब्यक्ति बीच सम्पर्कमा रहँदा कोरोना संक्रमण हुने प्रवल सम्भावना हुने भएकोले यस परिवेशलाई मध्यनजर गदै बैंकले आकर्षक अफरहरु आफ्नो ग्राहक माझ प्रस्तुत गरेको हो ।

छुट सम्बन्धि थप जानकारी एन बैंकको वेवसाइट www.nmb.com.np को एनएमबी भिषा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

बैंकले देशभरीका १८१ शाखाहरु, १३७ एटीएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ । बैंक चारवर्षमा तीन पटक २०१७, २०१८ र २०२० मा बैंक अफ द इयरले सम्मानित भइसककेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.