add

पोल्यान्डसँग बराबरीमा रोकियाे इंग्ल्याण्ड






ActPro Nepal

|

२४ भदौ, २०७८

|
1101

काठमाडौं।कप्तान ह्यारी केनले गरेको गोलको अग्रता जोगाउन नसक्दा इंग्ल्याण्ड बराबरीमा रोकिएको छ । बुधबार राति पोल्यान्डको घरेलु मैदानमा इंग्ल्याण्ड १-१ को बराबरीमा रोकिएको हो ।

पहिलो हाफ गोलरहित बराबरीको अवस्था सकिँदा दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । काइल वाकरको पासमा कप्तान ह्यारी केनले गोल गर्दै इङ्ल्यान्डलाई ७२औँ मिनेटमा अग्रता दिलाएका थिए । तर, इन्जुरी समयमा डामियन स्जिमान्स्कीले रोबर्ट लेवान्डोस्कीको पासलाई हेडमार्फत गोल गर्दै टोलीको हार टारेका हुन् ।

समूह ‘आई’मा १६ अंकका साथ इंग्ल्याण्ड शीर्ष स्थानमा कायम छ । उसको ६ खेलबाट १६ अंक छ । अल्बानिया १२ अंकका साथ दोस्रो स्थानमा रहँदा पोल्यान्ड ११ अंकका साथ तेस्रो, १० अंक जोडेको हंगेरी चौथो तथा तीन अंकका साथ एन्डोरा पाँचौ स्थानमा छन् । खाता खोल्न नसकेको सान मारिनो पुछारमा छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.